काठमाडौं, १० कार्तिक — भारतको बिहार प्रदेशमा कात्तिक २० र २५ गते (नोभेम्बर ६ र ११) मा हुने चुनाव आगामी निर्वाचनका लागि महागठबन्धनले बड़ा घोषणा गरेको छ। महागठबन्धनले राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवलाई बिहारको मुख्यमन्त्रीको उम्मेदवार चयन गरेको हो।
पत्रकार सम्मेलनमार्फत, कांग्रेस (आइ), राजद, भारतीय कम्युनिस्ट पार्टी लगायत सात दलले संयुक्त रुपमा तेजस्वी यादवलाई बिहारको मुख्यमन्त्री बनाउने घोषणा गरेका छन्।
कांग्रेसका नेता अशोक गहलोतले पत्रकार सम्मेलनमा भने, “यदि महागठबन्धनको सरकार गठन हुन्छ भने, तेजस्वी यादव नै मुख्यमन्त्री हुनेछन्। साथै, मुकेश सहनीलाई उपमुख्यमन्त्री बनाइएको छ र अन्य उपमुख्यमन्त्रीहरू पिछडिएका समुदायबाट चयन गरिनेछ।”
गहलोतले थपे, “तेजस्वी यादव हाम्रो नेता हुनुहुन्छ र उहाँ मुख्यमन्त्रीका उम्मेदवार। एनडीएको तर्फबाट पनि यसको औपचारिक घोषणा हुन आवश्यक छ।”
उनले आफ्नो नेतृत्वमा आएको सरकारले हरेक घरमा एक जना सरकारी जागिर सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
सञ्चार माध्यमहरूले बताए अनुसार, पत्रकार सम्मेलनमा कांग्रेस, राजद, भीआईपीसहित सात दलका १४ जना नेताहरू सहभागी थिए।
सबै दलका नेताहरूलाई बोल्ने मौका दिइएको थियो र आफ्नो भाषणमा सबैले महागठबन्धनको एकताका पक्षमा कुरा गरेका थिए।


















