Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

धनगढीमाईमा लागूऔषध नियन्त्रण तथा सेवा प्रवाह विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

Dilip Aahir by Dilip Aahir
बैशाख २३, २०८२
0
धनगढीमाईमा लागूऔषध नियन्त्रण तथा सेवा प्रवाह विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न
ADVERTISEMENT

 वैशाख २३   , जिल्ला प्रशासन कार्यालय सिरहाको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय सिरहाको समन्वय र धन्गढीमाई नगरपालिकाको सहजीकरणमा “लागूऔषध नियन्त्रण तथा सेवा प्रवाहसम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम” सम्पन्न भएको छ। उक्त कार्यक्रम धन्गढीमाई नगरपालिका कार्यालयमा आयोजना गरिएको थियो, जसमा सरोकारवाला निकायका प्रमुख प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता र सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन देवनन्दन ठाकुरले गर्नु भएको थियो भने प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो। प्रमुख अतिथिका रूपमा धन्गढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतो सहभागी हुनु भयो। यस्तै, विशिष्ट अतिथिका रूपमा धनगढ़ीमाई नगरपालिकाका उप-प्रमुख संगीता कुमारी चौधरीको उपस्थिति रहेको थियो। कार्यक्रममा अनन्तराज शर्मा तथा धनगढ़ीमाई नगरपालिकाका सम्पूर्ण वडा अध्यक्षहरू अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा विभिन्न वक्ताहरूले लागूऔषधको दुरुपयोगले समुदायमा पारेको असरबारे गम्भीर चिन्ता व्यक्त गरे। प्रमुख अतिथि महतोले युवामाझ बढ्दो लागूऔषधको प्रयोगले समाजलाई नै विकृत बनाउँदै लगेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि स्थानीय तह, प्रहरी, विद्यालय, अभिभावक र समुदायबीच सशक्त सहकार्यको आवश्यकता औंल्याए। उहाँले नगरपालिकाले लागूऔषधविरुद्ध सचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराउँदै आगामी दिनमा अझ प्रभावकारी रूपमा यस अभियानलाई अघि बढाइने प्रतिबद्धता जनाउनुभयो। प्रमुख जिल्ला अधिकारी अर्यालले सरकारले लागूऔषध नियन्त्रणको लागि विभिन्न नीति तथा कार्यक्रम अघि सारेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह र समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। उहाँले स्थानीय स्तरमै लागुऔषधको आपूर्ति श्रृंखला रोक्न सकिने भएकाले गाउँगाउँमा निगरानी संयन्त्र बलियो बनाउनु पर्ने धारणा राख्नुभयो।

उप-प्रमुख संगीता चौधरीले युवालाई नशा मुक्त बनाउने कामलाई समाज परिवर्तनको अभियानका रूपमा लिनुपर्ने बताउँदै विद्यालय र क्याम्पस स्तरमै सचेतना कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो। अन्य वक्ताहरूले सेवा प्रवाहमा देखिएका चुनौतीहरू, पुनर्स्थापना केन्द्रहरूको आवश्यकता, लागूऔषध सेवन गर्ने व्यक्तिको उपचार र पुनः सामाजिक एकीकरणका उपायबारे पनि धारणा राखेका थिए। साथै, उनीहरूले लागूऔषध नियन्त्रणका लागि कानूनी पक्ष, अभिभावकीय भूमिका, शैक्षिक संस्थाको उत्तरदायित्व र सुरक्षाकर्मीहरूको सक्रियतालाई एकसाथ जोड्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागीहरूले समुदायलाई लक्षित सचेतनामूलक कार्यक्रम, विद्यालयस्तरीय शिक्षण सामाग्री, आमसञ्चारमार्फत सन्देश प्रवाह, पुनःस्थापना सेवाहरूको विस्तार र लागूऔषध कारोबारीमाथि कडाइ गर्ने विषयमा सहमति व्यक्त गरेका थिए। कार्यक्रमको समापनमा आयोजक कार्यालयका प्रतिनिधिले सबै सरोकारवाला निकायबीच समन्वय गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

“सुखीपुर क्याम्पसमा  नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

“सुखीपुर क्याम्पसमा नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

ताजा समाचार

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav