Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

शिक्षातर्फ आकर्षित हुँदै हरुवाचरुवाका बालबालिका

Bahujan Aawaj by Bahujan Aawaj
असार ९, २०८१
0
शिक्षातर्फ आकर्षित हुँदै हरुवाचरुवाका बालबालिका
ADVERTISEMENT

शम्भुनाथ (सप्तरी)। पढ्ने उमेर भए पनि जिल्लाको शम्भुनाथ नगरपालिका–७ भगवतपुरस्थित मुसहर बस्तीका नौ वर्षीय प्रदीप सदा विद्यालय जान पाउँदैन थिए । घरदेखि करिब पाँच सय मिटरको दूरीमा रहेको विद्यालय नगई घरमै खेलेर समय बिताउँथे । अहिले प्रदीप बिहान हुनेबित्तिकै झोलामा कापीकिताब बोकेर विद्यालय जान थालेका छन् ।

आमाबुवाले स्थानीय साहुको घरखेतमा काम गर्न जाँदा उहाँहरुसँगै साहुमहाजनको गाईगोरु चराउने गरेका सोही ठाउँका ११ वर्षीय राकेश सदाको पनि अहिले दिनचर्या फेरिएको छ । राकेश पनि अहिले घर नजिकै रहेको बुद्धिलाल मुनर माध्यमिक विद्यालय जान थालेका छन् ।

प्रदीप र राकेश मात्र होइनन्, पछिल्लो समय अति पिछडिएको उक्त मुसहर बस्तीका बालकालिकाको शिक्षाप्रतिको आकर्षण बढ्दै गएको छ । हरुवाचरुवा र मुसहर समुदायको उल्लेख्य बसोबास रहेको शम्भुनाथ–७ भगवतपुर, वडा नं २ कनकपट्टी, वडा नं ३ डङ्गराही र वडा नं ५ स्थित मोहनपुरका मुसहर बालबालिका अचेल नियमित विद्यालय जान थालेका छन् ।

सो नगरपालिकाका हरुवाचरुवा परिवारका बालबालिकालाई लक्षित गरी श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको शैक्षिक अभियानअन्तर्गत निःशुल्क बाल ट्युसन कक्षा सञ्चालन गरेपछि विद्यालय जाने दलित बालबालिकाको सङ्ख्या बढ्दै गएको हो ।

केही वर्षअघिसम्म अत्यन्त न्यून सङ्ख्यामा मात्र मुसहर बालबालिका विद्यालय जाने गरेकामा पछिल्लो समय ती समुदायबाट विद्यालय जानेको सङ्ख्या उत्साहजनकरुपमा बढ्दै गएको केन्द्रका सहजकर्ता बिजली रामले बताए ।

तीन वर्ष अघिसम्म ती वडाबाट हरुवाचरुवा र मुसहर समुदायका विद्यालय जाने बालबालिकाको सङ्ख्या १२ थियो । केन्द्रले ‘द फ्रिडम फन्ड’ संस्थाको सहयोगमा ‘सामाजिक परिचालन तथा शिक्षाका माध्यमबाट हरुवाचरुवाको सशक्तीकरण कार्यक्रम’अन्तर्गत जनचेतना अभियान, अभिभावक भेला तथा निःशुल्क बालकक्षा सञ्चालनमा ल्याएपछि अहिले विद्यालय जाने विद्यार्थीको सङ्ख्या तीन सयभन्दा बढी पुगेको हरुवाचरुवा शम्भुनाथ नगर बालक्लबका अर्जुन सदाले जानकारी दिए ।

“पहिलापहिला हरुवाचरुवा मुसहर परिवारका बालबालिका पढाइभन्दा खेलकुदमै दिन बिताउने गर्खथे । गाउँमै निःशुल्क बालकक्षा सञ्चालनमा आएपछि विस्तारै पढाइलेखाइप्रति आकर्षित हुन थालेका छन्”, अर्जुनले भने, “केही वर्षअघिसम्म विद्यालयमा मुसहर परिवारका बालबालिका न्यून सङ्ख्यामा भेट्थ्यो, अहिले विस्तारै उक्त सङ्ख्या बढ्दै गएको छ ।”

“हरुवाचरुवा परिवारमा शिक्षाको महत्व थाहा नभएर होला अभिभावकले पनि आफ्ना छोराछोरी विद्यालय पठाउँदैनथे”, मोहनपुरका दिपा सदाले भने, “अहिले चेतनाको स्तर वृद्धि हुनुका साथै शिक्षामूलक अभियानले गर्दा अभिभावकमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतनाको विकास भएको छ ।” कुनैबेला आफूलाई पढ्न रहर हुँदाहुँदै पनि बाल्यकालमै अभिभावकले विवाह गरिदिएको सम्झिँदै उनले अहिले त्यस्तो अवस्था बिस्तारै हट्दै गएको बताए । हरुवाहरुवा मुसहर परिवारका अभिभावक जिम्मेवार बन्दै गएका उनको बुझाइ छ ।

