नेपालगन्जबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदी किनारमा खसेको छ । नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको बस काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
इच्छाकामना गाउँपालिका फिस्लिङ बजारनजिक आज बिहान ७ बजेतिर दुर्घटना भएको हो ।
जिल्ला प्रहरीका अनुसार दुर्घटनामा परी २० जना घाइते भएका छन् । ५ जना गम्भीर घाइते भएका छन् । बसमा ४५ जना यात्री थिए ।
घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार कारराई जोगाउन खोज्दा बस तल खसेको थियो । कारमा ५ जना यात्रु सवार थिए ।


















