Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मधेश सरकार जनकपुरधामको पर्यटकीय विकासमा

Bahujan Aawaj by Bahujan Aawaj
भदौ २, २०८१
0
मधेश सरकार जनकपुरधामको पर्यटकीय विकासमा
ADVERTISEMENT

जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्वको तेलहा पोखरीमा फाउन्टेन्स(पानी फोहोरा) सँगै डिजिटल लाइटिङ्ग तथा पोखरी डिलमा व्यवस्थित विश्राम स्थल विकसित गरिने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले शनिबार बिहान तेलहालगायत जानकी वरपरका सरोवर अवलोकनपछि जनकपुरधाममा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आध्यात्मिक आनन्द तथा मनोरम अनुभूतिका लागि पोखरीमा पानी फोहोरासँगै विभिन्न धार्मिक घटनामा आधारित सन्देश प्रवाहित हुने डिजिटल लाइटिङ्ग गर्न प्रदेश सरकारले पूर्वाधार तयार गर्न सहयोग गर्ने बताए ।

उनले धार्मिक नगरी जनकपुरधाममा पर्यटक आकर्षित गर्ने छनोटमा आधारित विकल्पहरू भए पर्यटकको बसाइअवधि लम्बिने तथा धार्मिक एवम् पुरातात्त्विक महत्वका धरोहरहरूको संरक्षण तथा संवद्र्धन हुने उल्लेख गरे ।

जानकी मन्दिरको उत्तरपट्टि रहेको अतिक्रमित तेलहा पोखरीको केही समयअघि उद्धार गरी पोखरीको चारै डिलमा पक्की घाटलगायतको संरचना निर्माण गरिएको थियो । मुख्यमन्त्री सिँहले तेलहा धार्मिक आख्यानमा आधारित पोखरीको सौन्दर्यीकरणका लागि स्थानीय तहसँग समन्वय गरिने पनि बताए ।

मुख्यमन्त्री सिँहले त्यसअघि आजै बिहान अङ्गराजसर (अरगजा पोखरी) को अवलोकन गरी पोखरीको दक्षिणी डिलमा वृक्षरोपण गर्न साथमै रहेका धनुषाका डिभिजनल वन अधिकृत(डिएफओ) बेचन चौधरीलाई निर्देशन दिएका छन् । उनले छठ घाटका रूपमा प्रयोग गर्न असुविधा नहुनेगरी अरगजा पोखरीको डिलमा गुलमोहरको वृक्ष रोप्न डिफओ चौधरीलाई निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री सिँहले पोखरीको दक्षिणी डिलमा पन्ध्र मिटरको दुरीमा लस्करै गुलमोहरको रूख रोपिए केही वर्षभित्र रूख र फुलको संयोगले पोखरी क्षेत्रको आकर्षण हवात्तै बढ्ने बताए । मुख्यमन्त्री सिँहको निर्देशनअनुसार डिएफओ चौधरीले वृक्षरोपणका लागि समन्वयसहितको काम आजै अघि बढाएका छन् । आइतबार साँझसम्म वृक्षरोपण सकिसक्ने डिएफओ चौधरीले बताए ।

मुख्यमन्त्री सिँहले अरगजा पोखरीमा पालन भएको माछालाई आहार पनि खुवाएका छन् । पोखरी दर्शनका लागि जानेहरूले त्यहाँ पालिएका माछालाई आहाराका रूपमा भुजा(मुरही) र सोयाबिन खुवाउने गरेका छन् । सोयाबिनले माछा मर्न थालेपछि भने केही समययता त्यसमा रोक लगाइएको छ ।

मुख्यमन्त्री सिँहले अरगजा पोखरी वरपर अतिक्रमित सडक तथा पेटी क्षेत्रलाई खाली गराउने विषयमा समेत चासो लिएका छन् । उनले अव्यवस्थित तवरले सञ्चालित टहरा र ठेलाका पसल तथा गाडी पार्किङ्गले धार्मिक क्षेत्रको सौन्दर्य बिगार्ने हुँदा पसल सञ्चालका लागि वैकल्पिक उपाय गरी व्यवस्थापन गरिनुपर्ने बताए ।

मुख्यमन्त्रीसँगै रहेका जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले पचास वर्षभन्दा बढी समयदेखि पोखरी वरपर त्यस्ता पसल सञ्चालन भइरहेकाले वैकल्पिक व्यवस्था नहुँदासम्म खाली गराउन कठिन हुने बताए । उनले वैकल्पिक व्यवस्था कसले गरिदिने भन्नेबारे मुख्यमन्त्री सिँहलाई भने केही सुझाएनन् ।

मुख्यमन्त्री सिँहले जानकी मन्दिर परिसरमा शौचालय तथा खानेपानी व्यवस्थाको समेत अवलोकन गरेका छन् । उनले प्रदेश सरकारले विनियोजन गरेको शौचालयको बजेट जानकी मन्दिर परिसरमा शौचालय निर्माणमा खर्च गर्ने व्यवस्था मिलाउन प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साहलाई निर्देशन दिए ।

मुख्यमन्त्री सिँहले मन्दिर पछाडि अधुरो अवस्थामा रहेको आवासीय संरचनालाई पूर्णता दिएर पर्यटक आवासगृह बनाउन सकिने बताए ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav