Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

धनुषाको सबैलामा लिच्छवीकालीन भग्नावशेष र खजाना फेला, उत्खनन् कार्य जारी थप सामग्री

Bahujan Aawaj by Bahujan Aawaj
असार १८, २०८१
0
धनुषाको सबैलामा लिच्छवीकालीन भग्नावशेष र खजाना फेला, उत्खनन् कार्य जारी थप सामग्री
ADVERTISEMENT

जनकपुरधाम । सबैला नगरपालिकाको वडा नं. ६ गोविन्दपुर स्थित भगनावशेष मात्र बाँकी रहेको जनककालिन ऐतिहासिक मठेश्वरनाथ मन्दिरको उत्खननमा आठौं-नवौं शताब्दीका लिच्छवी कालिन अवशेषहरु फेला परेको छ । पुरातत्व विभागका पुरातत्व विद प्रकाश दर्नालसहित तीन सदस्य टोलीले असार ७ गतेदेखि सुरु गरेको सो प्राचीन मन्दिर भनिएको स्थानको अवशेष उत्खननमा यस्ता प्रमाणहरु फेला परेका हुन् ।
पुरातत्वविद प्रकाश दर्नालका अनुसार अहिलेसम्म दुई वटा पत्थर जोड्ने आइरन डावर, फलामको गोलो रिंग, मन्दिरको माथिको सरफेशमा भारतीय र नेपाली सिक्काका साथै पत्थरमा लिच्छवी शैलीको ‘माना’ अर्थ आउने अक्षर भेटिएको छ सोहि अक्षरको आधारमा मन्दिरको प्राचीनता पत्ता लगाउन सकिन्छ । लिपि विशेषज्ञलाई देखाएर वास्तविक पता लगाउने उहाँले जानकारी गराउनुभयो ।
स्थानीयका अनुसार पुरातत्व विभागले उत्खनन गरिरहेको स्थानमा मठेश्वरनाथ मन्दिर थियो । यस मन्दिरको बारेमा धार्मिक ग्रन्थ रामायणमा समेत जिकिर गरिएको पाइन्छ । सो मन्दिर मिथिलाका राजा जनकले निर्माण गर्नुभएको जनविश्वास छ । राजा जनकले मिथिलाको राजधानी जनकपुरधामको सम दुरीमा चारवटा मठ निर्माण गर्नुभएको थियो । महोत्तरीको जलेश्वरमा जलेश्वरनाथ, धनुषाको क्षीरेश्वरमा क्षीरेश्वरनाथ, धनुषाकै गोविन्दपुरमा मठेश्वरनाथ र भारत बिहार राज्यको काल्याणेश्वरमा कल्याणेश्वरनाथ मन्दिरको निर्माण गर्नुभएको थियो । त्यसमध्ये जलेश्वरनाथ, क्षीरेश्वरनाथ र कल्याणेश्वरनाथ मन्दिर आज पनि पूजापाठ हुन्छ भने मठेश्वरनाथ मन्दिरको केही भग्नावशेष मात्र बाँकी छ ।
पुरातत्वविद् दर्नालले भग्नावशेष हेर्दा प्राचीन मन्दिरको स्वरुप देखिएको बताउनुभयो । मठेश्वरनाथ मन्दिर नै हो भनेर ठ्याकै अहिले भन्न नसकिने बताउँदै उहाँले उत्खननको क्रममा एउटा महत्वपूर्ण ढुङ्गा भेटिएको जानकारी दिनुभयो । उत्खनन गर्दै जाँदा ज्यामितिय आकारको बुट्टा जो अहिलेसम्म कतै देखिएको थिएन त्यो पनि फेला परेको छ । बिज्ञका अनुसार मिथिलाको प्राचीन सभ्यता पाउने सम्भावना करिव सातदेखि दश हजार वर्ष पुरानो तथ्य यहाँ भेट्न सकिन्छ । लिपीको आधारमा पुर्व मध्यकाल अथवा आठौं-नवौं शताब्दीको ईतिहासहरु हुनसक्ने बताउँदै उनीहरुले थप मन्दिरका पर्खालहरु पछ्याउँदै जाँदा धेरै कुरा पत्ता लाग्न सकिने बताउँछन् । सबैला नगरपालिकाका मेयर कारीराम यादवले आफुलाई पहिलानै यसबारे जानकारी रहेपनि मेयरमा निर्वाचित भएपछि अग्रसरता लिएको बताउनु भयो ।
मन्दिरको पश्चिमतर्फ प्रवेश गर्ने द्वार रहेको यसको संरचनाले देखाउँछ । त्यसैले पहिला प्रवेशद्वारबाटै उत्खनन सुरु गरिएको छ । भग्नावशेषको माथिल्लो भागमा सिमेन्ट र निकै पुराना इटाले छोपिएको छ भने तल्लो भागमा ठूल्ठूला ढुङगा एकआपसमा ‘इन्टर लक’ गरिएको अवस्थामा भेटिएको छ । ढुङ्गा प्राचिन समयको जस्तो देखिएपनि इटा कहाँबाट ल्याइएको हो त्यसको पनि पता लगाउने पुरातत्व विद दर्नालले बताउनुभयो । मिथिलाको सभ्यता काठमाडौंभन्दा पनि पुरानो भएकाले यहाँ जे पनि भेट्न सक्ने उल्लेख गर्दै उहाँले पूर्वमा कोशी र पश्चिममा गण्डकीसम्म प्राचिन मिथिलाको क्षेत्र भएको जानकारी गराउनुभयो ।“यो मन्दिर प्राचीन त प्राचीन नै हो । यहाँ मिथिला, मौर्य, गुप्त र ब्रिजी सङ्घको सभ्यता लुकेको छ । त्यसैले अन्तिम अध्ययन नसकिएसम्म यही नै हो भन्न नसकिने उहाँको भनाई छ ।
स्थानीयका अनुसार २०३३/२०३४ साल तिर धनुषाका एक जमिन्दारका भतिज झोपे मल्लले मन्दिर र मन्दिर क्षेत्रमा खन्न लगाएका थिऐ । बहुमुल्य बस्तु भेटिने लोभले झोपेले मन्दिर खन्न लगाएको त्यतिखेर ठूलोलाई सात र सानोलाई पाँच रुपियाँ खने वापत ज्याला दिइएको स्मरण गर्दै स्थानियवासी यहाँबाट के भेटियो भेटिएन त्यो थाहा नभएको बताउछन् । सोही ठाउँका अर्का वृद्ध विन्देश्वर यादवले एक जना अघोरी बाबासँग आएका झोपेले यो ठाउँमा खन्न लगाएको बताउनु भयो । मन्दिर खनेर ढुङ्गाहरु छरपस्ट बनाएपछि स्थानीयको दबाबमा मन्दिर नजिक रहेको इनारबाट इटा झिकेर माथिबाट इटा जडान गरिदिएको उहाँले जानकारी दिनुभयो ।
मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा अहिले पनि ठूल्ठूला ढुङ्गा छरपस्ट अवस्थामा छ । गाउँका कतिपयले सिलौटा बनाउन तथा अन्य प्रयोगका लागि यहाँबाट ढुङगा लगिसकेका छन् । सोही मन्दिरको दक्षिणपूर्वमा इनार थियो । सो इनार अहिले पुरिएको छ । मन्दिरभन्दा पश्चिम एउटा पोखरी थियो । त्यो पोखरी पनि अहिले पुरिएर खेतमा परिणत भएको छ । सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादवले पुरातत्व विभागले यस ठाउँमा प्राचीन मठेश्वरनाथ मन्दिर रहेको प्रमाणित गरिदिए यस ठाउँलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो । यस ठाउँको विकासका लागि विगत दुई आर्थिक वर्षदेखि नगरपालिकाको नीति तथा कार्यक्रममा समेत समेट्दै आएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी विगतमा माध्यमिक परिक्रमा डोला समेत यो मन्दिर हुँदै जाने गरेको कुरा बाबुबाजेले सुनाउने गरेको कतिपयको भनाई छ । परिक्रमाका सहभागी कतिपय भक्तजन अहिले पनि यो मार्ग भएर नै जाने गरेको स्थानियको दावी छ ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

निधिमाथि दुर्व्यवहारको आक्रोश: जनकपुरधाममा चक्काजाम, कांग्रेस महामन्त्रीको पुतला दहन।

निधिमाथि दुर्व्यवहारको आक्रोश: जनकपुरधाममा चक्काजाम, कांग्रेस महामन्त्रीको पुतला दहन।

ताजा समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav