सिरहा , सुखिपुर नगरपालिका अन्तर्गत वडा नं २ जना छजनामा हिजो सम्पन्न आँखा शिबिरमा ३०० जना बिरामी हरुको निशुल्क आँखा परिक्षण भएको छ । सुखिपुर युवा सञ्जाल जुन कि सुखिपुर नगरपालिका भित्रका स्वतन्त्र युवाहरुको एउटा समुह हो , यस समुहले समाजमा फैलिएका बिक्रिति बिसंगति , कुरीति , भ्रष्टाचारहरुको बिरुद्ध सशक्त रुपमा आवाज उठाउदै आएको छ । यसै क्रममा हिजो मिति २०८१ -०८ -२९ गतेका दिन क्ष्री रामजानकी मा .वि. छजनाको प्रांगणमा बिहान ९ बजे देखी साँझ ५ बजे सम्म आँखा शविर सञ्चालन भयो शिबिरमा सुखिपुर नगरपालिका अन्तर्गतका वडा नं , १ , ९ , २, ३ , र ८ का बिरामीहरुले निशुल्क आँखा परीक्षण गराए ।
शिबिरका सञ्चालक शिव यादवका अनुसार ३०० जना बिरामीहरुले निशुल्क जाँच गराए , औषधी लिए र २०० भन्दा बढि व्यक्तिहरुले चस्मा किने जस्मा २०% छुट दिईएको थियो , र ७५ जना जति मोतिया बिन्दुको बिरामी फेला परे वहा हरुलाई पुष ४ गते कर्जन्हाको फुलकुमारी देवी मेमोरियल अस्पतालमा मोतियाबिन्दको अपरेसन गरिनेछ , जस्को लागि टोल टोलमा पायक पर्ने ठाँउ बाट बसमा बिरामी हरुलाई चढाएर अस्पताल लगिने कुरा सुखिपुर युवा सञ्जालका अध्यक्ष शिव यादवले जानकारी दिए । शिविरलाई सफल बनाउन स्थानीय युवाहरु सबै दलका नेताहरु , बुद्धिजीवि , वडाध्यक्षहरु द्वय हरि नारायण यादव र हरेराम यादवले सक्दो सहयोग गरे ।
तस्वीरहरु –





















