श्री जनता डोमी चौधरी मावि (प्राविधिक ) पोखरभिण्डा पर्सामा सञ्चालन गरिएको भर्ना अभियान २०८३ भव्य रूपमा सम्पन्न भएको छ। झण्डै ४० जना शिक्षक तथा कर्मचारीहरूको सक्रिय सहभागितामा सम्पन्न यस अभियानले समुदायमा शिक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
“हाम्रो सामुदायिक अभिभारा, विद्यालय पुगून् बालबालिका सारा” भन्ने सन्देशमूलक नाराका साथ विद्यालयबाट शुरु भएको भर्ना अभियानको र्याली साविक पोखरभिण्डाका नौवटै वडाका प्रत्येक घरदैलोमा पुगेर विद्यार्थी भर्ना, साक्षरता तथा शिक्षाको आवश्यकता सम्बन्धी जनचेतना फैलाउने कार्य गरिएको थियो।
भर्ना अभियानको ब्यानर तथा प्लेकार्ड सहित विद्यालयबाट सुरु भएको र्याली स्कुलका दाता सूर्यनारायण चौधरीको टोल, कामत टोल, सरकारी टोल, मण्डल टोल, लक्ष्मीपुर पत्तारीका मेयर चतुरानन्द ठाकुरको घर, यादव टोल, सात नम्बर दुर्गा स्थान, लक्ष्मी चौक, तथा वडा कार्यालय हुँदै करिब ५ किलोमिटर लामो यात्रा पूरा गरी पुनः विद्यालयमा आएर समापन गरिएको थियो।
यस अभियानमा प्रधानाध्यापकज्यू सहित सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। यस प्रकारका अभियानले विद्यालय र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउनुका साथै सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ। सबै बालबालिकालाई विद्यालयमा भर्ना गरौं, शिक्षित समाज निर्माणमा हातेमालो गरौं। तस्विरहरु –



















