Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

आयुर्वेदका अनुसार खाना खाने १० नियम

Dilip Aahir by Dilip Aahir
अशोज ११, २०८२
0
आयुर्वेदका अनुसार खाना खाने १० नियम
ADVERTISEMENT

आयुर्वेद चिकित्सा पद्धतिमा आहार र विहारलाई बढी ध्यान दिएको पाइन्छ । जसका कारण हामी मानवहरू हाम्रो शरीर र प्रकृतिबीच उचित सन्तुलन कायम गर्न सक्छौँ । यदि हामी अनुचित खानेकुरा खान्छौँ भने निश्चित रूपमै हामी रोगी हुन्छौँ । अन्नादि खानेकुराले नै हाम्रो प्राण जोगाएको छ । खानेकुरा खाएनौँ भने हाम्रो प्राण धेरै समय टिक्दैन । हामी जस्तो खानेकुरा खान्छौँ, हाम्रो शरीर र मन त्यस्तै हुन्छ ।

आचार्य सुश्रुत भन्नुहुन्छ–
‘आहारः प्रीणानः सद्यो बलकृद्देहधारकः ।
आयुस्तेजः समुत्साहस्मृतयोऽग्नि विवद्र्धनः ।।’
अर्थात् भोजनले तृप्ति गर्ने, तत्काल ताकत ल्याउने, देहको धारण गर्ने, आयु, तेज, उत्साह, स्मरण–शक्ति र जठराग्नि (खानेकुरा पचाउने शक्ति) बढाउने गर्दछ ।

त्यस्तै महर्षि वाग्भट्ट भन्नुहुन्छ–
काले सात्म्यं शुचि हितं स्निग्धोष्णं लघु तन्मनाः ।
षड्रसं मधुरप्रायं नातिद्रुतविलम्बितम् ।
स्नातः क्षुद्वान् विविक्तस्थो धौतपादकराननः ।
तर्पयित्वा पितृृन् देवानतिथीन् बालकान् गुरून् ।
प्रत्यवेक्ष्य तिरश्चोऽपि प्रतिपन्नपरिग्रहान् ।
समीक्ष्य सम्यगात्मानमनिन्दन्नब्रुवन् द्रवम् ।
इष्टमिष्टैः सहाश्र्नीयाच्छुचिभक्तजनाहृतम् ।।

भोजनको महत्वपूर्ण १० नियमहरू–
१. काले सात्म्यं
२. शुचि हितं
३. स्निग्धोष्णं लघु
४. तन्मनाः
५. षड्रसं मधुरप्रायं
६. नातिद्रुतविलम्बितम्
७. स्नातः
८. क्षुद्वान्
९. विविक्तस्थो
१०. निन्दा त्याज्य

१. समयमा खाने (काले सात्म्यम्)
दैिनक एउटै समयमा खाना खानुपर्छ । निश्चित समयमा खाना खाँदा जठराग्निले पेटमा भएको खाना सजिलै पचाउँछ । त्यसैले खानेकुरा जहिले पनि निश्चित समयमा नै खानुपर्छ, न समयअघि न पछि । कसैले केही न केही खाइरहन्छन् भने पनि समस्या हुनसक्छ । पहिले खाएका कुरा नपच्दै अरू खानेकुरा खाँदा अपच भएर रोग लाग्न सक्छ ।

२. सफा भएर खाने (शुचि हितम्)
धेरै जसो बच्चा बाहिरबाट आएर सीधै भान्सामा गएर खानेकुरा खाने गर्दछन् । सफा–सुग्घर भएर खाना खानुपर्छ । खाना खानु अघि हात–खुट्टा, मुख राम्ररी धुने, कुल्ला गर्ने गर्नुपर्छ । खाना खानुअघि खुट्टा धुँदा जठराग्नि बलियो बन्छ र खानेकुरा राम्ररी पचाउँछ ।

३. घ्यु वा तेलयुक्त सजिलै पच्ने खाना खाने(स्निग्धोष्णं लघु)
हामीले खाने खानामा घ्यु अथवा तेल हुनुपर्छ । किनभने हाम्रो शरीरमा एउटा कोष बन्न ४२ प्रतिशत घ्यु अथवा तेल चाहिन्छ । त्यसमा पनि सजिलै पच्ने खानेकुरा खानुपर्छ ।

४. खानामा एकाग्रचित्त हुने (तन्मनाः)
खाना खाँदा एकाग्रचित्त (खानामा मात्रै ध्यान दिएर) खानुपर्छ । खाँदा अन्य कुरा हेरेर, सुनेर खानु हुँदैन । आजकल भोजन गर्दा टिभी, मोबाइल हेर्ने गरेको पाइन्छ । त्यसो गर्न हुँदैन ।

५. ६ रसका खाना खाने (षड्रसं मधुरप्रायम्)
खाना खाँदा ६ प्रकारका खाना खानुपर्दछ । जस्तै– गुलियो, नुनिलो, अमिलो, तीतो, पीरो, टर्राे खानेकुरा हाम्रो शरीरलाई आवश्यक पर्दछ । यी ६ प्रकारका रस मीठो नलागे पनि मात्रा मिलाएर खानुपर्छ ।

६. धेरै छिटो–छिटो र ढिलो नखाने (नातिद्रुतविलम्बितम्)
खाना खाँदा धेरै छिटो–छिटो वा धेरै बिस्तारै खानुहुँदैन । छिटो खाँदा खानेकुराको स्वाद नै थाहा नहुन सक्छ । छिटो खाँदा राम्ररी नचपाइने भएकाले ठोस पदार्थ पच्न गाह्रो हुन्छ । त्यसैले एक गाँस खाँदा कम्तीमा पनि ३२ पटक चपाएर मात्र निल्नुपर्छ । लगभग २० मिनेटभित्र खाना खाइसक्नुपर्छ ।

७. नुहाएपछि खाने (स्नातः)
नुहाएपछि मात्र खानुपर्छ । जसले खाना खाने बित्तिकै नुहाउँछन् उनीहरूलाई आमवात (आउँको विकारबाट शरीरका विभिन्न भाग दुख्ने र जोर्नी सुनिने एक प्रकारको रोग) हुनसक्छ । खाना खाएको कम्तीमा ३÷४ घण्टापछि भने नुहाउन सकिन्छ ।

८. भोक लागेपछि मात्र खाने (क्षुद्वान्)
जब भोक लाग्छ अनि मात्र खाना खानुपर्छ । भोक नलाई खाँदा अपच हुन सक्छ ।

९.शान्त वातावरणमा खाने (विविक्तस्थो)
एकान्तमा बसेर खाना खानुपर्छ । भोजन गर्दा वातावरण शान्त हुनुपर्छ ।

१०. निन्दा नगरी खाने (निन्दा त्याज्य)
सकेसम्म नबोली खाना खानुपर्छ । धेरै बोलेर खानुहुँदैन । खाँदा परिवार तथा साथीहरूसँग बसेर शान्त भएर खाँदा राम्रो हुन्छ । खाना खाँदा यो पुगेन, त्यो भएन भन्ने बानी पनि कसैको हुनसक्छ । यस्तो गर्न हुँदैन ।

भोजनका यी दश नियम हामीले पालना गर्नुपर्छ । यसले हामीलाई स्वस्थ र निरोगी हुन सहयोग गर्छ ।

साभार – न्युज अफ नेपाल डटकम बाट ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

टिकटक/फेसबुक रील भिडियो प्रतियोगिता घोषणा: स्वास्थ्य बीमाबारे जनचेतना बढाउने उद्देश्य ।

टिकटक/फेसबुक रील भिडियो प्रतियोगिता घोषणा: स्वास्थ्य बीमाबारे जनचेतना बढाउने उद्देश्य ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

योग र ध्यानका लागि छुट्टै मन्त्रालयको माग, भ्रष्टाचार न्यूनीकरणका लागि ध्यान आवश्यक : स्वामी अरुण र मन्त्री पुन

योग र ध्यानका लागि छुट्टै मन्त्रालयको माग, भ्रष्टाचार न्यूनीकरणका लागि ध्यान आवश्यक : स्वामी अरुण र मन्त्री पुन

ताजा समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav