Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

जसपा नेपालमा पहिरो

सिरहाको सुखिपुर वडा नम्बर ८ मा तीन सयभन्दा बढी नेता कार्यकर्ताद्वारा पार्टी परित्याग

Bahujan Aawaj by Bahujan Aawaj
पुस १४, २०८२
0
जसपा नेपालमा पहिरो
ADVERTISEMENT

जनता समाजवादी पार्टी नेपाल गम्भीर आन्तरिक संकटको चरणमा प्रवेश गरेको संकेत मधेश प्रदेशको सिरहा जिल्लाबाट स्पष्ट देखिन थालेको छ। विशेषगरी सुखिपुर नगरपालिका वडा नम्बर ८ मा एकैपटक तीन सयभन्दा बढी नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेपछि जसपा नेपालको स्थानीय संगठन संरचना लगभग ध्वस्त भएको छ। यस घटनाले पार्टीभित्र लामो समयदेखि दबिँदै आएको असन्तुष्टि, गुटबन्दी र नेतृत्वप्रतिको अविश्वास सतहमा आएको देखिएको छ।

सुखिपुर नगरपालिका वडा नम्बर ८ मा आयोजित घोषणासभामार्फत स्थानीय तहका सक्रिय नेता तथा कार्यकर्ताले पार्टी त्यागेको सार्वजनिक घोषणा गरेका हुन्। पार्टी परित्याग गर्नेहरूमा जसपा नेपालकी पूर्व सांसद माननीय सुनिता राम, नगर सदस्य रमेश चौधरी, दिपेन्द्र सिंह, मधु यादव, वडा अध्यक्ष रमेश चौधरी, सचिव रामकरण शर्मा लगायत करिब तीन सय स्थानीय नेता तथा कार्यकर्ता रहेका छन्। उनीहरूको सामूहिक बहिर्गमनसँगै उक्त वडा व्यावहारिक रूपमा संगठनविहीन अवस्थामा पुगेको छ।

घोषणासभामा बोल्ने नेताहरूले जसपा नेपालभित्र नातावाद, कृपावाद र जातिवाद हावी भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार पार्टी नीति र सिद्धान्तभन्दा व्यक्ति र गुट केन्द्रित राजनीति हाबी हुँदा सामान्य कार्यकर्ता उपेक्षित बन्न पुगे। पार्टीभित्र व्यापक भ्रष्टाचार भएको र त्यसविरुद्ध आवाज उठाउँदा आफूहरूलाई पाखा लगाइएको आरोप पनि उनीहरूले लगाएका छन्। भ्रष्टाचार आरोपित पूर्व मन्त्री विजय यादव यही क्षेत्रका पार्टी नेता भएको भन्दै जनताको पक्षमा राजनीति गर्ने दाबी गरेको पार्टी स्वयं जनविरोधी गतिविधिमा संलग्न भएको उनीहरूको दाबी छ।

स्थानीय नेताहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्र समाप्त हुँदै गएको र निर्णय प्रक्रिया केही सीमित व्यक्तिको नियन्त्रणमा सीमित रहेको गुनासो गरेका छन्। वडा र नगर तहका कार्यकर्ताको सुझाव र आवाजलाई निरन्तर बेवास्ता गरिँदा संगठनप्रतिको भरोसा कमजोर हुँदै गएको उनीहरूको भनाइ छ। यही कारण लामो समयसम्म सहेर बसेका कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गर्नुपरेको बताएका छन्।

पूर्व सांसद सुनिता रामले मधेश आन्दोलनको बलमा स्थापित पार्टीले आफ्नै आन्दोलनकारी र समर्पित कार्यकर्तालाई पाखा लगाएको आरोप लगाइन्। मधेशी जनताको हक अधिकारका लागि लड्ने पार्टीभित्र नै अन्याय र अवसरको असमान वितरण देखिनु दुःखद भएको बताउँदै उनले नेतृत्वले समयमै आत्मसमीक्षा नगरे भविष्यमा अझ ठूलो पहिरो जाने चेतावनी दिइन्।

यस घटनाले जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमाथि पनि गम्भीर प्रश्न उठाएको छ। पछिल्लो समय पार्टी नेतृत्व पूर्ववत रूपमा बाहिरिएका केही नेताहरूलाई पुनः पार्टीमा भित्र्याउने प्रयासमा देखिए पनि स्थानीय तहमा पुराना र समर्पित कार्यकर्ताको पलायन बढ्दै जानुले संगठन कमजोर बन्दै गएको संकेत दिएको छ।

सिरहा जिल्लाका अन्य स्थानमा पनि पार्टीभित्र असन्तुष्टि बढ्दै गएको देखिन्छ। केही दिनअघि सम्पन्न सुखिपुर नगर अधिवेशनमा जिल्लास्तरीय नेताहरूको अनुपस्थिति र विभिन्न वडाध्यक्षको सहभागिता नहुनुले पार्टीभित्रको दूरी र असहमति थप उजागर भएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार जसपा नेपाल अहिले संगठनात्मक मात्र होइन वैचारिक संकटबाट पनि गुज्रिरहेको छ। मधेशी जनताको अधिकार, पहिचान र स्वाभिमानका मुद्दामा स्पष्ट दिशा दिन नसक्दा कार्यकर्ता र समर्थक निराश बन्दै गएका छन्। यदि नेतृत्वले समयमै आन्तरिक सुधार, समावेशी निर्णय प्रक्रिया र कार्यकर्ताको सम्मान सुनिश्चित गर्न सकेन भने सिरहाबाट सुरु भएको यो पहिरो अन्य क्षेत्रसम्म फैलिने खतरा देखिएको छ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav