Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

Dilip Aahir by Dilip Aahir
पुस २५, २०८२
0
हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।
ADVERTISEMENT

अध्यक्ष विनय यादवद्वारा ‘संघीय हिन्दू गणतन्त्र’ निर्माणको स्पष्ट खाका प्रस्तुत
हिन्दू राष्ट्र निर्माण, राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पुनर्जागरणको मूल नारासहित राष्ट्रिय एकता दलको औपचारिक घोषणा सभा आज काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ। विनय यादवको अध्यक्षतामा गठित उक्त दलको घोषणा सभामा दलका नेता डा. श्याम नारायण लाभले दलको औपचारिक घोषणा पत्र तथा प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको थियो।घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष विनय यादवले नेपाल केवल भौगोलिक सीमाभित्र सीमित राष्ट्र नभई हजारौँ वर्ष पुरानो सनातन हिन्दू–बौद्ध सभ्यताबाट निर्मित जीवित राष्ट्र भएको स्पष्ट पार्नुभयो।“ऋषिमुनिहरूको तपस्या, वीर पूर्वजहरूको बलिदान र विविध संस्कृतिको जगमा उभिएको नेपाल आज सांस्कृतिक अतिक्रमण, वैचारिक भ्रम र राष्ट्रिय आत्मविश्वासको संकटबाट गुज्रिरहेको छ,” उहाँले भन्नुभयो।अध्यक्ष यादवले राष्ट्रिय एकता दलको मूल सिद्धान्त ‘संघीय हिन्दू गणतन्त्र’ भएको घोषणा गर्दै शासन प्रणाली पूर्ण लोकतान्त्रिक, समावेशी र जनउत्तरदायी हुने तर राष्ट्रको पहिचान वैदिक सनातन धर्म सापेक्ष रहने स्पष्ट गर्नुभयो।“

हिन्दू राष्ट्र भनेको कसैलाई बहिष्कार गर्ने अवधारणा होइन, यो त सबै धर्म, जाति र समुदायलाई समेट्ने साझा सभ्यताको पहिचान हो,” उहाँले जोड दिनुभयो।उहाँले दलको वैचारिक आधार ‘सांस्कृतिक राष्ट्रवाद’ र ‘एकात्म मानववाद’ रहेको उल्लेख गर्दै राष्ट्र, समाज, व्यक्ति र प्रकृतिलाई एउटै सूत्रमा बाँधेर विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।“जरा काटिएको रुखमा जति पानी हाले पनि फल्दैन। त्यसैले हामी विकाससँगै संस्कृतिको रक्षा गर्न आएका हौँ,” अध्यक्ष यादवले भन्नुभयो।अध्यक्षीय भाषणमा सुशासन, भ्रष्टाचार नियन्त्रण, शक्तिशाली लोकपाल, ई–गभर्नेन्स, नैतिक र प्राविधिक शिक्षा, एकीकृत स्वास्थ्य प्रणाली, कृषिमा बजार ग्यारेन्टी, स्वदेशी उद्योग, जलविद्युत् विकास, रोजगारी सिर्जना र डिजिटल प्रविधिको प्रयोगमार्फत समृद्ध नेपाल निर्माण गर्ने स्पष्ट खाका प्रस्तुत गरिएको थियो।

सभामा शुभकामना मन्तव्य राख्दै नेपाली संस्कृति परिषदका हर्क स्वार, मानव महाशक्तिका संरक्षक विनोद गुरुङ, विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी, दलका केन्द्रीय सदस्यहरू तोयनाथ दाहाल, राकेश यादव, जितेन्द्र दास लगायतले राष्ट्रिय एकता दलको स्थापना राष्ट्रको आवश्यकता भएको बताएका थिए।वक्ताहरूले दलले हिन्दू सभ्यता, राष्ट्रिय एकता, सामाजिक न्याय र स्वाभिमानी परराष्ट्र नीतिको पक्षमा निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरे।घोषणा सभामा देशका विभिन्न भागबाट आएका समर्थक, बुद्धिजीवी, समाजसेवी तथा हिन्दू अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।राष्ट्रिय एकता दलले “यसपटकको भोट — स्वाभिमान र समृद्धिलाई, यसपटकको छाप — तुलसीको मोठलाई” भन्ने नारासहित आगामी दिनमा संगठन विस्तार र जनआन्दोलनलाई तीव्र बनाउने जनाएको छ।

तस्वीरहरु –

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

निधिमाथि दुर्व्यवहारको आक्रोश: जनकपुरधाममा चक्काजाम, कांग्रेस महामन्त्रीको पुतला दहन।

निधिमाथि दुर्व्यवहारको आक्रोश: जनकपुरधाममा चक्काजाम, कांग्रेस महामन्त्रीको पुतला दहन।

ताजा समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav