Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मधेस आन्दोलनको इतिहास -आभास गुरु

Dilip Aahir by Dilip Aahir
माघ ५, २०८१
0
मधेस आन्दोलनको इतिहास -आभास गुरु
ADVERTISEMENT

मधेशको ईतिहासको कुरा गर्दा शाब्दिक अर्थ बाट शुरु गर्नु पर्छ । मधेस संस्कृत शब्द मध्यदेश या पाली शब्द मझिम् देशको विकशित रूप हो। जसको अर्थ बीचको भूमि भन्ने हुन्छ। बाबुराम आचार्यजस्ता नेपाली इतिहासकारले समेत मधेसलाई मध्यदेशको अपभ्रंश मान्ने गर्दछन्।भारत उपमाहादेशको बीचमा अवस्थित भएको हुनाले प्राचिन ग्रन्थहरूमा यसलाई मध्यदेश वा मझिम् देश भन्ने गरेको पाइन्छ र मध्यदेशको वर्णन मनुस्मृति, क्रिकांडशेस, अबिधन चिन्तामणि, अमरकोश, महाभारत, कथा सतिसागर ,राजतरंगिनीजस्ता अनेकौँ धार्मिक ग्रन्थ र साहित्यहरूमा पाइन्छ ।

मनुस्मृतिमा मध्य देशको सीमा निम्न प्रकारले गरिएको छ। हिमालय देखि लिएर बिन्ध्य पर्वतको बीचसम्म तथा पूर्वमा प्रयाग र पश्चिममा बिनासन सरस्वती नदीसम्म फैलिएको भूभाग नै मध्यदेश हो।

संसारमा मानवको उत्पति, विकास र सभ्यताको क्रम सँगसँगै मधेसमा पनि मानव सभ्यताको विकास भएको देखिन्छ। मधेसको बुटवल क्षेत्रमा करिब १ करोड १० लाख वर्ष पुरानो मानव समप्राणी रामापिथेकस भनिने आदि मानावको दाँत भेटिएको छ। जुन अहिले पनि काठमाडौंको संग्रहालयमा राखिएको छ।

त्यसैगरी विभिन्न कालखण्डमा दाङदेखि मोरङमा भेटिएको जीवश्म, हातहतियारले पनि मानव उद्भव र विकासको प्राचीनतालाई दर्शाउँछ। यसै क्रममा मानव विकास जंगली र बर्बर युग हुँदै सभ्य युगतिर आगाडि बढे र गण एवम् कबिला बेवस्थालाई पार गर्दै मधेसमा राज्य व्यवस्थाको विकास भएको देखिन्छ।

१८ औँ सताब्दीतिर प्रतिवर्ष २ लाख रुपियाँ भुक्तान गरेको बदलामा सन् १८१६ मा अंग्रेजहरूले मधेसको पूर्वी भूभाग नेपालका राजालाई दान गरिदिए। त्यसै गरी भारतमा सन् १८५७ मा भएको सिपाही विद्रोहलाई दबाउनका लागि नेपालका राजा द्वारा अंग्रेजलाई गरिएको सैन्य सहयोगको बदलामा उपहारस्वरूप सन् १८६० मा अंग्रेजहरूले पश्चिम मधेसको भूभाग नेपालका राजालाई दिए।

तत्पस्चात् मधेसलाई आन्तरिक उपनिवेशीकरण गर्ने दुष्प्रयास नेपालका राजाहरूद्वारा आरम्भ गरियो। मधेसलाई उपनिवेशका रूपमा राखेकै कारण राणाकालदेखि नै मधेसी समदायका लागि नरेन्द्रमणिजस्ता मधेसीे आवाज उठाउन सुरु गरिसकेका थिए।

उनले सन् १९४८ सालमा राणा प्रधानमन्त्री पद्म शमशेरलाई संवैधानिक सुधारका लागि लिखित सुझाव दिएका थिए । जसमा उनले मधेसी जनतामाथि भइरहेको भेदभावलाई अन्त्य गर्न सुझाएका थिए।

त्यसअघि नै सन् १९३५ मा जनकपुरको पापमोचनीमा पण्डित रामाकान्त झाको नेतृत्वमा मधेसका २२ युवाले आआफ्नो रगतले हस्ताक्षर गरी राणाशासन अन्त्यका लागि शपथ लिएका थिए।

पछि पण्डित झाले राणा शासन विरोधी आन्दोलन तथा शपथलाई बीपी कोइरालाको समक्ष लगेर बिसाए र कांग्रेस पार्टीको सदस्यता लिएर महोत्तरी जिल्लाको अध्यक्ष भए।

२००७ शालमा प्रजातन्त्र आयो तर बिपीले मधेसी जनताहरूलाई दिएका अश्वासन पूरा भएन। मधेसीहरू पहिलोपटक ठगिएको थियो। २००८ सालमा कुलानन्द झा र बलदेव दास यादवको नेतृत्वमा तराई कांग्रेस पार्टीको गठन भयो। जसको मुख्य उद्देश्य स्वायत्त तराई राज्यको स्थापना, नागरिक सेवामा मधेसीहरूको उचित प्रतिनिधित्व साथै सेनामा पृथक तराई रेजजमन्टे खडा गर्ने थियो।

त्यसपछि नै मधेसीहरूले आफ्नो हकअधिकारका लागि आफ्नो ज्यानको आहुति दिनसमेत तयार भए। नेपाली राजनीतिको विकास सँगसँगै २००९ सालमा किसानहरू माथि भएको अन्याय अत्याचारको विरुद्ध आन्दोलनको शंखनाद भयो । सो आन्दोलनलाई दबाउनका लागि राज्यले गोली बर्सायो जुन गोली लागेर रौतहटको आसार्फी साह सहिद भए ।

यही आन्दोलनको क्रममा २०११ सालमा सिराहाको बहादुर सदा र बाराको मुंगालाल महतोले पनि सहादत प्राप्त गरे। २०१४ सालमा सप्तरीको अघोरी यादवले आफ्नो प्राणको आहुती दिए।

यस्तै, विसं २०१७ को राजा महेन्द्रको कु पश्चात् देशमा पञ्चायती व्यवस्था लागु भयो। केही अवधिपछि राजा महेन्द्रप पूर्वी मधेस भ्रमणको सिलसिलामा जनकपुर पुगेका बेला, तानासाही शासन लागु गरेको भन्दै जनकपुरका १८ वर्षे युवा दुर्गानन्द झाले राजा महेन्द्रमाथि बम प्रहार गरेका थिए। तर, बमले राजा महेन्द्र चढेको गाडीको केही भागमा क्षति मात्र भयो ।

कुनै किसिमको मानवीय क्षति भने भएन र राजा महेन्द्रमाथि बम प्रहार गरेका कारणले दुर्गानन्द झालाई फाँसी दिइयो जबकि, त्यतिबेला महिला र ब्राह्मणलाई फाँसी दिने गरिँदैन थियो । दुर्गानन्द झा मधेसी ब्राम्ह्ण भएकै कारणले कानुन संशोधन गरेरै भए पनि उनलाई फाँसी दिइयो।

विसं २०१८ सालमा पञ्चायत शासनको विरुद्ध कांग्रेसले दोस्रो सशस्त्र संघर्ष शुरू गर्‍यो। जसमा प्रहरीको गोली लागि बुध सिंह राना, गणेश राउत कुर्मी, रामविलाश राय, सुलेमान मिया, सिवचन्द्र मिश्र, जलिल मिया, गोपाल झा, परिक्छन ठाकुर लोहार, मोह साह कानु ,रामचन्द्र महतो कोइरी, सुखारी हाजर, सुखदेव सिंहजस्ता सयौँ मधेसीहरूले आफ्नो ज्यानको बलीदानी दिए।

फेरि २०४६ को आन्दोलनमा आफ्नो ज्यानको आहुती दिए जसको कारणले देशमा बहुदल पनि आयो । तर, मधेस र मधेसीलाई राज्य सञ्चालनमा खासै स्पेस दिएन। पञ्चायती व्यवस्था विरुद्ध मधेसी युवाहरू जोडदार आवाज उठाउँदा आफ्नो ज्यानको बलिदानी दिँदासमेत मधेसीहरूलाई उपेक्षित भएर नै बस्नु परेको थियो।

युवाहरूमा एक किसिमको ह्रासको मनोविज्ञान तयार हुन पुग्यो । केही वर्षपछि मावोवादीले सर्वहारा वर्गको मुक्ति र एक किसिमको पहिचान र सक्ताको आन्दोलनको रूपमा सुरुवात गरे। निराश भएर बसेका मधेसी युवाहरूमा फेरि एकपल्ट तात्यो र सशस्त्र संघहर्षमा पूर्ण रूपमा होमियो। जसको काराणले धनुषाका एकै परिवारका ५ जनाले साहदात प्राप्त गरे।

हजारौँ मधेसीहरू आफ्नो ज्यानको बलिदानी दिए। माओवादीले सत्ताको सपना पूरा गराउन सफल भएन । अन्तरिम संविधान २०६३ मा संघियता शब्द उल्लेख बिना नै माओवादीले उक्त संविधानमा हस्ताक्षर गरी स्वीकार गर्‍यो । मधेसी जनतालाई एक पल्ट फेरि ठगिएको अनुभूति भयो।

माघ १ गते अन्तरिम संविधान घोषणा भयो। त्यसमा संघीयता र स्वायत्तता कहीँ कतै उल्लेख थिएन। त्यससको भोलिपल्टै मधेसी जनाधिकार फोरमका अध्यक्ष उपन्द्रे यादवको नेतृत्वमा माइतिघर मण्डलामा अन्तरिम संविधान जलाइयो।

संविधान जलाएपछि उपेन्द्र यादवलगायत २८ जनालाई प्रहरीले गिरफ्तार गर्‍यो। अन्तरिम संविधान जलाएको कसुरमा मुलुकी ऐन अदालती बन्दोबस्त १२१ अनुसार थुनुवा पुर्जी दिइयो।

अध्यक्ष यादवलाई प्रहरीले गिरफ्तार गरेको भन्दै फोरमले माघ २ गते देखि ५ गतेसम्म मधेस बन्दको आह्वान ग¥यो । माघ ५ गते माओबादी नेता राम कार्की र मात्रिका यादव सवार गाडी लाहान बजार पुग्यो।

बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरूले माओवादी नेता सवार गाडी रोक्न खोज्दा दुवै पक्षबीच झडप भयो । विद्यार्थी रमेश महतोको मृत्यु भयो । तत्पचात् माघ ६ गते पूरै मधेसमा आन्दोलम आगो झैँ फैलियो र पचासभन्दा बढी मधेसी युवाहरूले आफ्नो ज्यानको बलिदानी दिए।

मधेस आन्दोलन दोस्रो, तेस्रोमा पनि सयौँ मधेसीहरूले ज्यानको आहुती दिए। मधेसमा मधेसको लागि धेरैले बलिदानी दिए पनि कालान्तरमा माघ ५ गते बलिदानी दिवसको रूपमा मनाउन थालेका छन्।

राणा शासन अन्त्य भयो। पञ्चायत अन्त्य भयो। राजतन्त्र अन्त भयो । सात दसकमा सात ओटा संविधान जारी भयो। मधेसमा यतिका सङ्घर्ष भयो। मधेसले हजारौं बलिदानी दिए तापनि सामान्य उपलब्धिबाहेक मधेसले धेरै कुरा पाएन। मधेसीले न्याय पाएनन्।

राज्यको औपनिवेशिक चरित्र मधेसमा आज पनि कायम रहेको छ । मधेसको अवाजलाई आज पनि यो राज्यले बन्दुकको नालले दबाउन प्रयास गर्दैछ। भीड नियन्त्रण गर्ने नाउँमा मधेसी युवाहरूको राज्यले गैर न्यायिक हत्या गर्दै आइरहेको छ।

जसको पछिल्लो उदाहरण बाराको सिम्रौनगढ नगरपालिका निवासी लक्ष्मी मुखियाको मंसिर २७ गते, पुष ६ हाते धनुषा हंसपुरका दीपनारायण मण्डलको हत्या, पुष २० गते सर्लाहीको बरहथवामा जयशंकर साहको हत्या भएको छ।

राज्य सञ्चालकहरूले के बुझ्न आवश्यक छ भने मधेसमाथि दमनकारी नीतिको निरन्तरता र औपनिवेशिक चरित्रको उद्दण्डता कायम नै राख्यो भने आउने दिनमा आन्दोलनले अर्को बाटो लिनसक्छ र राष्ट्रिय दायराभन्दा बाहिर पनि ननिस्किन सक्छ। त्यतिबेला चाहेर पनि केही गर्न नसकिने आवस्था आउन सक्छ।  साभार – न्युज अफ नेपाल डटकम बाट

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

धनुषामा १९ वर्षीय सुमित मण्डलको घाँटी रेटेर हत्या, खेतमा शव फेला ।

धनुषामा १९ वर्षीय सुमित मण्डलको घाँटी रेटेर हत्या, खेतमा शव फेला ।

इन्जिनियर प्रमोद यादव हत्याकाण्डबारे निष्पक्ष अनुसन्धानको माग गर्दै दबाबमूलक कार्यक्रम आयोजना।

इन्जिनियर प्रमोद यादव हत्याकाण्डबारे निष्पक्ष अनुसन्धानको माग गर्दै दबाबमूलक कार्यक्रम आयोजना।

सर्लाहीमा सब-इन्जिनियर प्रमोद यादवको हत्या : शोकमा डुबेको परिवार न्यायको प्रतीक्षामा ।

सर्लाहीमा सब-इन्जिनियर प्रमोद यादवको हत्या : शोकमा डुबेको परिवार न्यायको प्रतीक्षामा ।

उपेन्द्र यादवको दाबी: नेपालमा राजतन्त्र असम्भव, संघीय गणतन्त्र सुदृढ बनाउनु जरुरी ।

उपेन्द्र यादवको दाबी: नेपालमा राजतन्त्र असम्भव, संघीय गणतन्त्र सुदृढ बनाउनु जरुरी ।

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

ताजा समाचार

धनुषामा १९ वर्षीय सुमित मण्डलको घाँटी रेटेर हत्या, खेतमा शव फेला ।

धनुषामा १९ वर्षीय सुमित मण्डलको घाँटी रेटेर हत्या, खेतमा शव फेला ।

इन्जिनियर प्रमोद यादव हत्याकाण्डबारे निष्पक्ष अनुसन्धानको माग गर्दै दबाबमूलक कार्यक्रम आयोजना।

इन्जिनियर प्रमोद यादव हत्याकाण्डबारे निष्पक्ष अनुसन्धानको माग गर्दै दबाबमूलक कार्यक्रम आयोजना।

सर्लाहीमा सब-इन्जिनियर प्रमोद यादवको हत्या : शोकमा डुबेको परिवार न्यायको प्रतीक्षामा ।

सर्लाहीमा सब-इन्जिनियर प्रमोद यादवको हत्या : शोकमा डुबेको परिवार न्यायको प्रतीक्षामा ।

उपेन्द्र यादवको दाबी: नेपालमा राजतन्त्र असम्भव, संघीय गणतन्त्र सुदृढ बनाउनु जरुरी ।

उपेन्द्र यादवको दाबी: नेपालमा राजतन्त्र असम्भव, संघीय गणतन्त्र सुदृढ बनाउनु जरुरी ।

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav