Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सागरनाथ वनको विषयमा संघीय वनमन्त्री र मधेशका मुख्यमन्त्री एकै ठाँउमा

Bahujan Aawaj by Bahujan Aawaj
भदौ ४, २०८१
0
सागरनाथ वनको विषयमा संघीय वनमन्त्री र मधेशका मुख्यमन्त्री एकै ठाँउमा
ADVERTISEMENT

जनकपुरधाम । सागरनाथ वनको विषयलाई लिएर वन मन्त्री र मधेशका मुख्यमन्त्री विच विशेश संवाद भएको हो । सागरनाथ वन मधेश प्रदेशमा रहेको एक मात्र वन विशेष आयोजना हो ।

नेपालको कुल भूभागको ४५ प्रतिशत क्षेत्र वन भए पनि मधेश प्रदेशमा खासै वन क्षेत्र छैन । यहाँको कुल भूभागको २२ प्रतिशत क्षेत्रमात्र वन पर्छ । त्यो पनि कोशीटप्पु र पर्शा निकुञ्जको केही वनका कारण यस्तो देखिएको हो ।

सागरनाथ वन क्षेत्र नहुने हो भने मधेशमा वनक्षेत्र नगण्य हुन जान्छ । यस्तो अवस्थामा प्रदेशले आफ्नो क्षेत्रमा वन अनुसन्धान र वन विकासका काम गर्न समेत उपयुक्त वन छैन ।

मधेश प्रदेशमा वन तथा वातावरण मन्त्रालय छ तर प्रयाप्त काम गर्ने वन क्षेत्र नै छैन । यसको लागि सागरनाथ वनलाई प्रदेश माताहत ल्याउन विभिन्न प्रयास भै रहेका छन् । यो विषयलाई लिएर संघ सरकार र मधेश सरकार विच समय समयमा विवाद समेत हुने गरेको छ । यो पटक भने संघीय वन मन्त्री र मधेशका मुख्यमन्त्रीले सागरनाथ वनको विषयमा गहन छलफल गरेको बताएका छन् ।

संघीय वन मन्त्री ऐनवहादुर शाही ठकुरीले नेपालको वनक्षेत्रलाई विकास र प्रर्वद्धन गरि लाभ लिने विषयमा सवै एकठाँउमा उभिनु पर्ने वताए । नेपाल भित्रको वनलाई जस्ले व्यवस्थापन गरे पनि यसको उद्देश्य बृहत्तरलाभ लिने हुनु पर्छ । जनहित अनुकुल हुनपर्छ यसको लागि संघीय सरकार सहजिकरण गर्न तयार रहेको जानकारी दिए ।

मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सागरनाथ वनको व्यवस्थापनको विषयमा भएको अन्यौलताले यसको सुरक्षा र विकासमा समेत समस्या परेको कारण छिटो मधेश प्रदेशलाई हस्तान्तरण गर्न आग्रह गरेको कुरा बैठकमा सहभागी एक अधिकारीले जानकारी गराए ।

आवश्यक तयारी गरि सागरनाथ वनक्षेत्रको उचित सदुपयोग र विकास गर्न उचित निर्णय लिनको लागि थप सहकार्य गर्नेकुरा भएको दुवै मन्त्रीको सचिवालयले जनाएका छन् ।

के हो सागरनाथ वन ?

सागरनाथ वन विकास परियोजनाको अधिकांश क्षेत्र नेपालको मध्य तराईका मुख्य दुई जिल्ला सर्लाही र महोत्तरीको पूर्व–पश्चिम राजमार्ग देखि दक्षिण, पूर्वमा भव्सी खोला र पश्चिममा वागमती नदी बीचमा रहेको छ । यसले करिब १३,५१२ हेक्टर वन क्षेत्र ओगटेको छ जस अन्तर्गत रौतहटको दुधिअवा तथा चन्द्रपुर नगरपालिका जुडीवेलामा २५० हे. क्षेत्रफलको वन क्षेत्र समेत पर्दछ ।

यो परियोजना देशमा तत्कालिन अवस्थामा दाउरा आपूर्ति सम्वन्धि समस्याको समाधानका लागि कम हैसियतको वन क्षेत्रमा छिटो वढने तथा प्रति एकाई जमिनबाट वढी उत्पादन दिने प्रजातीलाई प्राथमिकता दिई परियोजना क्षेत्रमा वृक्षारोपण कार्यक्रम संचालन गरी वन पैदावारको आपूर्तिमा सघाउ पुर्‍याउने मुख्य उदेश्यले एशियाली विकास बै‌कको ऋण सहायताबाट विकास समिति ऐन २०१३ बमोजिम गठित वन पैदावार विकास समिति अन्तर्गत वि.स. २०३५ सालमा स्थापना भएको हो ।

यस परियोजनाको कार्यालय सर्लाही जिल्लाको ईश्वरपुर न.पा.– ४ स्थित सागरनाथको मन्दिर नजिकै रहेको छ । प्रारम्भमा परियोजनाको करीव १०,७४० हेक्टरमा कम हैसियतको प्राकृतिक वनको सरपट कटान गरी छिटो बढ्ने, छिटै बढी उत्पादन दिने मसला, सिसौ, टिक तथा अन्य प्रजातीहरुको वृक्षारोपण गरिएको थियो ।

अहिले मधेश प्रदेशमा रहेको वनको विशेश क्षेत्र बनेको छ सागरनाथ क्षेत्र । यहाँ विभिन्न खालका वन अनुसन्धानका काम समेत भैरहेका छन् । मधेश प्रदेशको वन गौरवको क्षेत्रको रुपमा पनि सागरनाथ क्षेत्र चिनिन्छ ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

खेलौना सम्झिएको ‘रकेट’ चुल्होमै विस्फोट — सप्तरीमा चार बालक घाइते, सेनाको अभ्यास सामग्री भएको आशंका ।

खेलौना सम्झिएको ‘रकेट’ चुल्होमै विस्फोट — सप्तरीमा चार बालक घाइते, सेनाको अभ्यास सामग्री भएको आशंका ।

“भाषण होइन कर्ममा विश्वास गर्छु” — सिरहा–२ मा कांग्रेस उम्मेदवार यादवको विकास प्रतिवद्धता ।

“भाषण होइन कर्ममा विश्वास गर्छु” — सिरहा–२ मा कांग्रेस उम्मेदवार यादवको विकास प्रतिवद्धता ।

ताजा समाचार

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav