Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

पूर्वराज्यमन्त्री रायको बर्बर हत्या: सर्लाहीमा शोक र आक्रोश, अभियानले निकाल्यो बिज्ञप्ति

Bahujan Aawaj by Bahujan Aawaj
साउन ८, २०८१
0
पूर्वराज्यमन्त्री रायको बर्बर हत्या: सर्लाहीमा शोक र आक्रोश, अभियानले निकाल्यो बिज्ञप्ति
ADVERTISEMENT

पूर्वराज्यमन्त्री रायको बर्बर हत्या: सर्लाहीमा शोक र आक्रोश, अभियानले निकाल्यो बिज्ञप्ति सर्लाहीको रतनपुरमा आइतबार राति पूर्वराज्यमन्त्री रामचन्द्र रायको घरमै हत्या भएको छ। रायको घरमै धारिलो हतियार प्रयोग गरी उनको निर्मम हत्या गरिएको हो। रायको रगतले लतपतिएको शव देखेपछि स्थानीय बासिन्दाहरूले तुरुन्तै प्रहरीलाई खबर गरे। रायको साथमा रहेका रामउजैन रायका अनुसार, राति तीन जना अपरिचित व्यक्ति उनलाई भेट्न आएका थिए र उनीहरूसँगै सुतेका थिए। हत्यापश्चात उनीहरू फरार भएको रामउजैनले बताए। प्रहरीले घटनास्थल नजिकैको बाँसघारीबाट उखु काट्ने घरेलु हतियार बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, यही हतियारले रायको हत्या गरिएको छ। घटनाको जानकारी पाएलगत्तै जिल्ला तथा प्रदेश प्रहरी कार्यालयका अधिकारीहरू घटनास्थलमा पुगेका थिए। प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको बताएका छन्। उनले भने, ‘गएराति टाउकोमा घरेलु हतियार प्रयोग गरेर पूर्वराज्यमन्त्री रायको हत्या भएको छ। अहिले केही भन्न सक्ने अवस्था छैन, हामी गहिरो अनुसन्धान गरिरहेका छौं।’ राय २०५४ सालमा सूर्यबहादुर थापाको प्रधानमन्त्रीकालमा भूमिसुधार राज्यमन्त्री बनेका थिए। राप्रपाका गत महाधिवेशनमा उपाध्यक्ष उम्मेदवारसमेत रहेका रायले सामाजिक तथा राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका थिए। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले घटनाको सत्यतथ्य तत्काल पत्ता लगाउन सरकारसँग आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्लाहीका पुराना नेता, राप्रपाको संस्थापक र गत महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार, पूर्वमन्त्री रामचन्द्र रायको आफ्नै निवासमा धारिलो हतियार प्रयोग गरी हत्या भएको सुनेर स्तब्ध भएको छु। निन्दनीय घटनाको सत्यतथ्य अविलम्ब जाँचबुझ गरियोस्, दोषी पत्ता लगाइयोस् र कडा कारबाही गरियोस्।’ रायका तीन दाजुभाइमध्ये माइलो रहेका रायको एक श्रीमती, दुई छोरा र पाँच छोरी छन्। राष्ट्रिय एकता अभियानका संरक्षकका रूपमा रहेका रायको हत्या सँगै शोक तथा आक्रोश छाएको छ। राष्ट्रिय एकता अभियानका अध्यक्ष तथा हिंन्दुबादी नेता बिनय यादब यादवले जारी गरेको प्रेस विज्ञप्तिमा रायको हत्यालाई कडा शब्दमा निन्दा गर्दै हत्यारालाई शीघ्र पक्राउ गरी कडा कानुनी कार्यवाहीको माग गरिएको छ। साथै, शोकाकुल परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्रदान गर्न भगवानसँग प्रार्थना गरिएको छ। यस बर्बर घटनाले सर्लाहीवासीलाई झकझक्याएको छ र न्यायका लागि संघर्ष गर्ने प्रेरणा दिएको छ। सम्पूर्ण सरोकारवालालाई घटनाको सत्यतथ्य पत्ता लगाउन सकृय रहन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

खेलौना सम्झिएको ‘रकेट’ चुल्होमै विस्फोट — सप्तरीमा चार बालक घाइते, सेनाको अभ्यास सामग्री भएको आशंका ।

खेलौना सम्झिएको ‘रकेट’ चुल्होमै विस्फोट — सप्तरीमा चार बालक घाइते, सेनाको अभ्यास सामग्री भएको आशंका ।

“भाषण होइन कर्ममा विश्वास गर्छु” — सिरहा–२ मा कांग्रेस उम्मेदवार यादवको विकास प्रतिवद्धता ।

“भाषण होइन कर्ममा विश्वास गर्छु” — सिरहा–२ मा कांग्रेस उम्मेदवार यादवको विकास प्रतिवद्धता ।

ताजा समाचार

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav