जय ट्रफी पुरुष इलाइट कप २०८१ को दोस्रो दिन सोमबार हुँदैछ ।
जनकपुरमा जारी वाग्मती र मधेसबीचको खेलमा मधेसका मायन यादवले शतक प्रहार गर्दै इतिहास रच्दै जय ट्रफीमा यो कोसेढुंगा बनाउने पहिलो खेलाडी बनेका छन् । मायनले आफ्नो इनिङ्समा १२ चौका र २ छक्का प्रहार गर्दै १०२ बल खेले। उल्लेखनीय छ, उनले यसअघि प्रधानमन्त्री कपमा सुदूरपश्चिमविरुद्ध पनि शतक बनाएका थिए ।
अहिलेसम्म ब्याटिङ गरेको मधेश प्रदेशले ३४ ओभरमा ५ विकेट गुमाएर १७६ रन बनाएर १२८ रनको अग्रता लिएको छ ।


















