जनकपुरधाम । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले १२ कक्षा पास गर्ने किशोरी युवतीलाई गाउँपालिकाले २५ हजार रुपैयाँ सहयोग गर्ने बताएका छन् । गाउँ कार्यपालिकाको सर्वसहमतिबाट भएको निर्णय अनुसार गाउँपालिकाभित्र रहेकी छात्राहरुले १२ कक्षा पास गरी २० बर्षसम्म अविवाहित रहनेलाई सो प्रावधान लागू हुने गाँपा अध्यक्ष यादवले जानकारी दिए ।
१२ क्लास पास गरी २० बर्षसम्म अविवाहित रहने छात्राहरुलाई गाउँपालिकाको तर्फबाट प्रोत्साहन स्वरुप २५ हजार रुपैयाँ दिने बताएका छन् । यस्तो प्रावधान लागूपछि गाउँपालिकाभित्र छोरीचेलीको उच्च शिक्षाप्रति आकर्षणको लागि बालविवाह न्यूनिकरण हुने बताए ।
वालविवाह रोक्नको लागि र छोरीको उच्च शिक्षाको लागि सरकारले अर्बौ खर्च गरिरहँदा लागू गर्न कठिनाई भएको अवस्थामा गाउँपालिकाले बालविवाह न्यूनिकरणको लागि सो उपाय अपनाएको बताए । १२ कक्षापछि उच्च शिक्षा हाँसिल गर्न समेत प्रोत्साहन हुने अध्यक्ष यादवको विश्वास छ ।
गाउँ कार्यपालिकाको सदस्यहरुले बालविवाह न्यूनिकरण र छोरीचेलीको प्रोत्साहनको लागि सो निर्णय गरेको उनले बताए ।


















