लहान । इलाका प्रहरी कार्यालय सुखीपुरले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याइँदै गरिएको करिब ५५ हजार २ सय रुपैयाँ बराबरका कपडा, कस्मेटिक तथा साडी बरामद गरेको छ।
प्रहरीका अनुसार आज बिहान करिब १० बजे विशेष निगरानीका क्रममा अवैध रूपमा भित्र्याइँदै गरिएको उक्त सामान नियन्त्रणमा लिइएको हो। बरामद गरिएका सामग्रीमध्ये ३९ थान साडीका साथै विभिन्न प्रकारका कपडा तथा कस्मेटिकका सामान रहेका छन्।
सामान ढुवानीमा प्रयोग भएका ज.९ प.३७२१ नम्बरको स्कुटर र प्र.२–०१–००१ प.६४३१ नम्बरको डिस्कोभर मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
बरामद सामान तथा सवारीसाधनलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय सुखीपुरले जानकारी दिएको छ।


















