Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

वीरगञ्ज हल्लियो: त्रिशला रेस्टुराँमा काम गर्ने २० वर्षीया युवती झुन्डिएको अवस्थामा मृत, घटना रहस्यमय

Dilip Aahir by Dilip Aahir
मंसिर २९, २०८२
0
वीरगञ्ज हल्लियो: त्रिशला रेस्टुराँमा काम गर्ने २० वर्षीया युवती झुन्डिएको अवस्थामा मृत, घटना रहस्यमय
ADVERTISEMENT

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–१० स्थित पुरानो बसपार्क पछाडि रहेको त्रिशला रेस्टुराँमा कार्यरत २० वर्षीया एक युवती झुन्डिएको अवस्थामा मृत भेटिएकी छन्।

मृतक युवती पर्सागढी नगरपालिका–३, झाब्रा टोलकी सुनिता स्यान्बो भएको प्रहरीले जनाएको छ। उनी त्रिशला रेस्टुराँसँगै जोडिएको मारवाडी सेवा सङ्घद्वारा सञ्चालित धर्मशालाको कोठा नम्बर १०५ मा झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकका अनुसार प्रारम्भिक अनुसन्धानबाट घटना आत्महत्याजस्तो देखिए पनि विस्तृत अनुसन्धान जारी रहेको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारणबारे यकिन गर्न सकिने उनले बताए।

घटनामा संलग्न हुन सक्ने आशङ्कामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। अनुसन्धान प्रक्रियामा रहेको भन्दै उनीहरूको नाम हाल सार्वजनिक नगरिएको एसपी पाठकले जानकारी दिए।

हाल वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा घटनास्थलमा प्रहरी टोली खटिएको छ। टोलीले मुचुल्का उठाउने कार्य गरिरहेको र मृतक युवतीका परिवारका सदस्य आएपछि शवलाई पोस्टमार्टमका लागि पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ।

एसपी पाठकका अनुसार प्रहरी घटनास्थलमा पुग्दा युवतीको शव झुन्डिएको अवस्थाबाट उतारेर खाटमा राखिएको थियो। प्रारम्भिक रूपमा झुन्डिएको देख्ने व्यक्तिहरूले नै शव उतारेर खाटमा राखेको पाइएको र ती व्यक्तिहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको उनले बताए।

घटनास्थलमा पुगेका वीरगञ्ज महानगरपालिका–१० का वडा सदस्य सन्तोष जैसीले पनि आफू पुग्दा शव खाटमा राखिएको अवस्थामा भेटिएको बताएका छन्। सामान्यतया जनप्रतिनिधिको उपस्थितिमा फोटो खिचेर मात्र शव उतार्ने प्रक्रिया भए पनि यस घटनामा जनप्रतिनिधि नपुग्दै शव उतारिएको उनले बताए। घटनाबारे प्रश्न उठाउँदा प्रहरीबाट दुर्व्यवहार भएको दाबीसमेत उनले गरेका छन्।

त्रिशला रेस्टुराँ स्थानीय युवा अनमोल कुमारद्वारा सञ्चालित रहेको छ। स्रोतका अनुसार रेस्टुराँ सञ्चालक अनमोल कुमारलाई पनि शङ्काको घेरामा राखेर अनुसन्धान भइरहेको छ, तर हालसम्म उनलाई पक्राउ गरिएको छैन।

घटनाको प्रकृति रहस्यमय देखिएको र प्रहरी तथा स्थानीय तहबाट आएका विवरणमा केही अस्पष्टता रहेकाले अनुसन्धानलाई अझ गम्भीरतापूर्वक अघि बढाउनुपर्ने देखिन्छ। प्रहरीले पोस्टमार्टम रिपोर्ट तथा थप प्रमाणका आधारमा घटनाको यथार्थ सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।साभार – यात्रा डेली डटकम बाट ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav