
काठमाडौं । नेपाल न्याय सेवा अन्तर्गत सहसचिव वा सो सरह पदको योग्यताक्रम सूचीबाट इन्दीरा यादवको नाम हटाएको छ। आयोगले अदालतबाट प्राप्त फैसलाका आधारमा उक्त निर्णय गरिएको जनाएको हो।आयोगका अनुसार विज्ञापन नं. १६६५७–०८२/८३ (मधेशी) अन्तर्गत नेपाल न्याय सेवा, कानून समूह, राजपत्र प्रथम श्रेणीको पदका उम्मेदवार इन्दीरा यादव (रोल नं. ८७०१५१) सर्वोच्च अदालतको अन्तरिम आदेशका आधारमा अन्तर्वार्तामा सहभागी भएकी थिइन्।सर्वोच्च अदालतमा दायर रिट नं. ०८२–०३८२ मा २०८२ चैत १६ गते जारी अन्तरिम आदेशपछि उनलाई प्रक्रियामा सहभागी गराइएको थियो। तर, पछि सर्वोच्च अदालतबाट २०८३ जेठ ५ गते आयोगलाई प्राप्त पत्रमार्फत उक्त रिटसहित सम्बन्धित अन्य रिट निवेदनहरू संयुक्त इजलासबाट खारेज भएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ।
लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७९ को दफा ११ (५) (ज) अनुसार यादवले पेश गरेको अनुभव आवश्यक मापदण्डअनुसार नभएको निष्कर्ष निकालेको बताएको छ।त्यसै आधारमा आयोगले लोक सेवा आयोग ऐन, २०७९ को दफा ३८ (३) बमोजिम उनको दरखास्त, लिखित परीक्षा नतिजा, मामिला प्रस्तुतीकरण तथा अन्तर्वार्ता समेत बदर गर्ने निर्णय गरेको जनाएको छ। आयोगले २०८३ जेठ ५ गतेको निर्णयअनुसार योग्यताक्रम सूचीबाट उनको नाम हटाइएको स्पष्ट पारेको छ।





© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav
© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav