Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

विश्वकप फुटबल र विश्व अर्थतन्त्र

Bahujan Aawaj by Bahujan Aawaj
साउन ५, २०७४
0
विश्वकप फुटबल र विश्व अर्थतन्त्र
ADVERTISEMENT

२२औँ विश्व कप फुटबल कतारमा जारी छ। तर यो शताव्दीको सुरुमा कतार जस्तो सानो राष्ट्रमा यति ठूलो प्रतियोगिता होला भनेर कसैले पनि कल्पना गरेको थिएन। तर यो संभव भएको छ र यसमा अहिले कसैले अचम्म मानेका छैनन्।

मेरो व्यावसायिक जीवनको अधिकांश समय मैले यो सुन्दर खेल र विश्व अर्थतन्त्रबीचको अन्तर्सम्बन्धलाई नजिकबाट नियालेको छु। गोल्डम्यान स्याक्समा कार्यरत हुँदा र त्यसअघि स्विस बैंक कर्पाेरेसनमा रहँदा फुटबलप्रतिको मेरो विशेष झुकावका कारण सन् १९९४ देखि २०१० सम्मका हरेक वर्षका विश्व कपबारे विशेष प्रकाशनहरूमा मेरो सहभागिता र नेतृत्व रहेको छ। यो विषयमा भएको एक प्रकाशनपछि विश्वका केन्द्रीय बैंकका उच्च अधिकारीले मलाई व्यक्तिगत सन्देश पठाएर प्रशंसा गरेका छन्। कतिपयले यो अत्यन्त प्रशंसनीय कार्य भनेका थिए।

आर्थिक घटना र बजारका बारेमा बारम्बार आलेख र प्रकाशनहरू हुने तर यो विषयमा खास प्रकाशनहरू नहुँदा सबैले यसलाई रुचाएका हुन। हामीले विभिन्न देशका नेता र फुटबलसम्बन्धी विज्ञलाई आमन्त्रण गरेर यी प्रकाशनमा लेख लेख्न अनुरोध गर्ने गरेका थियौँ। एक अंकमा म्यानचेस्टर युनाइटेडका म्यानेजर एलेक्स फर्गुसनले आफ्नो विश्व प्रसिद्ध टिमबारे चाखलाग्दो लेख लेखेका थिए।

मैले हालसम्म अमेरिका, फ्रान्स, दक्षिण कोरिया, जापान र जर्मनीमा आयोजना भएका ६ वटा विश्व कप हेरेको छु। यी अनुभवको आधारमा म निसंकोच भन्न सक्छु, सुन्दरता र समावेशिताका हिसाबले फुटबल उत्कृष्ट खेल हो। यसले विभिन्न संस्कृति र राष्ट्रियता भएकालाई एक ठाउँमा उभ्याउने गरेको छ। सन् २००६ मा जर्मनीमा भएका खेलका दौरान फुटबल फ्यानहरूले बनाएको ‘प्यान जोन्स’ को आधिकारिक सुरुवात भएको थियो। त्यसअघि सन् २००२ मा सोलमा मैले फुटबल समर्थकहरूसँग अन्तर्क्रिया गर्न पाएको थिएँ।

फुटबल खेल कहाँ आयोजना गर्ने भन्ने विषय फुटबल र विश्व अर्थतन्त्रसँग जोडिएको हुन्छ। सन् २०१० मा दक्षिण अफ्रिका, सन् २०१४ मा ब्राजिल, सन् २०१८ मा रुस र सन् २०२२ मा कतारमा विश्वकप फुटबल आयोजना गरिनुले यो शताब्दीका पहिलो दुई दशकमा उदयोन्मुख अर्थतन्त्रमा प्रवेश गरेका राष्ट्रलाई प्राथमिकता दिएको देखिन्छ। यसैगरी ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका संलग्न व्रिक्स समूह राष्ट्रमा पनि निकट भविष्यमा यो प्रतियोगिता हुने विश्वास मैले लिएको छु।

तर पछिल्ला वर्षमा विश्वका अधिकांश राष्ट्र विश्वव्यापीकरणको सट्टा अन्तर्मुखी हुँदै गएका छन्। त्यसैले यसप्रकारको विश्वव्यापी प्रतियोगितामा आयोजना गर्न इच्छुक राष्ट्रका संख्या सीमित हुने त होइन भन्ने शंका उब्जेको छ। विश्वका सबैभन्दा धेरै हेरिने यो प्रतियोगिताको आयोजना गर्न चाहना राख्ने उदयोन्मुख राष्ट्रले यो कठिन काम गर्न आँट गर्लान् त? अथवा अर्काेतिर, विश्व के पुनः विश्वव्यापीकरण र समावेशी अन्तर्राष्ट्रिय व्यवस्थातर्फ फर्कनेछ भन्ने प्रश्न ज्वलन्त बनेको छ। यसभन्दा पनि अझ गहिरो प्रश्न अर्काे रहेको छ, त्यो हो, के भने फिफा विश्व अर्थतन्त्र र विश्वव्यापीकरणको नेतृत्वदायी सूचक रहला त?

आगामी ४ सातामा यो प्रतियोगिता कसरी अगाडि बढ्नेछ र विश्वका कति जनसंख्याले यो हेर्नेछन् भन्ने विषयले यस वर्षको विश्वकपको महत्त्व र सफलतालाई प्रभाव पार्नेछ। फिफाको आम्दानीका लागि यो प्रतियोगिता सबैभन्दा महत्त्वपूर्ण स्रोत हो। त्यसो त फुटबलको व्यावसायिक क्लबहरूले यो प्रतियोगिता ४ वर्षमा नभई हरेक २ वर्षमा गर्नुपर्ने माग गरिसकेका छन्। यसलाई देश मात्र नभई क्लबका आधारमा पनि खेलिनुपर्ने माग पनि उठेको छ।

पछिल्ला २०–३० वर्षको भन्दा विश्व अर्थतन्त्र आगामी दिनमा फरक रह्यो भने फिफासम्बन्धीको निर्णय प्रक्रिया पनि प्रभावित हुनेछ। त्यसो भएमा विश्व अर्थतन्त्रमा न्यून योगदान गर्ने उदयोन्मुख राष्ट्रमा आगामी प्रतियोगिता हुन सक्ने संभावना कम देखिन्छ।

सन् १९८०, सन् १९९० र सन् २०११ देखि सन् २०२० सम्म विश्वको कुल गार्हस्थ्य उत्पादन क्रमशः ३.३, ३.३, ३.९ र ३.७ प्रतिशत रहेको छ। पछिल्ला दुई दशकमा भएका आर्थिक वृद्धि उदयोन्मुख राष्ट्रको सुदृढ आर्थिक वृद्धिका कारण संभव भएका हो। परम्परागत आयोजक राष्ट्रमा नभै फिफा विश्व कपका लागि आयोजक राष्ट्रको छनोट पनि यही विषयसँग जोडिएको छ। तर विद्यमान अवस्थाको समीक्षा गर्दा यो प्रवृत्ति उल्टन सक्ने देखिएको छ। त्यसो त, नयाँ निर्णयका लागि अझै ८ वर्षको समयावधि बाँकी रहेको छ।

यसैगरी यो वर्षको विजेता को बन्ला? म सहभागी रहेका विश्वकपसम्बन्धी प्रकाशन तथा अध्ययन प्रतिवेदनका आधारमा कुन टिम सेमिफाइनलमा पुग्ला भन्ने आकलन गर्न सकिन्छ। इतिहासले पनि हालसम्म ८ वटा देशले मात्र विश्व कप जितेको देखाउँछ। ५ पटक विश्वकप जितेको ब्राजिल एक सख्त टिम हो र यस वर्ष पनि उसले राम्रो प्रदर्शन गर्न सक्ने देखिन्छ। अर्जेन्टिना, उरुग्वे, फ्रान्स, जर्मनी, इटाली, स्पेन र बेलायत विश्वकपका अन्य विजेता हुन्।

यसपटक इटाली छनोटबाट बाहिरिएको छ र त्यो हिसाबले पनि यसपटकका विजेता माथि उल्लेख गरिएका राष्ट्रमध्ये एक हुने देखिन्छ। बेलायतको संभावना प्रबल छ तर माथिका अन्य राष्ट्रले जित्ने संभावना पनि उत्तिकै छ। आफ्नो अर्थतन्त्र र जनसंख्या कमजोर रहे पनि डेनमार्क, नेदरल्यान्ड र पोर्चुगलले राम्रो प्रदर्शन गर्ने गरेका छन्। जोसुकैले जिते पनि, यो प्रतियोगिताले भविष्यका लागि गर्ने संकेतलाई मैले नजिकबाट नियालिरहेको हुनेछु।

(ओनेल गोल्डम्यान स्याक्स एसेट म्यानेजमेन्टका पूर्वअध्यक्ष तथा बेलायतका पूर्व वित्तमन्त्री हुन। प्रोजेक्ट सिन्डिकेटबाट।)

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

“सुखीपुर क्याम्पसमा  नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

“सुखीपुर क्याम्पसमा नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

पत्थरगाडाको विद्यालयमा लापरबाही: विद्यार्थीलाई अस्वच्छ तरिकाले खाजा वितरण ।

पत्थरगाडाको विद्यालयमा लापरबाही: विद्यार्थीलाई अस्वच्छ तरिकाले खाजा वितरण ।

टिकटक/फेसबुक रील भिडियो प्रतियोगिता घोषणा: स्वास्थ्य बीमाबारे जनचेतना बढाउने उद्देश्य ।

टिकटक/फेसबुक रील भिडियो प्रतियोगिता घोषणा: स्वास्थ्य बीमाबारे जनचेतना बढाउने उद्देश्य ।

एमालेले निर्वाचन आयोगमा बुझायो समानुपातिक सांसद बन्ने १६ जनाको नाम ।

एमालेले निर्वाचन आयोगमा बुझायो समानुपातिक सांसद बन्ने १६ जनाको नाम ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

ताजा समाचार

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav