Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

जनताको ‘राउन्ड किक’ कस्तो हुन्छ ओलीले देख्नेछन् : प्रचण्ड

Dilip Aahir by Dilip Aahir
भदौ २०, २०८१
0
जनताको ‘राउन्ड किक’ कस्तो हुन्छ ओलीले देख्नेछन् : प्रचण्ड
ADVERTISEMENT

काठमाडौं, भदौ २० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण सङ्घर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको बताएका छन् ।शहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ दलका नेताहरूले दिइरहेको संविधानविपरीतका अभिव्यक्तिहरूको भण्डाफोर गर्न समेत कार्यकर्तालाई आव्हान गरेका छन्।

उनले भने– ‘जनयुद्धलाई संविधानले सशस्त्र सङ्घर्ष भनेको छ तर संविधानको व्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र सङ्घर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको छ, त्यसमा सबै दलहरूले हस्ताक्षर गरेका छन्। तर अहिले कतिपय सत्तारुढ दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतङ्क थियो भन्ने दुस्साहस गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्छ। संविधानमा भएको यथार्थलाई जोडदार रूपमा जनतामा लैजानुपर्छ ।’

प्रधानमन्त्रीमै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई ‘प्रचण्डलाई राउन्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको उल्लेख गर्दै उनले भने, ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्।’जनयुद्धका महान् सहिदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले स्पष्ट गरे । पटक पटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकेकोले पछिल्लो पटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरू खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको र अब जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता प्राप्त गरेको जानकारी गराउँदै उनले भने, ‘यो हामी सबैका लागि खुसी र गर्वको विषय हो । छुटेकालाई पनि केन्द्रित गर्ने प्रक्रिया त्यसमा बाँकी राखिएको छ।’

त्यस्तै जनयुद्ध थालनी भएको दिन फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने मन्त्रिपरिषद्बाट निर्णय गरिएको भए पनि शान्ति प्रक्रिया अझै नटुङ्गिएको भनेर अदालतबाट रोकिएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब टिआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने आफूले विश्वास लिएको बताए।

जनयुद्धका महान् सहिदहरूलाई पार्टी र सरकारले गरेको यो सम्मानलाई जनस्तरसम्म बुझाउनुपर्ने उल्लेख गर्दै उनले नेता कार्यकर्ताहरूलाई यसमा ध्यान दिन आग्रह गरे । आफूले गरेका राम्रा कामको अपनत्व र स्वामित्व लिन आग्रह गर्दै उनले सङ्गठन बनाउने र कमजोरी सच्याउने अवसर प्राप्त भएको पनि बताए। परिवर्तनका विरुद्ध गर्न खोजिएको ज्याजति र अपमानविरुद्ध सङ्घर्ष गर्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

ताजा समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav