महोत्तरी, ९ भदौ ।
मधेश प्रदेशमा पछिल्लो समय विद्यालय स्तरमै शैक्षिक सुधारका प्रयास तीव्र बन्दै गएका छन् । लोहरपट्टी नगरपालिका–१, बगडा (महोत्तरी) मा अवस्थित श्री रामवती जगदेव जनता प्राविधिक नमुना माध्यमिक विद्यालयले हालै प्रथम त्रैमासिक परीक्षा २०८२ को नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि त्यस नगरपालिका शिक्षा संयोजक श्री शुसिल कुमार यादव त्यस विद्यालयका प्रधानाध्यापक श्याम सुन्दर यादव लगायत ,सुनिल कुमार यादव, मनमोहन झा, प्रदिप यादव , जामुन मण्डल तथा प्राविधिक धारतर्फ ई. अशोक साह, ई. सुनिल कुमार यादव सहित ३० जना शिक्षकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।

यस विद्यालयका कक्षा ६ देखि १० सम्म तथा प्राविधिक धार सिभिलमा कक्षा ९ र १० गरी सात वटै कक्षावाट प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने २१ जना र विद्यालय प्रथम गर्ने विद्यार्थी सहित २२ जना विद्यार्थी पुरस्कृत गरिएको छ ।विद्यालयमा आयोजित कार्यक्रममा सयौं विद्यार्थीको सहभागिता देखिएको थियो । विद्यार्थीहरू आ–आफ्ना कक्षागत नतिजा लिन उत्साहित देखिन्थे भने उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई पुरस्कृत पनि गरिएको विद्यालयले जनाएको छ । यस बर्ष बिधार्थीहरुलाई ग्रेडसिट बितरण गरिएको छ र बाँकी रहेको ग्रड सिटहरु अभिभाबक भेला गरी बितरण गरिने कुरा स्कुलका प्र. अ. श्याम सुन्दर यादबले जानकारी दिनु भयो । यसले विद्यार्थीमा थप उत्साह र प्रतिस्पर्धा जागृत गर्ने विश्वास लिइएको छ ।
मधेश प्रदेशका ग्रामीण भेगका विद्यालयहरूमा विगतमा पूर्वाधार, शिक्षकको कमी, र शैक्षिक गुणस्तरसम्बन्धी चुनौती रहँदै आएको भए पनि पछिल्लो समय समुदायको सक्रियता र अभिभावकको चासोले सकारात्मक परिवर्तन देखिन थालेको छ । यस विद्यालयमा भएको गतिविधि त्यसको उदाहरण मानिएको छ ।विद्यालय प्रशासनका अनुसार नियमित परीक्षा प्रणाली, नतिजा प्रकाशनमा पारदर्शिता, र उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने संस्कृतिले शैक्षिक स्तरमा सुधार ल्याउने लक्ष्य लिएको छ । यस किसिमका कार्यक्रमहरूले विद्यार्थी मात्र नभई अभिभावक र शिक्षकलाई समेत शिक्षाप्रतिको प्रतिबद्धता बलियो बनाउने अपेक्षा गरिएको छ ।

शिक्षाविद्हरूको भनाइमा, मधेशमा शिक्षाको गुणस्तर अझै सुधार गर्न प्राविधिक शिक्षा, जीवनोपयोगी सीप, र प्रायोगिक ज्ञानमा जोड दिनुपर्ने आवश्यकता छ । तर यस्ता विद्यालयगत पहलहरूले “गाउँमै गुणस्तरीय शिक्षा” भन्ने अवधारणा साकार गर्ने दिशामा महत्त्वपूर्ण योगदान पुर्याइरहेका छन् । गाँउको सामुदायिक विद्यालय भएपनि प्रत्येक वर्ष नया-नयाँ कार्यक्रम जस्तै Science Exhibition, Environmenal day, welcome programme, farewell programme र हामी अहिलेसम्म १२० सिभिल ओभरसियर उत्पादन गरिसकेको र पढाई लिखाई राम्रो गर्दै आइरेहेको कुरा यस विद्यालयका प्राविधिक शिक्षक ई. सुनिल कुमार यादवले जानकरी दिए ।


















