Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

एकै नगरपालिकामा २ युवाको शव फेला

Bahujan Aawaj by Bahujan Aawaj
असार २, २०८१
0
एकै नगरपालिकामा २ युवाको शव फेला

closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

ADVERTISEMENT

रौतहट । रौतहटका अलग–अलग स्थानमा एकै दिन दुई युवाको शव फेला परेको छ । मृतक दुवै गौर नगरपालिका क्षेत्रका हुन् ।

सुरुमा गौर नगरपालिका वडा नं. ५ का २० वर्षीय युवक राहुल मेहताको शव बाग्मती नदी किनारमा फेला परेको थियो भने त्यसको केही घण्टा पश्चात गौर नगरपालिका वडा नं. ४ का २० वर्षीय युवक रोहित सहनीको शव लालबकैया नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृतकका परिवारका सदस्यहरुले हत्या भएको भन्दै दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन । प्रहरीले भने शव फेला परे पनि हत्या भएको हो वा अन्य कुनै कारणले उनीहरुको मृत्यु भएको हो भन्नेबारे अनुसन्धानपछि मात्र पुष्टि हुने जनाएको छ ।

गौर नगरपालिका वडा नं. ५ का अध्यक्ष शिवशंकर गुप्ताले भने मृतक राहुल मेहताको शरीरका कपडा तथा चप्पल बाग्मती नदी किनारको झाडीमा भेटिएको र मुखबाट रगत बगेको प्रष्ट देखिएकाले उनको हत्या भएको आशंका गरे । ‘२० वर्षीय युवक राहुल मेहताको शव जुन अवस्थामा भेटिएको छ त्यसले हत्या भएको हो भन्ने देखाउँछ,’ उनले भने ।

यसैगरी गौर नगरपालिका ४ मा रहेको लालबकैया नदी किनारको केराघारीमा मृत फेला परेका रोहित सहनीको पनि हत्या भएको हुन सक्ने उनका दाजु सञ्जय सहनीले बताएका छन् । ‘राहुलले लगाएको सर्ट उसको घाँटी निर बेरिएको छ, अण्डकोष, नाक र आँखाबाट रगत बगेको छ,’ सञ्जयले भने, ‘शव फेला परेको स्थान केराघारीमा घिसारिएका दागहरु पनि छन् ।’ घटनास्थलको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने भन्दै उनले प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गर्नुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक दिलिप घिमिरेले शव परीक्षणको रिपोर्ट प्राप्त भएपछि मात्र हत्या हो कि होइन भन्ने पत्ता लाग्ने उनले बताए । यद्यपि घटनाका सम्बन्धमा परिवारजनले दिएको सूचनाका आधारमा शंकास्पद व्यक्तिहरुको खोजी तथा अनुसन्धान भने गरिरहेको उनले जानकारी दिए ।

‘हत्या हो वा अन्य कुनै कारणले मृत्यु भएको हो भन्ने बारेमा हामीले अनुसन्धान गरिरहेका छौं । दुवै युवाको शवलाई पोष्टमार्टमका लागि काठमाडौं पठाउँदै छौं,’ उनले भने ।

एक साता अघि मात्रै रौतहटको राजपुर नगरपालिका १ मा ४५ वर्षीय पुरुषको घाँटी रेटेर हत्या गरिएको अवश्थामा शव फेला परेको थियो । अहिले फेरि शनिबार एकै दिन दुई युवकको मृत्युको घटनाले स्थानीय बासिन्दा आतंकित छन् ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

मधेशका बाह्यन्यायिक हत्या, दण्डहीनता र सर्वोच्चको आदेशपछि उठेका प्रश्न नेपाल बंगलादेशको बाटोतिर हिंड्छ कि

मधेशका बाह्यन्यायिक हत्या, दण्डहीनता र सर्वोच्चको आदेशपछि उठेका प्रश्न नेपाल बंगलादेशको बाटोतिर हिंड्छ कि

अन्तरिम सरकारका पचास दिन : जेन–जेडको आशा र असफलताको पुनरावृत्ति

स्वदेशी अधिकारको नयाँ अध्याय: मधेशी राष्ट्रिय परिषदको ऐतिहासिक आवश्यकता

अपांग बालबालिकाका मुहारमा खुशी, सिरहामा दुई समाजसेवीको प्रेरणादायी पहल

अपांग बालबालिकाका मुहारमा खुशी, सिरहामा दुई समाजसेवीको प्रेरणादायी पहल

सुखिपुरमा पदमोदय फाउन्डेसनका तिन कार्यक्रम सम्पन्न, खेलाडीलाई एक लाख पच्चिस हजार सहयोग

सुखिपुरमा पदमोदय फाउन्डेसनका तिन कार्यक्रम सम्पन्न, खेलाडीलाई एक लाख पच्चिस हजार सहयोग

हाम्रो हात सधैं तपाईंको साथ – पदमोदय फाउन्डेसन

हाम्रो हात सधैं तपाईंको साथ – पदमोदय फाउन्डेसन

लोसपाका पूर्व साँसद परमेश्वरसाहले  कर्मचारी पंकज कुमार यादवलाई कुटे

लोसपाका पूर्व साँसद परमेश्वरसाहले कर्मचारी पंकज कुमार यादवलाई कुटे

ताजा समाचार

मधेशका बाह्यन्यायिक हत्या, दण्डहीनता र सर्वोच्चको आदेशपछि उठेका प्रश्न नेपाल बंगलादेशको बाटोतिर हिंड्छ कि

मधेशका बाह्यन्यायिक हत्या, दण्डहीनता र सर्वोच्चको आदेशपछि उठेका प्रश्न नेपाल बंगलादेशको बाटोतिर हिंड्छ कि

अन्तरिम सरकारका पचास दिन : जेन–जेडको आशा र असफलताको पुनरावृत्ति

स्वदेशी अधिकारको नयाँ अध्याय: मधेशी राष्ट्रिय परिषदको ऐतिहासिक आवश्यकता

अपांग बालबालिकाका मुहारमा खुशी, सिरहामा दुई समाजसेवीको प्रेरणादायी पहल

अपांग बालबालिकाका मुहारमा खुशी, सिरहामा दुई समाजसेवीको प्रेरणादायी पहल

लसुन रोपाइँ सुरु, किसानको खेतबारीमा चहलपहल

लसुन रोपाइँ सुरु, किसानको खेतबारीमा चहलपहल

सुखिपुरमा पदमोदय फाउन्डेसनका तिन कार्यक्रम सम्पन्न, खेलाडीलाई एक लाख पच्चिस हजार सहयोग

सुखिपुरमा पदमोदय फाउन्डेसनका तिन कार्यक्रम सम्पन्न, खेलाडीलाई एक लाख पच्चिस हजार सहयोग

सुखिपुरमा क्रिकेट एकेडमी सञ्चालनार्थ भूमिपूजन सम्पन्न

सुखिपुरमा क्रिकेट एकेडमी सञ्चालनार्थ भूमिपूजन सम्पन्न

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav