Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

कैलालीका १५ वटा विद्यालयको एसइईको नतिजा शून्य

Bahujan Aawaj by Bahujan Aawaj
असार १५, २०८१
0
कैलालीका १५ वटा विद्यालयको एसइईको नतिजा शून्य
ADVERTISEMENT

कैलालीका सामुदायिक विद्यालयको एसइईको नतिजा कमजोर देखिएको छ। यस वर्षको एसइइमा कैलालीबाट १८ हजार ६० विद्यार्थी एसइइमा सहभागी भएकोमा ३०.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाइ कैलालीले जनाएको छ।

एक सय ७५ वटा सामुदायिकसहित दुई सय ९३ वटा विद्यालय एसइईमा सहभागी भएकामा १५ वटा विद्यालयको नतिजा शून्य आएको छ। १४ वटा सामुदायिक र एउटा संस्थागत विद्यालयको नजिता शून्य आएको शिक्षा विकास तथा समन्वय इकाईका अधिकृत प्रतापसिंह धामीले जानकारी दिए ।

कैलारी गाउँपालिकाको राष्ट्रिय मावि घुँइयाघाट, गोदावरी नगरपालिकाको दुर्गा मावि कोल्मुडा तथा चुरे गाउँपालिकाको जनता मावि बैसेनी र जनता मावि शान्तिनगर र भगवती मावि कोतढुंगेनीको नतिजा शून्य आएको छ। यी विद्यालयबाट क्रमशः ३५, ४९, ३६, २१ र १६ जना विद्यार्थी एसइइमा सहभागी भएका थिए ।

त्यस्तै टीकापुर नगरपालिकाको राष्ट्रिय मावि सोनाफाँटा र त्रिभुवन मावि मौरनियाको नतिजा शून्य छ । राष्ट्रिय माविबाट २३ र त्रिभुवन माविबाट २६ जनाले एसइई दिएका थिए। आठजना विद्यार्थी परीक्षामा सहभागी गराएको टीकापुरको निजि विद्यालय सगुन एकेडेमीको नतिजा पनि शूल्य आएको समन्वय इकाइले जनाएको छ ।

भजनी नगरपालिकाको सरस्वती मावि नवलपुर, महेन्द्र मावि पगियापसार, राष्ट्रिय मावि महादेउली, राष्ट्रिय मावि ढुसी र राष्ट्रिय मावि पल्टुपुरको नतिजा शून्य आएको शिक्षा अधिकृत धामीले जानकारी दिए । यी विद्यालयबाट क्रमशः २४, ३१, २४, २० र ३२ जना विद्यार्थी परीक्षामा सहभागी थिए ।

मोहन्याल गाउँपालिकाको भैरवमाला मावि सुगरखाल र मोहन्याल मावि बडीकाफाइको नतिजा पनि शून्य आएको छ । भैरवमालाबाट २२ र मोहन्यालबाट २६ जनाले एसइइ दिएका समन्वय इकाइले जनाएको छ ।

नमुना विद्यालयकै नतिजा कमजोर
कैलालीमा नमुना विकास कार्यक्रम लागू भएका सामुदायिक विद्यालयकै नतिजा कमजोर देखिएको छ । धनगढी नमुना माविबाट परीक्षा दिएका एक सय ७५ जनामध्ये ३२, जानकी गाउँपालिकाको जनता माविबाट परीक्षामा सहभागी ८३ जनामध्ये १० र बर्दगोरिया गाउँपालिकाको बसन्तमुरारी माविबाट सहभागी दुई सय २४ जनामध्ये ३२ जना उत्तीर्ण भएका छन् ।
त्यस्तै जोशीपुर गाउँपालिकाको रघुनाथ आदर्श नमुना माविबाट एसइई दिएका ८२ मध्ये सातजना, कर्णाली मावि टीकापुरबाट सहभागी तीनसय पाँचमध्ये ५९ जना र मोहन्याल नमुना मावि भजनीबाट परीक्षा दिएका एकसय ६० मध्ये आठजनामात्र उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । जिल्लाका आठवटा विद्यालयमा नमुना विकास कार्यक्रम लागू भएको छ ।

प्रदेशभरि सामुदायिक विद्यालयबाट ४ जीपिए ल्याउने नीतिका एक्ली
कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माविकी छात्रा नीतिका अवस्थी ४ जीपिए ल्याएर एसइइ उत्तीर्ण भएकी छिन् । सुदूरपश्चिम शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशभरि सामुदायिक विद्यालयबाट ४ जीपिएर ल्याएर उत्तीर्ण हुने नीतिका एक्ली हुन् ।

गोदावरी नगरपालिका–४, बसन्तपुरकी नीतिका अत्तिरिक्त क्रियाकलापहरुमा पनि उत्कृष्ट नतिजा ल्याउने गरेकी छिन् । पढाइसँगै निबन्ध, हाजिरीजवाफ, वक्तृत्वकलालगायत अत्तिरिक्त क्रियाकलापमा उनी सधैँ प्रथम स्थान हासिल गर्ने गरेकी दुर्गालक्ष्मी माविका प्रधानाध्यापक शिवराज जोशीले बताए ।

‘उनी उत्कृष्ट प्रतिभा भएकी मेधावी छात्रा हुन्’ जोशीले भने, ‘उनको नतिजाले विद्यालयकै नाम उँचो भएको छ ।’ नीकिताका बुवा टेकराज स्थानीय चण्डेश्वरी सामुदायिक विद्यालयका शिक्षक हुन् । दुर्गालक्ष्मी नमुना माविबाट तीन सय ७३ विद्यार्थी एसइईमा सहभागी भएकोमा एक सय दुई जना उत्तीर्ण भएका छन् ।

कैलालीमा चारजना विद्यार्थी ४ जीपिए ल्याएर एसइई उत्तीर्ण भएका छन् । अत्तरियाको संस्थागत विद्यालय सत्ववती एकेडेमीका निर्मल ठगुन्ना, सैनिक महाविद्यालयका विकास रावत र टीकापुरको बीरेन्द्र विद्या मन्दिरका हेमन्त साउद ४ जीपिएसहित उत्तीर्ण भएका हुन् ।

केही सामुदायिक विद्यालयको नतिजा राम्रो छ । लम्की–चुहा नगरपालिकाको राष्ट्रिय नमुना मावि मोतिपुरले ५८.७७ नतिजा ल्याएको छ । त्यस्तै धनगढीको पञ्चोदय माविले ५८.६० प्रतिशत नतिजा ल्याएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । राष्ट्रिय माविबाट परीक्षामा सहभागी एक सय १४ जनामध्ये ६७ र पञ्चोदयबाट सहभागी तीनसय दुईजनामध्ये एक सय ७७ जना उत्तीर्ण भएका छन् ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

खेलौना सम्झिएको ‘रकेट’ चुल्होमै विस्फोट — सप्तरीमा चार बालक घाइते, सेनाको अभ्यास सामग्री भएको आशंका ।

खेलौना सम्झिएको ‘रकेट’ चुल्होमै विस्फोट — सप्तरीमा चार बालक घाइते, सेनाको अभ्यास सामग्री भएको आशंका ।

“भाषण होइन कर्ममा विश्वास गर्छु” — सिरहा–२ मा कांग्रेस उम्मेदवार यादवको विकास प्रतिवद्धता ।

“भाषण होइन कर्ममा विश्वास गर्छु” — सिरहा–२ मा कांग्रेस उम्मेदवार यादवको विकास प्रतिवद्धता ।

ताजा समाचार

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav