Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सिराहाबाट अन्धविश्वासविरुद्ध वैज्ञानिक चेतनाको अभियान: भौतिकवादबारे व्यापक बहस ।

Dilip Aahir by Dilip Aahir
जेष्ठ १७, २०८३
0
सिराहाबाट अन्धविश्वासविरुद्ध वैज्ञानिक चेतनाको अभियान: भौतिकवादबारे व्यापक बहस ।
ADVERTISEMENT

शनिबार, जेष्ठ १६, २०८३

भौतिकवादी समाज नेपाल सिराहा जिल्ला समितिको आयोजनामा गोलबजारस्थित उद्योग वाणिज्य संघको सभाहलमा ‘भौतिकवाद के हो र के होइन ?’ विषयक अन्तरक्रिया कार्यक्रम तथा तेस्रो जिल्ला भेला सम्पन्न भएको छ। करिब एक सय जनाको सहभागिता रहेको कार्यक्रममा वैज्ञानिक चेतना, भौतिकवाद, अन्धविश्वास तथा आधुनिक विज्ञानको भूमिकामाथि गहन छलफल गरिएको थियो।

कार्यक्रमका वक्ताहरूले वर्तमान विश्व विज्ञान र प्रविधिको तीव्र विकासको युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै मानव जीवनका अधिकांश गतिविधि विज्ञान र प्रविधिमा आधारित रहेको बताए। सञ्चार, स्वास्थ्य, शिक्षा, कृषि, यातायात र उत्पादनका क्षेत्रमा भएका उल्लेखनीय उपलब्धिहरू आधुनिक विज्ञानका देन भए पनि समाजमा अझै धार्मिक भ्रम, भाग्यवाद र अन्धविश्वासको प्रभाव कायम रहेको उनीहरूको धारणा थियो।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलाल ‘आहुति’ले भौतिकवाद कुनै व्यक्ति, धर्म वा समुदायविरुद्धको विचार नभई सत्य, तर्क र वैज्ञानिक प्रमाणमा आधारित जीवनदृष्टि भएको बताए। उनले अन्धविश्वासमा विश्वास गर्ने मानिसहरूलाई विरोधीका रूपमा नभई सचेतनाको यात्रामा रहेका सहयात्रीका रूपमा हेर्नुपर्ने धारणा राख्दै वैज्ञानिक सोचको विस्तारमार्फत समाज रूपान्तरण सम्भव हुने बताए।

भौतिकवादी समाज नेपालका केन्द्रीय सदस्य रोशन जनकपुरीले भौतिकवादलाई नयाँ अवधारणा नभई हजारौँ वर्षदेखि विकसित हुँदै आएको दार्शनिक परम्पराको निरन्तरताका रूपमा व्याख्या गरे। उनले दक्षिण एसियाली चार्वाक दर्शनबाट विकसित भएको भौतिकवादी चिन्तनले प्रकृति र समाजलाई अलौकिक शक्तिको सट्टा वस्तुगत यथार्थका आधारमा बुझ्ने दृष्टिकोण प्रदान गरेको बताए।

कार्यक्रममा सहभागी वक्ताहरूले नेपालका धेरै राजनीतिक तथा सामाजिक अभियन्ताहरूले आफूलाई प्रगतिशील दाबी गरे पनि व्यवहारमा अझै धार्मिक कर्मकाण्ड, भाग्यवाद र अन्धविश्वासबाट पूर्ण रूपमा मुक्त हुन नसकेको टिप्पणी गरे। विज्ञानको प्रयोग दैनिक जीवनमा व्यापक भए पनि समस्या समाधानका क्रममा अलौकिक शक्तिमाथि निर्भर रहने प्रवृत्ति अझै समाजमा विद्यमान रहेको उनीहरूको विश्लेषण थियो।

भौतिकवादी समाज नेपालका केन्द्रीय अध्यक्ष बैद्यनाथ श्रमजीवीले संस्था कुनै राजनीतिक दलको भ्रातृ संगठन नभई वैज्ञानिक सोच, तर्कशीलता र अन्धविश्वासविरुद्धको साझा अभियानका रूपमा स्थापित भएको बताए। विभिन्न विचार र राजनीतिक पृष्ठभूमिका व्यक्तिहरूलाई वैज्ञानिक चेतनाको आधारमा एकताबद्ध गर्ने उद्देश्यले संस्था गठन गरिएको उनको भनाइ थियो।

वक्ताहरूले भौतिकवादी बन्नु भनेको कुनै धर्म, संस्कृति वा समुदायप्रति घृणा गर्नु नभई हरेक विषयलाई प्रमाण, तर्क, अनुभव र वैज्ञानिक परीक्षणका आधारमा मूल्याङ्कन गर्ने अभ्यास विकास गर्नु रहेको स्पष्ट पारे। उनीहरूले समाजमा विद्यमान अन्धविश्वास, जातीय विभेद, भाग्यवाद तथा अलौकिक भ्रमविरुद्ध संघर्ष गर्दै वैज्ञानिक चेतनाको विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।

जिल्ला अध्यक्ष बिमल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण केन्द्रीय सदस्य शिवकुमार महराले गरेका थिए भने केन्द्रीय सल्लाहकार राम रिजन यादवले अवधारणापत्र प्रस्तुत गरेका थिए।

अन्तरक्रियापछि सम्पन्न जिल्ला भेलाले रविन्द्र महराको अध्यक्षतामा २५ सदस्यीय नयाँ जिल्ला समिति चयन गरेको छ। साथै आठ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ। भेलाले सिराहामा वैज्ञानिक चेतना, तर्कशील सोच र अन्धविश्वासविरुद्धको अभियानलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

वीरगन्जमा ‘हिन्दू राष्ट्र र संविधान संशोधन’ सम्बन्धी विचार गोष्ठी सम्पन्न ।

वीरगन्जमा ‘हिन्दू राष्ट्र र संविधान संशोधन’ सम्बन्धी विचार गोष्ठी सम्पन्न ।

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

यादव केटी र चमार समुदायको केटाबिच विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

ताजा समाचार

सिराहाबाट अन्धविश्वासविरुद्ध वैज्ञानिक चेतनाको अभियान: भौतिकवादबारे व्यापक बहस ।

सिराहाबाट अन्धविश्वासविरुद्ध वैज्ञानिक चेतनाको अभियान: भौतिकवादबारे व्यापक बहस ।

वीरगन्जमा ‘हिन्दू राष्ट्र र संविधान संशोधन’ सम्बन्धी विचार गोष्ठी सम्पन्न ।

वीरगन्जमा ‘हिन्दू राष्ट्र र संविधान संशोधन’ सम्बन्धी विचार गोष्ठी सम्पन्न ।

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

यादव केटी र चमार समुदायको केटाबिच विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav