Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

नेपालमा विश्वकप फुटबल प्रसारणबारे केही प्रश्नोत्तर

Bahujan Aawaj by Bahujan Aawaj
अशोज ३१, २०७९
0
नेपालमा विश्वकप फुटबल प्रसारणबारे केही प्रश्नोत्तर
ADVERTISEMENT

३० कात्तिक, काठमाडाैं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकपको नयाँ संस्करण अर्को साताको आइतबारदेखि कतारमा सुरु हुँदैछ ।

सहभागी ३२ देशका टोलीहरुबीच ६४ खेल सञ्चालन हुने कतार विश्वकप ११ डिसेम्बरसम्म आयोजना हुँदैछ ।

विश्वकपको यो संस्करण विश्वका आधाभन्दा बढी जनसंख्याले रंगशालामै पुगेर तथा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हेर्ने अनुमान गरिएको छ ।

नेपालमा पनि विश्वकप प्रत्यक्ष प्रशारण हुनेछ । नेपालमा विश्वकपको प्रत्यक्ष प्रशारणका लागि मिडिया हवले अधिकार पाएको छ

नेपालमा विश्वकप प्रत्यक्ष प्रशारणबारे केहि प्रश्नोत्तर यस्ता छन् –

१. मंसिर ४ गतेबाट सुरु हुने यसपटकको फिफा विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण कहाँ-कहाँ हेर्न पाइन्छ ?

यसपटकको फिफा विश्वकपको प्रत्यक्ष प्रशारण नेपालमा हिमालय प्रिमियम टेलिभिजन च्यानलमा हेर्न पाइन्छ। त्यसबाहेक सिनेमा हल, रेष्टुरेण्ट, होटल लगायतका सार्वजनिक स्थानमा समेत फुटवलको प्रत्यक्ष प्रशारण हेर्न पाइन्छ।

यसमध्ये कतिपय ठाउँमा फुटवलको प्रत्यक्ष प्रशारण देखाउन नेपालका लागि विश्वकपको आधिकारिक अनुमतिकर्ता मिडिया हवबाट अनुमति लिनुपर्ने हुनसक्छ।

२. हिमालय प्रिमियम च्यानल कहाँ आउँछ ?

अन्य नेपाली टेलिभिजन च्यानलहरु जस्तै हिमालय टेलिभिजन नेटवर्कले सञ्चालनमा ल्याउने हिमालय प्रिमियम च्यानल केवल नेटवर्क, डीटीएच तथा एमएसओमा उपलब्ध हुनेछ। कतिपय केवल नेटवर्क र एमएसओमा यो च्यानल उपलब्ध समेत भइसकेको छ। फुटवलको प्रत्यक्ष प्रशारणका लागि हिमालय प्रिमियम च्यानल देखाउनका लागि नेट टिभि, भाया टिभि, क्लियर टिभिसँग सम्झौता भइसकेको छ भने अन्य केही केवल नेटवर्क, डीटीएच तथा एमएसओसँग सम्झौताको तयारी भइरहेको छ।

३. नेपालमा फुटबल देखाउने अधिकार कोसँग छ ?

विश्वकप फुटबल सञ्चालन गर्ने फिफाले यसपटक हरेक देशका लागि टेलिभिजन, रेडियो, मोबाइल र इन्टरनेटका लागि छुट्टाछट्टै ‘राइट्स’ बिक्री गरेको छ। यो राइट्स बिक्री बापत मात्रै फिफाले विश्वभरका २२३ वटा देश (टेरिटोरी)बाट तीन अर्ब डलर (तीन खर्ब ९० अर्ब रुपैयाँ) बराबरको रकम असुल गरिसकेको छ।

दक्षिण एशियाका सात देश नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्सका लागि टेलिभिजन, रेडियो, मोबाइल र इन्टरनेटमा फुटवलको प्रत्यक्ष प्रशारण देखाउन फिफाबाट भारतीय कम्पनी भायाकम १८ ले ‘राइट्स’ खरिद गरेको छ।

भायाकम १८ बाट बंगलादेशका लागि एभिमोर प्रालि, एभिमोर प्रालिबाट नोरवेस्टर ओमर केस्पोर्टस ज्वाइन्ट भेन्चर र त्यो कम्पनीबाट टिस्पोर्टस बंगलादेशले अधिकार लिएको छ।

त्यसैगरी पाकिस्तानमा भायाकम १८ बाट एरी डिजिटल र नेपालमा भायाकम १८ बाट मिडिया हव प्रालिले यो अधिकार खरिद गरेको छ। त्यसवाहेकका बाँकी चार देश भारत, श्रीलंका, भुटान र माल्दिभ्समा भायाकम १८ आफैंले फुटबल देखाउने व्यवस्था मिलाएको छ।

कुन देशमा कुन कम्पनीले अधिकार प्राप्त गरेको छ सूची हेर्न लिंक खोल्नुहोस

४. नेपालमा अन्य माध्यमबाट फुटबल हेर्न पाइँदैन ?

फिफाले यसपटक टेलिभिजन, रेडियो, मोबाइल र इन्टरनेटमार्फत फुटबलको प्रत्यक्ष प्रशारण ‘जियो लक’ अधिकारसहित बिक्री गरेको छ। अर्थात, जुन माध्यमबाट जुन देशमा देखाउनका लागि जुन कम्पनीले अधिकार प्राप्त गरेको छ, त्यसले त्यही माध्यमबाट त्यही देशमा मात्र फुटबलको प्रत्यक्ष प्रशारण गर्न पाउँछ। त्यसवाहेक अन्य देशमा प्रशारण रोकिन्छ।

जस्तो यसपटक भारतमा भायाकम-१८ ले फुटबलको प्रत्यक्ष प्रशारण टेलिभिजनमा स्पोर्टस-१८ च्यानलमा देखाउँदैछ। त्यो च्यानल भायाकमले प्रत्यक्ष प्रशारणको अधिकार प्राप्त चार देश भारत, भुटान, श्रीलंका र माल्दिभ्सवाहेक अन्य कुनै पनि देशमा सञ्चालन हुँदैन। कहाँसम्म भने नेपालबाट स्पोर्टस-१८ को वेवसाइट  खोल्दा समेत We’re sorry. Our service is currently unavailable in this region. भन्ने सूचना प्राप्त हुन्छ।

५. युट्यूब, फेसबुकजस्ता सामाजिक सञ्जालमा हेर्न पाइन्छ होला नि ?

फिफाले हरेक देशलाई ‘जियो लक’सहितको अधिकार बिक्री गरेको छ। त्यही कारण ती सामाजिक सञ्जालमा कुनै अनुमति प्राप्त संस्थाले फुटबल प्रत्यक्ष प्रशारण देखाएबाहेक अन्य कसैले पनि फुटवलको प्रत्यक्ष प्रशारण गर्न पाउँदैनन् । र, त्यसरी प्रशारण हुने फुटबल सम्वन्धित देशमा मात्रै हेर्न सकिन्छ।

त्यसवाहेक चोरी गरेर, झुक्याएर प्रशारण गरे त्यसलाई सामाजिक सञ्जालको आर्टिफिसियल इन्टिलिजेन्स (एआई)ले तुरुन्तै पत्ता लगाउँछ। यसरी पत्ता लगाएपछि त्यो व्याक्ति वा संस्थाको सामाजिक सञ्जाल बन्द हुने र भविष्यमा उनीहरुलाई ती सञ्जालमा नयाँ दर्ता गर्न समेत रोक लाग्छ। यस्तो चोरी रोक्नका लागि फिफासहित सामाजिक सञ्जालहरुले एआईमा करौडौं डलर लगानी गरेका छन्।

६. पहिले जस्तै भारतीय च्यानलमा आइहाल्छ होला नि ?

फिफाले टेलिभिजन राइट्स बेच्दा टेरिटरी लक गरेको र नेपालमा फुटबलको प्रत्यक्ष प्रशारण गर्ने अधिकार मिडिया हवसँग भएकाले पहिले जस्तै नेपालमा भारतीय च्यानलमा फुटबल हेर्न मिल्ने अवस्था छैन्। त्यसवाहेक भारतमा फुटबलको प्रत्यक्ष प्रशारण अधिकार लिएको भायाकम-१८ को अधिनमा रहेको स्पोर्टस-१८ च्यानल नेपालमा उपलब्ध समेत छैन। भारतमा स्पोर्टस-१८ वाहेक अन्य च्यानलसँग फुटबल प्रत्यक्ष प्रशारणको अधिकार छैन्।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

“सुखीपुर क्याम्पसमा  नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

“सुखीपुर क्याम्पसमा नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

टिकटक/फेसबुक रील भिडियो प्रतियोगिता घोषणा: स्वास्थ्य बीमाबारे जनचेतना बढाउने उद्देश्य ।

टिकटक/फेसबुक रील भिडियो प्रतियोगिता घोषणा: स्वास्थ्य बीमाबारे जनचेतना बढाउने उद्देश्य ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

ताजा समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav