धनुषामा केही बेर अगाडी मात्र कार र मोटरसाईकल एक आपसमा जुध्दा एक जना युवकको घटनास्थलमै मृत्यू भएको छ । सोही घटनामा एक युवक गम्भिर घाइते भएका छन् ।
धनुषाको शहिदनगर नगरपालिकाको सदरमुकाम यदुकूहा र सबैला नगरपालिका वडा नं. १० सिमराढीको बीचमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बीरेन्द्रबजार–यदुकूहा सडकखण्डमा पर्ने भठिहनभन्दा दक्षिण सिमराढी र यदूकूहाकोबीचमा दुर्घटना भएको हो ।
सबैलातर्फबाट यदूकुहातर्फ जाँदै गरेको बागमती प्रदेश ०१ ०२७ च ८२२९ नम्बरको कारमा यदुकूहादेखि सबैलातर्फ गइरहेको ज ११ प ७७९६ नम्बरको एफ जेड मोटरसाइकलले कारको दाहिने भागमा ठोक्किदा उक्त दुर्घटना भएको हो।

मोटरसाइकलमा सवार अमन कुमार साहको घटनास्थलमै मृत्यु भएको तथा आकाश कुमार जायसवालको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय सवैलाका प्रहरी निरीक्षक दिपक क्षेत्री महतले बताए।
गम्भीर घाइते आकाश जयसवाल र मृत अमनको सवलाई प्रादेशिक अस्पताल जनकपुर लगिएको हो।
घटनामा संलग्न कारको चालक र कारलाई प्रहरीले नियन्त्रणमा लिएका हुन्। साभार- ईन्युजब्युरोडटकम बाट


















