Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

नेपालमा एकै वर्ष दर्जन बढी सबस्टेशन र वितरण प्रणाली तयार

Bahujan Aawaj by Bahujan Aawaj
असार १७, २०८१
0
नेपालमा एकै वर्ष दर्जन बढी सबस्टेशन र वितरण प्रणाली तयार
ADVERTISEMENT

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/०८१ अवधिमा ठूला क्षमताका प्रसारण लाइन आयोजना निर्माणमा जोड दिएको छ । प्राधिकरणले देशका विभिन्न ठाउँमा ४०० केभी, २२० केभी र १३२ केभी क्षमताका प्रसारण लाइन निर्माण गरेको हो ।

प्रसारण लाइनसँगै प्राधिकरणले सबस्टेशन निर्माणमा जोड दिइरहेको छ । प्राधिकरणका अनुसार यस वर्ष कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन तयार पारिएको छ ।

यो प्रसारण लाइन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित दाना सबस्टेसनबाट शुरू भएको छ । पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रूपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को नयाँ बुटवल सबस्टेसनसम्म करिब १३० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो ।

त्यस्तै, कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजना अन्तर्गत वसन्तपुर सबस्टेसनबाट ढुङ्गेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट निर्माण सकिएको प्राधिकरणले जानकारी दिएको छ ।

तनहुँको मार्की चोकदेखि काठमाडौंको मातातीर्थ सब-स्टेशनसम्मको करिब ८८ किलोमिटर २२० केभी प्रसारणलाइन र मातातीर्थमै रहेको समान क्षमताको सब-स्टेशन पनि प्राधिकरणले यसै आर्थिक वर्षमा तयार पारिसकेको छ ।

८ अर्ब लगानीमा काठमाडौँकै ठूलो विधुत प्रसारणलाईन र सब – स्टेशन उदधाटन 

यस वर्ष नै ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण भइ सञ्चालनमा आइसकेको छ । सिन्धुपाल्चोकमा रहेको २२०/१३२ केभी क्षमताको बाह्रबीसे सबस्टेशन पनि केही महिनाअघि निर्माण सम्पन्न गरी प्राधिकरणले सञ्चालनमा ल्याइसकेको छ ।

त्यस्तै, प्राधिकरणले सन्धिखर्क–तम्घास १३२ केभी प्रसारण लाइन र तम्घास सबस्टेशन निर्माण सम्पन्न गरिसकेको छ । देशकै तेस्रो ठूलो हेटौंडा सबस्टेशन (४०० केभी) निर्माण पनि यस वर्ष नै सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार गत साउनयता एक दर्जनभन्दा बढी सबस्टेशन तथा वितरण प्रणाली निर्माण भइसकेको छ ।

जस अन्तर्गत इलामको पश्चिमी क्षेत्र र पाँचथरमा विद्युत् आपूर्ति गर्न ३३/११ केभीको चिसापानी सबस्टेसन, मकवानपुरको बागमती तथा बकैया गाउँपालिकामा विद्युत आपूर्तिका लागि छतिवन सबस्टेसन, म्याग्दीको मङ्गला, मालिका तथा धौलागिरी गाउँपालिकामा विद्युत् आपूर्तिका लागि दरबाङ सबस्टेसन र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को बुलिङटार गाउँपालिका क्षेत्रमा विद्युत् आपूर्तिका लागि बोझपोखरी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

विश्व बैंकको ग्रीड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋणमा मकवानपुरको मनहरी, सिन्धुलीको दुधौली, दोलखाको नाम्दु र ललितपुरको उनीचौरमा वितरणतर्फको ३३/११ केभी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको प्राधिकरणका प्रवक्ता घोषले जानकारी दिए ।

हेटौंडामा देशकै तेस्रो ठूलो विधुत सबस्टेशन तयार , एमसीसीको लाइन जोडिने 

त्यस्तै, विश्व बैंककै सहुलितपूर्ण ऋणमा रामछापको बाम्तीमा वितरण सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसनसम्म पुग्ने ३३ केभी प्रसारण लाइन र त्यहाँबाट विद्युत आपूर्तिका लागि सहायक लाइनहरू पनि निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

सरकार तथा प्राधिकरणको लगानी र एशियाली विकास बैंकको सहुलियतपूर्ण वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत सबस्टेसन निर्माण गरिएको हो ।

आयोजना अन्तर्गत देशभरी २५ नयाँ सबस्टेसन निर्माण र १२ सबस्टेसनको स्तरोन्नति तथा वितरण सञ्जाल निर्माण अघि बढाइएको घोषले बताए ।

२५ मध्ये ७ सबस्टेशनको निर्माण अन्तिम चरणमा छ भने अन्यको स्तरोन्नति भइरहेको छ ।

आधादर्जन प्रसारण लाइन अन्तिम चरणमा
प्राधिकरणका अनुसार तनहुँमा मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ ।

प्रसौनी सबस्टेसन र वीरगञ्ज सबस्टेसन जोडी विद्युत् आपूर्ति गर्न १३२ प्रसारण लाइन निर्माणाधीन छ । पोखरियामा सबस्टेसन पनि निर्माणको काम अन्तिम चरणमा छ ।

त्यस्तै, चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । यता, रमौली–पोखरा प्रसारण लाइन निर्माणको कामले पनि गति लिएको छ । उक्त प्रसारण लाइन निर्माणको काम ६ महिनाभित्र सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।

परवानीपुर– पोखरिया २१ किलोमिटर लामो प्रसारण लाइन निर्माणको काम पनि तीव्र रूपमा अघि बढेको प्राधिकरणको दाबी छ । १३२ केभी क्षमताको पथलैया–परवानीपुर प्रसारण लाइन निर्माणको काम पनि अन्तिम चरणमा रहेको प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

खेलौना सम्झिएको ‘रकेट’ चुल्होमै विस्फोट — सप्तरीमा चार बालक घाइते, सेनाको अभ्यास सामग्री भएको आशंका ।

खेलौना सम्झिएको ‘रकेट’ चुल्होमै विस्फोट — सप्तरीमा चार बालक घाइते, सेनाको अभ्यास सामग्री भएको आशंका ।

“भाषण होइन कर्ममा विश्वास गर्छु” — सिरहा–२ मा कांग्रेस उम्मेदवार यादवको विकास प्रतिवद्धता ।

“भाषण होइन कर्ममा विश्वास गर्छु” — सिरहा–२ मा कांग्रेस उम्मेदवार यादवको विकास प्रतिवद्धता ।

ताजा समाचार

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav