Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मोबाइल देखाएर खाना खुवाउँदा बालबालिकामा कस्तो असर पर्छ ?

Bahujan Aawaj by Bahujan Aawaj
भदौ ११, २०८१
0
मोबाइल देखाएर खाना खुवाउँदा बालबालिकामा कस्तो असर पर्छ ?

Little girl eating cereal with milk and watching video on smartphone, tasty healthy food, Slow motion of beautiful child having breakfast at home, dependence from gadget

ADVERTISEMENT

काठमाडौं । अहिले घरघरको कहानी नै बनिरहेको छ बालबालिकालाई मोबाइल देखाएर खाना खुवाउने । बच्चालाई खाना खुवाउनुअघि उसलाई मनपर्ने कार्टुन देखाउने वा गेम खेल्न दिने बानी नै भइसकेको छ । यसो गर्दा बालबालिका मोबाइलमा भुल्लिने र खाना खुवाउन सहज हुने ठान्छन् अभिभावक ।

तर के यसरी बच्चालाई मोबाइल देखाएर खाना खुवाउनु सही हो ? यसरी खाना खुवाउँदा बच्चालाई केही नकारात्मक असर पर्छ कि पर्दैन ?

पोषणविद् कामना आचार्य भन्छिन्, ‘मोबाइल देखाएर खाना खुवाउँदा वा खाँदा तत्काल मात्रै होइन दीर्घकालीन रुपमा पनि असर गर्छ । किनकि तिनीहरुले भोक लागे पनि नलागे पनि खाना खाएका हुन्छन् ।’

यसरी खाना खुवाउँदा खानामा भन्दा मोबाइलमा बालबालिकाको ध्यान हुन्छ । जे खुवाए पनि खाएको थाहा हुने तर के खाँदैछु र स्वाद कस्तो छ भन्ने कुरा उनीहरुलाई थाहा हुँदैन । जसले रुचि नभएका खानेकुरा पनि खाने र पेट टन्न भए पनि खाइरहने पोषणविद् आचार्य भन्छिन् ।

रुचि नभए पनि खाना खाँदा पचाउन सकिन्छ ?

रुचि नभएका खानेकुरा खाँदा बच्चाले निल्न त सक्ने तर पचाउन नसक्ने आचार्य बताउँछिन् । ‘बालबालिकालाई खाना खुवाउँदै गर्दा वा खुवाइसकेपछि वाकवाक गर्ने, वान्ता गर्ने गर्छ । यसरी खुवाउँदा खाना पचाउन नसकेर पेट गडबड हुने तथा अन्य स्वास्थ्य समस्या हुन सक्छ,’ उनी भन्छिन्, ‘यस विषयमा अभिभावकले खासै ध्यान दिएको देखिंदैन । अभिभावकलाई जसरी हुन्छ खाना खाए पुग्ने मानसिकता छ ।’

मनोविद् डा. दिलीप श्रेष्ठ मोबाइल वा टीभी देखाएर खुवाउनु स्वास्थ्यवर्द्धक नहुने बताउँछन् । यसलाई टक्सिन (विष) अभ्यास भनिन्छ । ‘खाना रमाएर खानुभन्दा पनि मोबाइलमा भिडियो हेरेर रमाएको हुन्छ । त्यसैले उसले के खाएको भन्ने नै थाहा हुँदैन । उसले खाना खाएर शरीरलाई चाहिने पोषक तत्व प्राप्त गरे पनि पाचन प्रक्रिया भने सहज हुँदैन,’ डा. श्रेष्ठ भन्छन् ।

मोबाइलमा बच्चाले कस्तो भिडियो हेरेको हुन्छ भन्ने कुराले पनि फरक पर्छ । खाना पचाउनका लागि चाहिने इन्जाइम विकास हुन सक्दैन । यसबाट पाचन प्रक्रियामा गडबडी हुने डा. श्रेष्ठ बताउँछिन् ।

खाना र दिमागको सम्बन्ध हुन्छ ?

खाना र मस्तिष्कबीच अटुट सम्बन्ध हुने मनोविद् श्रेष्ठ बताउँछन् । ‘पेटमा भोकको महसुस भए पनि दिमागले खानाको माग गर्छ । खानाअघि आउँदा मुखमा पानी आउने र उत्साहित हुने हुन्छ, उनी भन्छन्, ‘स्वाद लिएर पचाउन पनि सजिलो हुन्छ । किनकि खाना पचाउन आवश्यक इन्जाइम उत्पन्न गर्छ दिमागले ।’

मनोविद् श्रेष्ठका अनुसार मोबाइल देखाएर खाना खुवाउँदा बालबालिकाको दिमाग एउटै ठाउँमा केन्द्रित हुन सक्दैन । खाना खान लागेको भनेर पहिल्यै नै सचेत नहुँदा खाना खाँदा शरीरमा खाना पचाउन निस्किनुपर्ने इन्जाइम अर्थात् पाचन रस जति चाहिने वा त्यति निकाल्न सक्दैन । त्यसले गर्दा पाचन प्रक्रियामा गडबडी हुन सक्छ ।

मोबाइलमा हिंसात्मक, आक्रामक दृश्य हेरिरहेको छ भने त्यसले दिमागमा तनाव सिर्जना गर्छ । यसले गर्दा शरीरमा कोर्टिसोल हार्मोन अर्थात् तनाव हार्मोन उत्पन्न हुन्छ । यसले पाचन प्रक्रिया गडबड गर्ने, मुटुको चाल बढ्ने, रक्तसञ्चारमा गडबड हुने समस्या ल्याउँछ ।

मोबाइल हेरेर खाना खुवाउँदा पर्ने दीर्घकालीन असर

मोबाइल, टेलिभिजन वा ल्यापटप देखाएर खाना खुवाउने बानीले बच्चा अत्यधिक रिसाउने, जिद्दी हुने, आफ्नो इच्छा पूर्ति गर्न जे पनि गर्ने, निराश हुने, उत्साहित नहुने, एउटै ठाउँमा ध्यान केन्द्रित गर्न नसक्ने, सोच्ने क्षमता कमी हुने, स्मरण शक्तिमा कमी हुनेजस्ता समस्या आउने मनोविद् श्रेष्ठ बताउँछन् ।

यस्तै समाजमा घुलमिल नहुने, पाचन प्रक्रियामा असर पर्ने समस्या पनि यसले निम्त्याउँछ ।

कसरी खुवाउने बच्चालाई खाना ?

खाना खानेबेला वयस्कलाई जस्तै बालबालिकामा पनि भोक जाग्नुपर्ने पोषणविद् आचार्य बताउँछिन् । खाना खाँदा खानामा मात्र ध्यानकेन्द्रित हुनुपर्ने, खाना के खाएँ र के खाँदैछु भन्नेमा जानकार हुनुपर्ने उनी सुझाउँछिन् ।

त्यस्तै खाना राम्रोसँग चपाएर, निल्दासम्म आनन्दपूर्वक खाने, सकेसम्म खान खाने नियमित र निश्चित समय छुट्याउनुपर्छ । ‘तर आजभोलि भोक लागे पनि नलागे पनि बालबालिकालाई खुवाउने गरिन्छ । जुन एकदम गलत बानी हो,’ आचार्य भन्छिन् ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

ताजा समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav