काठमाडौं । रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार रहेको गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृतक बालकको उमेर करिब ६ वर्ष रहेको जनाइएको छ।
सगिर आलम रौतहट निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। दुर्घटनापछि उम्मेदवार आलम र गाडी चालक घटनास्थलबाट फरार भएको स्थानीयवासीले आरोप लगाएका छन्।
ठक्कर दिएको भनिएको बा १५ च ४२४४ नम्बरको क्रेटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।


















