भक्तपुरको गठ्ठाघरमा दुर्घटना भएको ट्रकका चालक प्रहरीको सम्पर्कमा आएका छन्।
सर्लाहीको मलंगवा नगरपालिका २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठ बिहीबार साँझ ७ बजेतिर काठमाडौंको बानेश्वर बृत्तमा आफै उपस्थित भएका हुन्।
स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएपछि उनी गट्ठाघरबाट फरार भएका थिए।
उनी बानेश्वर बृत्तको सम्पर्कमा आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।
ना ६ ख २१७३ नम्बरको ट्रकले बिहीबार दिउँसो बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको अझै सनाखत हुन सकेको छैन। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।ट्रक सशस्त्र प्रहरी गण नम्बर–२ महराजगञ्ज लगिएको छ।
तस्वीर हरु





