हरुवाचरुवा परिवारमा शिक्षाको अवस्था अत्यन्तै नाजुक देखिएपछि संस्थाले शम्भुनाथ नगरपालिकाको विभिन्न वडामा सञ्चालन गरेको निःशुल्क बालशिक्षा कार्यक्रममा अहिले उक्त समुदायका दुई सयभन्दा बढी बालबालिका नियमितरुपमा अध्ययन गर्न आउने गरेका श्रीपुर्राज सामुदायिक केन्द्रका संयोजक विनोदानन्द चौधरीले बताए । तीमध्ये एक सय ५० बालबालिकालाई विभिन्न विद्यालयको पहुचमा पुर्याइएको उनले जानकारी दिए ।

संयोजक चौधरीका अनुसार विद्यालयमा भर्ना भएका बालबालिकालाई संस्थाकोतर्फबाट शैक्षिक सामग्री र स्कुल झोला निःशुल्क उपलब्ध गराएको छ । विद्यालय बाहिर रहेका बालबालिकाका लागि हाल तीन जना दक्ष शिक्षिका र एक दर्जन स्वयंसेवक परिचालित गरेर नौमहिने बालशिक्षा प्रदान गरिरहेको भन्दै क्रमिकरुपमा विद्यालय भर्ना गराउँदै लगिने उनले जानकारी दिए ।

“प्रारम्भिक बालशिक्षाबाट राम्रो गर्दै गएका एक सय ५० जना हरुवाचरुवा परिवारका बालबालिकालाई अहिलेसम्म स्थानीय विद्यालयमा भर्ना गराइसकिएको छ”, केन्द्रका सहजकर्ता रामले भने, “बाँकी रहेकालाई क्रमशः पाइकपर्ने विद्यालयमा भर्ना गराउने तयारीमा छौँ ।”

गरिबी र अभावबाट गुज्रिरहेका हरुवाचरुवा र मुसहर समुदायका अधिकांश बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर हुने गरेकामा उनीहरुलाई शिक्षासँग जोड अभियान सञ्चालन गरी आगामी शैक्षिकसत्रदेखि सबैलाई विद्यालयसँग जोड्न पहल गरिएको उनको भनाइ छ ।

शैक्षिकरुपमा पछाडि परेका हरुवाचरुवा र मुसहर समुदायका बालबालिकाको विद्यालय आउनेक्रम बढेको भन्दै यस्तो अभियानलाई अझ सशक्त बनाएर निरन्तरता दिनुपर्ने शम्भुनाथ–३ स्थित बौकीदेवी दलित आधारभूत विद्यालयका प्रधानाध्यापक गोसाइँ पासवानले बताए । भर्ना हुन आउने बालबालिकालाई विद्यालयको तर्फबाट आवश्यक सहयोग र सहजीकरण गरिने उनको भनाइ छ ।-रासस

साभार – न्युजआज डटकम

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

यादव केटी र चमार समुदायको केटाबिच विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

रास्वपाले समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझायो

रास्वपाले समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझायो

एमालेले निर्वाचन आयोगमा बुझायो समानुपातिक सांसद बन्ने १६ जनाको नाम ।

एमालेले निर्वाचन आयोगमा बुझायो समानुपातिक सांसद बन्ने १६ जनाको नाम ।

ताजा समाचार

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

भन्सार छली गरी ल्याइँदै गरेको ५५ हजारभन्दा बढी मूल्यका सामान सुखीपुरमा बरामद ।

भन्सार छली गरी ल्याइँदै गरेको ५५ हजारभन्दा बढी मूल्यका सामान सुखीपुरमा बरामद ।

संविधान संशोधनका लागि राष्ट्रिय एकता दलको सु।झाव : संघीय हिन्दू गणतन्त्र, ५ प्रदेश र मुस्लिम आयोग खारेजीको प्रस्ताव ।

संविधान संशोधनका लागि राष्ट्रिय एकता दलको सु।झाव : संघीय हिन्दू गणतन्त्र, ५ प्रदेश र मुस्लिम आयोग खारेजीको प्रस्ताव ।

सिराहाबाट अन्धविश्वासविरुद्ध वैज्ञानिक चेतनाको अभियान: भौतिकवादबारे व्यापक बहस ।

सिराहाबाट अन्धविश्वासविरुद्ध वैज्ञानिक चेतनाको अभियान: भौतिकवादबारे व्यापक बहस ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav