बारा – बाराको परवानीपुर गाउँपालिका–५, रामपुरमा जेहादी आतंकवाद बिरुद्धको जनजागरण अभियान अन्तर्गत राष्ट्रिय एकता अभियानले भेला सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख वक्ता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले मधेश प्रदेशमा बढ्दो जेहादी गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने आवश्यकता औंल्याए। उनले विश्वशान्तिका लागि हिन्दू दर्शनको विश्वव्यापी प्रचार–प्रसार अपरिहार्य भएको बताउँदै, राष्ट्रिय एकता अभियानले यही अभियानलाई अघि बढाइरहेको उल्लेख गरे।
त्यसैगरी समाजसेवी एवं हाड–जोरनी विशेषज्ञ डा. अजय यादवले नेपालका राजनीतिक दलहरूले सनातन संस्कृति र मूल्यप्रति देखाएको उदासीनताका कारण देशमा जेहादी घुसपैठ बढ्दै गएको बताए। उनले हिन्दुत्वको संरक्षणमा नागरिक सचेतना आवश्यक रहेको जोड दिए।


















