पुस ५, २०८२, काठमाडौं । मधेशी एकता समाजले शनिबार काठमाडौँमा आयोजना गरेको ‘परिवर्तनशील समय में मधेस (Madhesh in Evolving Time)’ विषयक कार्यक्रम – तमु बौद्ध सेवा समिति, अनामनगर, काठमाडौंमा सम्पन्न भएको छ।
कार्यक्रममा सीके लाल (स्तम्भकार एवं लेखक), डा. सीके राउत (जनमत पार्टीका अध्यक्ष), राकेश मिश्रा (सामाजिक कार्यकर्ता), तुला नारायण शाह (राजनीतिक विश्लेषक एवं लेखक), मनुषी यामी भट्टराई (नेता), आभाष गुरु (अध्येता एवं टिप्पणीकार), शिव यादव (नेता, जेन जेड), मजीद अंसारी (कानुनी विद्यार्थी, जेन जेड), राजेश विद्रोही (नेता एवं दलित अभियान्ता), सरिता साह (निर्देशक एवं फिल्म कलाकार), अरविन्द साह (खल्ती एपका संस्थापक), रञ्जू यादव (कलाकार, मिथिला पेन्टिङ) गरी जम्मा १२ जनाले विचार राख्नुभएको थियो।
जेन जेड विद्रोहपछि उत्पन्न भएको परिस्थितिमा मधेसले साथै सिमान्तकृत समुदायले लिनुपर्ने राजनीतिक दिशातर्फ अधिकांश वक्ताहरूले बोल्नुभएको थियो। Wilsonian settlement, मधेशी राष्ट्रिय चेतना, नेपालमा भएका विभिन्न राष्ट्रियताहरू, जेन जेडहरूले सरकारसँग गरिरहेको र गर्नुपर्ने नेगोसिएसन, संविधानका कमजोरीहरू र तिनले निर्माण गरिरहेको संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताप्रति असन्तुष्टि, निर्वाचन प्रणाली, जेन जेड विद्रोहका उपलब्धिहरू साथै अबको राजनीतिक बाटो जस्ता विभिन्न महत्त्वपूर्ण विषयहरूमा वक्ताहरूले बोल्नुभएको थियो।

कार्यक्रमको सहजीकरणको भूमिका अधिवक्ता आनन्द गुप्ताले निर्वाह गर्नुभएको थियो। कार्यक्रमको सुरुवातमा शिक्षाविद् दीपेन्द्र चौबेले स्वागत मन्तव्य राख्नुभएको थियो भने मधेस एकता समाजका संस्थापक एवं अन्तर्राष्ट्रिय संयोजक डा. रवीन्द्र कुमार यादवले विषय प्रवेश गराउनुभएको थियो। कार्यक्रमको अध्यक्षता समाजको नेपाल च्याप्टरकी संयोजक डा. बोबी सिंह यादवले गर्नुभएको थियो।
तस्वीरहरु –





















