Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

गोलबजार नगरपालिकामा एक वर्षमा ८७ लाखको डिजेल पेट्रोल वापत खर्च , मर्मत सम्भारमा ४१ लख ३५ हजार

Bahujan Aawaj by Bahujan Aawaj
असार ५, २०८१
0
गोलबजार नगरपालिकामा एक वर्षमा ८७ लाखको डिजेल पेट्रोल वापत खर्च , मर्मत सम्भारमा ४१ लख ३५ हजार
ADVERTISEMENT

गोलबजार नगरपालिकाले विगत आर्थिक वर्ष २०७९÷०८० मा ८७ लाख ७ हजार रकम इन्धनमा खर्च गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनले जनाए अनुसार कार्यालय प्रयोजन शीर्षकबाट ७७ लाख ९१ हजार , पदाधिकारी इन्धन शीर्षकबाट ७ लाख २० हजार र अन्य इन्धन शीर्षमामा ९६ हजार गरी कूल ८७ लाख ७ हजार रकम खर्च गरिएको छ ।
महालेखा परीक्षकको रिपोर्टमा भनिएको छ , कानूनले तोके बमोजिम बिल र भौचरका साथ राख्नु पर्ने लग बुक राखिएको छैन । कुन प्रयोजनका लागि कसले कुन सवारी साधनमा कति इन्धन हालेको हो त्यसको कुनै लेखा र हिसाब किताव नै छैन ।
प्रतिवेदनमा भनिएको छ इन्धनको रकम भुक्तानी दिँदा श्रोत कर र मूल्य अभिवृद्धि कर वापतको ३० प्रतिशत कट्टा नगरी भुक्तानी दिइएको छ ।
गोलबजार नगरपालिकाले अहिलेसम्म इन्धन खर्चको मापदण्ड नै तयार पारेको छैन । सवारी साधन अनुसार वार्षिक इन्धन खर्च र उपयोग खुल्ने गरी अभिलेख पनि राखिएको छैन । कसले कति इनधन पाउने भनेर कोटा पनि निर्धारण नगरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन २०७७ मा व्यवस्था भए अनुसार इन्धन तथा मर्मत खर्चमा एकरुपता ल्याउन , निश्चित मापदण्ड बनाई कार्यान्वयनमा ल्याउनु पर्ने भनिएको छ तर गोलबजार नगरपालिकामा कुनै मापदण्ड नै बनाइएको छैन । गलबजार नगरपालिकाले इन्धन खर्चमा मिर्चैया , कर्जन्हा र कल्याणपुर नगरपालिकालाई झण्डै दोब्बरले जितेको छ ।
त्यसेगरी मेसनरी तथा औजार मर्मतमा १० लाख ५८ हजार र र सवारी साधन मर्मतमा ३० लाख ७७ हजार गरी जम्मा ४१ लाख ३५ हजार खर्च गरेको छ । नियमामुसार म.ले.प.फा नं. ४१४ र ४१५ को ढाँचामा मर्मत सम्भार अभिलेख राख्नु पर्छ तर गोलबजार नगरपालिकामा कुन गाडी मर्मत गर्दा कति खर्च भयो भन्ने अभिलेख नै नभएको महालेखा परीक्षकको प्रतिवेदनले जनाएको छ ।
श्रोतहरुले जनाए अनुसार गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गाडी मेयर श्याम श्रेष्ठको आफन्तको भएको र उक्त भाडामा प्रयोग गरिएको गाडीको सर्वाधिक मर्मत खर्च भुक्तानी लिइएको छ । बाँकी मर्मत खर्च उप प्रमुख मान्ती साहको गाडी र मेयर श्रेष्ठले प्रयोग गर्ने गाडीलाई भनेर ठूलो रकम मर्मत खर्चमा भुक्तानी लिइएको छ । एक वडाध्यक्षले नाम उल्लेख नगर्ने शर्तमा भने , हाम्रो मोटर साइकल मर्मत गर्नु पर्दा हाकिम र मेयरको आफ्नै गोजीबाट दिनुपर्छ झैं गरी दाँतबाट पसिना आउँथ्यो । आफूहरुले त मर्मतको नाममा झण्डै आधा करोड झ्वाम पारेछन् ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

ध्वनि प्रदुषणले निम्त्याएको समाज, शिक्षा र स्वास्थ्यमा असर ।

ध्वनि प्रदुषणले निम्त्याएको समाज, शिक्षा र स्वास्थ्यमा असर ।

प्रादेशिक अस्पताल सिरहामा सेवा शुल्क दुरुपयोग आरोप : तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा ।

प्रादेशिक अस्पताल सिरहामा सेवा शुल्क दुरुपयोग आरोप : तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा ।

जसपा नेपालमा पहिरो

जसपा नेपालमा पहिरो

कुलमान घिसिङको उज्यालो नेपाल र दीपककुमार साहको सर्वोदय पार्टी बीच चुनावी एकता सम्पन्न

कुलमान घिसिङको उज्यालो नेपाल र दीपककुमार साहको सर्वोदय पार्टी बीच चुनावी एकता सम्पन्न

ताजा समाचार

आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेशमा साढे दुई अर्बभन्दा बढी बजेट रकमान्तर, मापदण्ड उल्लंघन भएको आरोप ।

आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेशमा साढे दुई अर्बभन्दा बढी बजेट रकमान्तर, मापदण्ड उल्लंघन भएको आरोप ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो ।

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

प्रेमीसँग मिलेर श्रीमानको  हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav