
जन अधिकार पार्टीका राष्ट्रिय अध्यक्ष शरद सिंह यादवले सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो विकाससम्बन्धी प्रतिबद्धता सार्वजनिक गरेका हुन्।पत्रकार सम्मेलनमा जारी गरिएको प्रतिबद्धता–पत्रमा यादवले क्षेत्रको समग्र विकासलाई प्रमुख प्राथमिकतामा राख्ने बताएका छन्। उनले राजविराज र आसपासका क्षेत्रको ऐतिहासिक, राजनीतिक तथा सामाजिक महत्व उल्लेख गर्दै राजविराज नेपालकै पहिलो योजनाबद्ध सहर भएको दाबीसमेत गरेका छन्।
यादवले शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन र पूर्वाधार विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। उनका प्राथमिकतामा सरकारी अस्पतालको स्तरोन्नति र स्वास्थ्य सेवाको सुधार, धार्मिक तथा पर्यटकीय स्थलहरूको विकास, सीमा क्षेत्रको व्यवस्थापन, कृषि र सिँचाइ प्रणालीको सुधार, गुणस्तरीय शिक्षाको प्रवर्द्धन, पुस्तकालय स्थापना तथा युवाका लागि रोजगारी सिर्जना रहेका छन्।विगतदेखि नै जनताको हक–अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै यादवले जनताको समर्थन प्राप्त भएमा क्षेत्रको दिगो विकासका लागि जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले आगामी निर्वाचनमा आफूलाई मतदान गरी विजयी गराउन मतदातासँग अपिलसमेत गरेका छन्।





© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav
© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav