सुखीपुर ( सिरहा) / सिरहाकाे सुखीपुर नगरपालिका वडा नम्बर ६ स्थित रहेकाे अधारभूत विद्यालयको २ कोठे भवनको शिलान्यास गरिएको छ ।
आज सोमबार एक कार्यक्रम विच सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवकाे प्रमुख आतिथ्यमा २ काेठे भवन शिलान्यास भएकाे छ ।
Stirt Child of Nepal काे आर्थिक सहयोग बन्न लागेकाे विद्यालयको नयाँ भवनको शिलान्यास गर्दै नगर प्रमुख यादवले यादवले “हाम्रो प्राथमिकता भनेको विद्यार्थिहरूलाई उच्च गुणस्तरीय शिक्षा प्रदान गर्नु हो। यो नयाँ भवनले विद्यालयमा थप कक्षाकोठा र सुविधाहरू प्रदान गर्नेछ, जसले विद्यार्थीलाइ शान्तिपूर्ण र आधुनिक शिक्षाका अवसरहरू दिने नगर प्रमुख यादवले भन्नुभयाे ।
विद्यालयको प्रधानाध्यापक घनश्याम यादव लगायतका व्यक्तिहरूले यस शिलान्यासको महत्त्व र यसका दीर्घकालीन प्रभावहरूमा विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा यो भवन विद्यालयको समग्र विकास र शैक्षिक गुणस्तरमा योगदान पुर्याउने बताउनुभयाे ।


















