Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

घरमा ‘धामी पालेको’ भन्दै सर्लाहीमा एकल महिलामाथि दुर्व्यवहार !

Bahujan Aawaj by Bahujan Aawaj
असार २, २०८१
0
घरमा ‘धामी पालेको’ भन्दै सर्लाहीमा एकल महिलामाथि दुर्व्यवहार !
ADVERTISEMENT

काठमाडौं । ‘घरमा धामी पालेको’ आरोप लगाउँदै सर्लाही सदरमुकाम मलंगवामा एक महिलामाथि स्थानीयले दुर्व्यवहार गरेका छन्।

मलंगवा नगरपालिका ७ मुसैलीटोलकी ६० वर्षीया इन्द्राशनदेवी महतो (एकल महिला)लाई स्थानीयको समूहले दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको हो । यो घटना तीन साताअघिकै भएको प्रहरीले जनाएको छ ।

पीडित महिलाका आफन्तले इन्द्राशनलाई बोक्सीको आरोपमा मानव मलमुत्र खुवाएर दुर्व्यवहार गरिएको दाबी गरेका छन् । तर, प्रहरीले भने बोक्सीको आरोपमा नभएर घरमा धामीझाँक्री (भक्ता) पालेको आरोपमा उनमाथि गाउँलेले दुर्व्यवहार गरेको पाइएको दाबी गरेको छ।

‘सुरुमा यो विषयमा बोक्सीको आरोप जोडिएको थिएन,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रवीन्द्र बहादुर सिंहले नेपालखबरसँग भने, ‘पछि पीडित परिवारले विषयलाई ‘डाइभर्ट’ गरेर यसलाई बोक्सीको आरोपमा भएको दुर्व्यवहार भन्न थाल्नु भएको छ। हामीलाई आएको जाहेरीमा पनि अभद्र व्यवहार मात्रै भनिएको छ। हामी थप अनुसन्धानकै क्रममा छौँ।’

उनले घटना भएको ११ दिनपछि मात्रै पीडित पक्षले दुर्व्यवहार गर्नेविरुद्ध जाहेरी दिएको बताए। तर, पीडित महिलाका छोरा धिरेन्द्र महतोले भने प्रहरीले विषयलाई सामान्यीकरण गर्न खोजिरहेको गुनासो गरे ।

‘हाम्रो आमालाई स्थानीयले बोक्सीको आरोप लगाउँदै मलमुत्र खुवाए, कुटपिटसहित दुर्व्यवहार गरे। घरमा तोडफोडसमेत भयो। तर, प्रहरीले दोषीलाई कारबाही गर्नेतर्फ चासो देखाएको छैन,’ उनले गुनासो गर्दै भने, ‘हामीले घटना हुनासाथ प्रहरीलाई जानकारी गराएका थियौँ । आमामाथि हुँदै गर्दा पनि प्रहरी हाम्रो घरमा पुगेको थियो। तर, त्यतिबेला कसैलाई पक्राउ नगर्दा उनीहरु फरार भए ।’

एसपी सिंहले महिलामाथि दुर्व्यवहार गरेको घटनामा संलग्न भएको आरोपमा स्थानीय सन्तोष महतोलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको बताए ।

‘पीडित पक्षबाट चार जनाविरुद्ध जाहेरी परेको छ । त्यसमध्ये एकजना पक्राउ परेका छन् । अन्य तीनजना भारततिर भागेको सूचना हामीलाई आएको छ,’ एसपी सिंहले भने, ‘हाम्रो अनुसन्धानले मलमुत्र खुवाएको देखाएको छैन । सामान्य कुटपिटसहितको दुर्व्यवहार भएको मात्रै हो । दुर्व्यवहारमा संलग्नहरुविरुद्ध अमानवीय व्यवहार सम्बन्धि कसुरमा मुद्दा दर्ता गरिएको छ ।’

पीडित महिलाका छोरा धिरेन्द्रले आफ्नै काका (पीडित महिलाका देवर) बुद्धीलाल महतो, सन्तोष महतो, स्थानीय राहुल पासवान र शिव दुलारीविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । त्यसमध्येका सन्तोष पक्राउ परे पनि अन्य फरार छन् ।

एसपी सिंहले भने पीडित भनिएकी महिलाले घरमा धामी पाल्ने र गाउँलेलाई ‘इरिटेड’ गर्ने गरेको जानकारी आफूलाई प्राप्त भएको बताएका छन् ।

‘ती महिलाले सधैँ घरमा धामीझाँक्री राखेर पूजापाठ गर्ने, घर वरपर धागो र डोरीले घेर्ने, गाउँटोलमा अविर, चन्दन अक्षता छकिर्ने जस्ता क्रिया गरेकी रहिछन्,’ एसपी सिंहले भने, ‘यो विषयमा स्थानीयले वडा कार्यालयमा जानकारी गराएछन् । वडाध्यक्ष इसा मिकरानीले लागि बोलाउँदा उनीहरु छलफलमा नगएपछि विवाद बढ्दै गएको देखिन्छ ।’

घटनापछि रौतहट घर भएका धामी फरार छन् । उनको नाम भने एसपी सिंहले खुलाएनन् । उनले यो विषयमा घरमा धामीझाँक्री राखेर स्थानीयलाई दुःख दिनेसहित आफन्तबीच जग्गा जमिनको लफडा पनि जोडिएको बताए ।

पीडित महिलाका छोरा धिरेन्द्र महतोले भने सबै गाउँलेले आफूहरुमाथि अत्याचार गर्दा पनि प्रहरीले न्याय नदिएको गुनासो गरे ।

‘आमालाई यस्तो भएको खबर पुगेपछि भाइ धर्मनाथ पनि कतारबाट आएको छ । हामी न्यायको लागि भौतारिरहेका छौँ, तर प्रहरी प्रशासनले भने दोषीलाई पक्राउ गरेर कारबाही गर्नेतिर ध्यान दिएको छैन,’ उनले भने ।

– नेपालखबर

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

नितीश कुमारका छोरा सिधै मन्त्री, बिहार राजनीतिमा वंशवादको नयाँ अध्याय ।

नितीश कुमारका छोरा सिधै मन्त्री, बिहार राजनीतिमा वंशवादको नयाँ अध्याय ।

जनमतमा मतभेद: समर्थन फिर्ता घोषणाबीच अर्थमन्त्री यादवद्वारा सरकारलाई निरन्तर साथ

जनमतमा मतभेद: समर्थन फिर्ता घोषणाबीच अर्थमन्त्री यादवद्वारा सरकारलाई निरन्तर साथ

बोक्सीको आरोपमा  महिलामाथि क्रूरता: मलमूत्र खुवाएर मानवता नै लज्जित ।

बोक्सीको आरोपमा महिलामाथि क्रूरता: मलमूत्र खुवाएर मानवता नै लज्जित ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

पत्थरगाडाको विद्यालयमा लापरबाही: विद्यार्थीलाई अस्वच्छ तरिकाले खाजा वितरण ।

पत्थरगाडाको विद्यालयमा लापरबाही: विद्यार्थीलाई अस्वच्छ तरिकाले खाजा वितरण ।

ताजा समाचार

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

“छोटी भन्सार बन्दविरुद्ध उधोग बाणिज्य संघको कडा चेतावनी: ४ लाख जनताको आर्थिक जीवन संकटमा, आन्दोलनको घोषणा हुने संकेत”

“छोटी भन्सार बन्दविरुद्ध उधोग बाणिज्य संघको कडा चेतावनी: ४ लाख जनताको आर्थिक जीवन संकटमा, आन्दोलनको घोषणा हुने संकेत”

आफ्नै माटोले चिन्न नसकेका रामरिझन यादवलाई १ लाख बढी राशिसहित भव्य सम्मान ।

आफ्नै माटोले चिन्न नसकेका रामरिझन यादवलाई १ लाख बढी राशिसहित भव्य सम्मान ।

सुखिपुर नगरपालिकाका  सबै  वडाहरुमा पिपिआर खोप कार्यक्रम  सञ्चालन हुदै ।

सुखिपुर नगरपालिकाका सबै वडाहरुमा पिपिआर खोप कार्यक्रम सञ्चालन हुदै ।

नितीश कुमारका छोरा सिधै मन्त्री, बिहार राजनीतिमा वंशवादको नयाँ अध्याय ।

नितीश कुमारका छोरा सिधै मन्त्री, बिहार राजनीतिमा वंशवादको नयाँ अध्याय ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav