Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

पाँच विवाह, जसलाई हेर्न सबै देवता थिए उपस्थित

Bahujan Aawaj by Bahujan Aawaj
कार्तिक १३, २०८०
0
पाँच विवाह, जसलाई हेर्न सबै देवता थिए उपस्थित
ADVERTISEMENT

प्राचीन आर्य संस्कृतिमा विवाह विभिन्न प्रकारका हुन्छन् । कूल ८ प्रकारका विवाहहरु मध्ये ब्रम्ह-विवाह लगायत ४ प्रकारका विवाहलाई उत्तम मानिन्छ । हिन्दु धर्ममा त्यस्ता ८ वटा विवाहको बारेमा जानकारीहरु उपलब्ध छन् । जसलाई हेर्न सबै देवी र देवता त उपस्थित भएका थिए नै साथै ती विवाहहरुका बारेमा पुराणहरुमा अति रोचक तरिकाले वर्णन गरेको पाइन्छ ।

शिव, सती र पार्वती विवाह

यो विवाहको चर्चा हरेक पुराणमा पाइन्छ । भगवान शंकरले सबैभन्दा पहिला सतीसँग विवाह गरेका थिए । यो विवाह अति नै कठिन परिस्थितिमा भएको थियो । सतीका पिता दक्ष प्रजापति यो विवाहको पक्षमा थिएनन् । वास्तवमा उनले भगवान विष्णुको छलका कारण नै आफ्नी छोरी सतीको विशे शंकरसँग गराउन बाध्य भएका थिए । राजा दक्ष प्रजापतिद्वारा भगवान शंकरको अपमान गरेकाले सतीले यज्ञमा हाम फालेर आत्मदाह गरेकी थिइन् ।

सतीको मृत्यु भएपछि शंकर अर्धपागल जस्तो भएर जतात्यतै हिँड्न थाले । सतीले हिमालय पर्वतकहाँ पार्वतीको रुपमा जन्म लिइन् । त्यो समयमा तारकासुरको आतंक मच्चिएको थियो । त्यसको वध केवल शिवका छोराले मात्र गर्न सक्ने वरदान तारकासुरले प्राप्त गरेका थिए । तर, भगवान शिव तपस्यामा लीन थिए ।

त्यस्तो अवस्थामा देवताहरुले भगवान शिवको विवाह पार्वतीसँग गर्नका लागि एउटा योजना बनाए । त्यहि समयमा कामदेवलाई शिवको तपस्या भंग गर्नका लागि पठाइयो । कामदेवले तपस्या त भंग गरिदिए तर छल गरेर उनको तपस्या भंग गरेकोले उनी स्वयम् भस्म भए । त्यो घटनाको केही समयपछि भगवान शिव र पार्वतीको विवाह भयो । त्यो विवाहमा भगवान शिव जन्ती लिएर पार्वती कहाँ पुगेका थिए । यो कथाको रोचक वर्णन पुराणहरुमा प्राप्त हुन्छ ।

विष्णु-लक्ष्मी विवाह

माता लक्ष्मी ऋषि भृगुकी पुत्री थिइन् । लक्ष्मीकी आमाको नाम ख्याती थियो । भृगु ऋषि राजा दक्षका भाइ थिए । एकपटक देवी लक्ष्मीका लागि स्वयम्वरको आयोजना भयो । देवी लक्ष्मीले मनमनै भगवान विष्णुलाई आफ्नो श्रीमान्को रुपमा स्वीकार गरिसकेकी थिइन् । तर, नारद मुनि पनि लक्ष्मीसँग विवाह गर्न चाहन्थे । यी राजकुमारीले हरि रुप पाएपछि मात्र वरण गर्छिन् भन्ने कुरा नारदले सोचे र भगवान विष्णु कहाँ गएर हरि जस्तै सुन्दर रुप मागे ।

भगवान विष्णुले नारदको चाहना अनुसार उनलाई हरिको रुप दिए । नारद हरि रुप लिएर जब राजकुमारीको स्वयंवरमा पुगे, उनलाई राजकुमारीले वरमाला लगाइदिन्छिन् भन्ने विश्वास थियो । तर, त्यस्तो भएन । राजकुमारीले नारदलाई छोडेर भगवान विष्णुको गलामा बरमाला लगाइदिइन् । नारद त्यहाँबाट निराश भएर फर्किए र बाटोमा एउटा जलाशयमा उनले आफ्नो अनुहार हेरे । आफ्नो अनुहार देखेर नारद हैरान भए । किनभने उनको अनुहार बाँदर जस्तै देखिएको थियो ।

हरिको एउटा अर्थ विष्णु हुन्छ भने अर्को अर्थ बाँदर हुन्छ । भगवान विष्णुले नारदलाई बाँदरको रुप दिएका थिए । भगवान विष्णुले उनीसँग छल गरेको कुरा नारदले बुझे । उनी भगवान विष्णुप्रति क्रोधित भए । नारद सोझै बैकुण्ठ पुगे र विष्णुलाई मनुष्यको रुपमा जन्म लिएर पृथ्वीमा जानु परोस् भनेर आवेशमा भगवानलाई श्राप दिए ।

जसरी मलाई स्त्रीको वियोग सहन पर्‍यो । त्यस्तैगरी तपाईंले पनि वियोग सहनु परोस् । त्यसैले राम र सतीको रुपमा जन्म लिएर विष्णु र देवी लक्ष्मीलाई वियोग सहनु परेको हो । यो कथाको प्रसँगमा भगवान गणेशलाई  विष्णु र देवताहरुद्वारा अपमान गरेको पनि उल्लेख प्राप्त हुन्छ । जसमा जब विष्णुले जन्ति लिएर निस्के, तब बाटोमा भगवान गणेशले आफ्नो वाहन मुसालाई भनेर सबै बाटो खन्न लगाए । पछि गणेशलाई फकाए र उनको पूजा गरियो तब मात्र जन्ती अगाडि बढ्न सक्यो ।

राम-सीताको विवाह

श्रीराम र सीताको विवाह महादेव र माता पार्वतीको विवाहपछिको सबैभन्दा प्रसिद्ध विवाह मानिन्छ । यो विवाहको एउटा अर्को विशेषता पनि छ । त्यो हो विवाहमा त्रिदेवहरु सहित सबै देवता कुनै न कुनै रुपमा उपस्थित थिए ।

श्रीरामसहित बम्ह्रार्षि वशिष्ठ एवं राजषिर् विश्वामित्रलाई पनि त्यसको ज्ञान थियो । भनिन्छ, त्यो विवाह हेर्नका लागि  ब्रह्मा, विष्णु एवं रुद्र ब्रँम्हाणहरुको भेषमा आएका थिए । राजा जनकको सभामा शिवजीको धनुष तोडेपछि श्रीरामको विवाह हुन तय भएको थियो । चारै भाइहरुमध्ये श्रीरामको विवाह सबैभन्दा पहिला भयो । उक्त विवाहको रोचक वर्णन वाल्मीकि रामायणमा पनि पढ्न पाइन्छ ।

रुक्मिणी र कृष्णको विवाह

रुक्मिणीको विवाह पनि निकै रोचत परिस्थितिहरुमा भएको थियो । भगवान श्रीकृष्णले सबैभन्दा पहिला रुक्मिणीसँग विवाह गरेका थिए । श्रीमद्भागवत गीतमा उक्त विवाहको वर्णन रोचक तरिकाले गरिएको छ । भागवत कथा वाचन गर्ने समारोहहरु जहाँ-जहाँ आयोजना गरिन्छ, त्यहाँ-त्यहाँ उक्त विवाहलाई नाटकीय रुपले प्रस्तुत गरिन्छ । भगवान श्रीकृष्ण तथा रुक्मिणीको विवाह प्रसँग श्रीमद्भागवत महापुराणामा श्रीशुकदेवजी राजा परिक्षितले सुनाएका छन् ।

गणेशजीको विवाह

भगवान शिवका पुत्र गणेशजीको विवाह प्रजापति विश्वकर्माकी छोरी ऋद्धि तथा सिद्धी नाम गरेका दुई कन्यासँग भएको थियो । सिद्धिबाट क्षेम तथा ऋषिबाट लाभ नाम गरेका दुई पुत्र समेत जन्मिएका थिए । लोक परम्परामा उनीहरुलाई नै शुभ-लाभ भन्ने गरिन्छ । गणेशजीको विवाह पनि निकै रोचक परिस्थितमा भएको थियो । वास्तवमा उनीहरुको त विवाह नै नहुने भइसकेको थियो । उक्त विवाहको चर्चा पनि सबै पुराणहरुमा रोचक गरिकाले गरिएको पाइन्छ ।

तुलसी विवाह

काहीँ-काहीँ के कुरा प्रचलित छ भने बृन्दाले एउटा श्राप दिएकी थिइन्-‘तिमीले मेरो सतित्व भंग गरेका हौं । त्यसकारण तिमी पत्थर बन्ने छौं ।’ त्यसपछि विष्णुले भनेका थिए-‘हे बृन्दा, तिमी मलाई लक्ष्मीभन्दा पनि बढी पि्रय छौ । यो तिम्रो सतित्वकोकै फल हो, तिमी तुलसी बनेर मेरैपास रहने छौ । जो मनुष्यले तिमीसँग मेरो विवाह गरिदिन्छ, उसलाई परमधाम प्राप्त हुनेछ ।’

यसैकारण तुलसी बिना शालिग्राम अथवा विष्णु-शिलाको पूजा अधुरो मानिन्छ । उक्त पुण्यको प्राप्तिका लागि आज पनि तुलसी विवाह निकै धुमधामका साथ गरिन्छ । तुलसीलाई कन्या मानेर व्रत बस्ने व्यक्तिले यथाविधिले भगवान विष्णुलाई कन्यादान गरेपछि मात्र तुलसी विवाह सम्पन्न हुन्छ । त्यसैले तुलसी पूजा गर्नुको पनि ठूलो नै महात्म्य छ ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

बोक्सीको आरोपमा  महिलामाथि क्रूरता: मलमूत्र खुवाएर मानवता नै लज्जित ।

बोक्सीको आरोपमा महिलामाथि क्रूरता: मलमूत्र खुवाएर मानवता नै लज्जित ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

पत्थरगाडाको विद्यालयमा लापरबाही: विद्यार्थीलाई अस्वच्छ तरिकाले खाजा वितरण ।

पत्थरगाडाको विद्यालयमा लापरबाही: विद्यार्थीलाई अस्वच्छ तरिकाले खाजा वितरण ।

एमालेले निर्वाचन आयोगमा बुझायो समानुपातिक सांसद बन्ने १६ जनाको नाम ।

एमालेले निर्वाचन आयोगमा बुझायो समानुपातिक सांसद बन्ने १६ जनाको नाम ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

ताजा समाचार

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

यादव केटी र चमार समुदायको केटाबिच विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav