Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

अवैद्य सम्बन्धको कारण महिलाको हत्या, अनुहार जलाइएको अवस्थामा फेला

Dilip Aahir by Dilip Aahir
कार्तिक १४, २०८१
0
अवैद्य सम्बन्धको कारण महिलाको हत्या, अनुहार जलाइएको अवस्थामा फेला
ADVERTISEMENT

जनकपुरधाम । श्रीमान बाहेक अन्य पुरुषसँगको अवैद्य सम्बन्धको कारण एक महिलाको हत्या भएको खुलेको छ ।

महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा हत्या गरिएको एक जना महिलाको शव प्रहरीले सोमवार बरामद गरेको हो । पिपरा गाउँपालिकाको वडा नम्बर ७ स्थित दनौलीको चौरीमा रहेको अशोक ठाकुरको आँप बगैंचामा अनुहार जलेको अवस्थामा प्रहरीले महिलाको शव बरामद गरेको छ ।

महोत्तरीका प्रहरी उपरीक्षक नकुल पोखरेलले जनाए अनुसार महिला विवाहित रहेको र कम्तीमा एकजना सन्तान भएको हुनुपर्ने प्राथमिक अनुसन्धानमा देखिएको छ । मृतक महिलाको पहिचान खुल्न नसकेको बताउँदै उनले २५–३० वर्ष उमेर रहेको अनुमान गरिएको उनले बताए । खेतबारी तर्फ गएका स्थानीय वासिन्दाहरुले आँपको बगैँचामा शव हेरेपछि प्रहरीलाई जानकारी गराइएको थियो ।

विहान करिब साढे ८ बजे सुचना प्राप्त भए लगतै घटनास्थलमा प्रहरी पुगेको प्रहरी उपरीक्षक पोखरेलले बताए । ‘महिलाको सलले घाँटी थिचेर हत्या गरिएको देखिन्छ’ उनले भने, ‘त्यही सल अनुहारमा राखेर जलाइएकोले केही भाग जलेको हो ।’ महिलाले हल्का पहेलो रंगको कुर्ता लगाएकी छन् । प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या गरिएको स्थान भन्दा केही पर घिसारेर लगिएको देखिन्छ । त्यसपछि महिलाको अनुहारमा सल राखेर आगो लगाइएको छ ।

घटनास्थलको प्रकृति अनुसार महिला र हत्यामा संलग्न व्यक्ति सहमतिमै आँपको बगैँचासम्म पुगेको देखिन्छ । शव फेला परेको स्थल भन्दा केही पर उनीहरुले सहमतिमै केही समय बिताएको हुन सक्ने अनुमान गरिएको छ । तर पछि केही विषयमा असहमति भएर हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । महिलालाई पहिले देखि नै हत्या गर्ने उदेश्यले ललाइफकाइ त्यहाँ सम्म लगेको हुन सक्ने अनुमान पनि छ । घटनास्थलमा पुगेका चिकित्सकको अनुमान अनुसार मध्यराति पछि हत्या भएको हुन सक्छ ।

घटनास्थल सम्म हत्यारा र महिला मोटरसाइकलमा पुगेको अनुमान छ । मृतकको पहिचान लुकाउन अनुहार जलाएका अपराधीले महिलाको पर्स, मोबाइल लगायतका सरसामानहरु समेत सँगै लगेको हुन सक्ने प्रहरीको अनुमान छ । महिलाको हत्याको कारण अवैध सम्बन्ध रहेको देखिन्छ ।

पतिले हत्या गर्ने उदेश्यले महिलालाई राति सुनसान स्थलमा लगेर सम्बन्ध बनाउने जस्तो कार्य गर्न नसक्ने र महिला पनि पतिसित राति सुनसान बगैँचामा जान तयार हुने अनुमान गर्न कठिन भएको तर्क पनि अनुसन्धानमा संलग्न प्रहरीहरुको तर्क छ । प्रहरीको अनुसन्धान महिलाको परिवार तर्फ पनि सोझिएको छ । महिलाको चरित्रमाथि आशंका गरेर पतिपनि हत्यामा संलग्न हुन सक्ने प्रहरीको आशंका छ ।एसपी पोखरेलले बिभिन्न कोणहरुबाट अनुसन्धान थालिएको बताएका छन् ।

अनुसन्धानमा प्रहरी उपरीक्षक पोखरेलको टोली, प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरको टोली, प्रादेशिक अस्पताल जलेश्वरबाट चिकित्सकसमेत बोलाएर प्रहरीले पाँच घण्टा भन्दा बढी घटनास्थलको अनुसन्धान गरेको थियो । प्रहरी उपरीक्षक पोखरेलले अनुसन्धानलाई सहज बनाउन महिलाको पहिचान खुल्न आवश्यक भएको बताए । ‘महिलाको पहिचान नखुले सम्म अनुसन्धानलाई बिभिन्न कोणबाट अगाडि बढाइएको छ ’उनले भने, प्रहरी चाँडै अपराधिसम्म पुग्ने छ ।

घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताए । अनुसन्धान अपराधिको नजिक सम्म पुगेको र चाँडै खुलासा हुने प्रहरीको दाबी छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार अवैध सम्बन्धकै कारण महिलाको हत्या भएको निश्चित प्रायः छ । घटनास्थल रहेको गाउँ टोलमा कोही महिला हराइरहेको जानकारी प्राप्त हुन नसकेको प्रहरी नायब उपरीक्षक जयसवारले बताए ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

ताजा समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav