Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

राजनीतिक आडमा गोलबजारका क्याम्पस प्रमुख साहको लुट धन्दा

Bahujan Aawaj by Bahujan Aawaj
असार १०, २०८१
0
राजनीतिक आडमा गोलबजारका क्याम्पस प्रमुख साहको लुट धन्दा
ADVERTISEMENT

जनकपुरधाम । सिरहाको गोलवजारस्थित रामप्रसाद रामप्रताप तामाङ जनता बहुमुखि क्याम्पसका प्रमुख किशोर कुमार साहले करोडौं रकम घोटाला गरको तथ्य वाहिरिएको छ।

क्याम्पसका प्रमुख साहले संचालक समितिलाई राजनीतिक र आर्थिक प्रभावमा पारेर रकम हिनामिना गरेको रहस्य बाहिरिएको हो।

उनले क्याम्पसकै केही प्रध्यापकलाई समेत प्रभावित बनाएर एक दशक देखि आफ्नो लुटको सामराज्य एकक्षत्र चलाई रहेको आरोप छ । उनले एक जना विद्यार्थीसँगमात्र क्याम्पससभाले तोके भन्दा वार्षिक चार हजार पाँच सय देखि ६ हजार पाँचसय सम्म बढी रकम लिने गरेको छ। यसैगरी एकजना विद्यार्थीको रकम हेर्दा सामान्यजस्तो देखिएपनि विद्यार्थी सङ्ख्यामा यसलाई गुनण गर्नेहो भने यसको परिमाण करोडौंमा हुन जान्छ।

क्याम्पसले बैशाख २२ गते क्याम्पस सभामा सार्वजनिक गरेको ‘वार्षिक प्रतिवेदन २०८०’ मा गत आर्थिक वर्ष २०७९/०८० भन्दा अघिसम्म विभिन्न शीर्षकमा प्रति विद्यार्थी ११ हजार पाँच सय ५० रुपैयाँ लिने उल्लेख छ । सोही अवधिमा विद्यार्थीसँगभने उनले १६ देखि १८ हजारसम्म लिने गरेको पाइएको हो।

क्याम्पसले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७९/०८० मा एक हजार चार सय ७५ जना  विद्यार्थीको नामाङ्कन भएको छ।

विद्यार्थीसंख्या र उनले असुली गरेको बढी रकमकोमात्र सोझो हिसाव गर्ने हो भनेपनि एक वर्षमामात्रै करिव ६६ लाख देखि  ९६ लाख रुपैयाँ गोलमाल गरेको पुष्टि हुन्छ।

त्यसैगरी, आर्थिक वर्ष २०७८/०७९ मा एक हजार तीन सय जना विद्यार्थीको नामाङ्कन भएको छ । यसवर्ष पनि क्याम्पस प्रमुख साहले करिब ५९ देखि ८५ लाख रुपैयाँको हिसाब गोलमाल गरेको आरोप छ।

यसरी उनले विद्यार्थीसँग लिएको बढी रकमको हिसाव कतै देखाएको छैन। २०८०/०८१ बाटमात्र उनले प्रति विद्यार्थी विभिन्न शीर्षकमा वार्षिक रुपमा २० हजार रुपैयाँ लिने निर्णय गरेको छ। तर, विद्यार्थीसँग सो भन्दाबढी रकम असुल गरेको विद्यार्थीहरुको आरोप छ।

यसरी क्याम्पस प्रमुख साहले आफनो कार्यकालमा सात करोडभन्दा बढी रकम झ्वाम पारेको आरोप छ। सर्वसाधारणले पनि नाङ्गो आँखाले देख्नेगरी क्याम्पस प्रमुख साहले करोडौं रकम गोलमाल गरेको देखिन्छ । जुन विद्यार्थीसँग असुल गरेर क्याम्पसको कुनै हिसावमा उल्लेख नै गरेको छैन।

थेशिस लेखीदिने नाममा एक दशकमा करिब लाखौँको घोटाला

क्याम्पस प्रमुख किशोर साहले स्नाकोत्तरका विद्यार्थीहरुसंग थेशिस लेखीदिने भन्दै आफनो कार्यकालमा करिब २ करोड भन्दा बढी रकम घोटाला गरेको पाइएको छ । उनले स्नातकोत्तरका विद्यार्थीसँग थेशिसबापत पनि ठूलो रकम हिनामिना गरेको पाइएको हो।

क्याम्पस प्रमुख साहले प्रति विद्यार्थी ३० देखि ५० हजारसम्म असुल्ने गरेको विद्यार्थीहरु नै बताउँछन् । क्याम्पसले सार्वजनिक गरेको विद्यार्थीसंख्याको आधारमा तीन वर्षको अवधिमामात्र दुई सय ३४ जना विद्यार्थीले स्नातकोत्तर गरेको देखिन्छ। समग्रमा प्रति विद्यार्थी ३५ हजारका दरले उनले दिएको प्रतिवेदानको आधारमा मात्र तीन वर्षका हिसाव जोड्दा पनि ८१ लाख रकम असुलि गरेको देखिन्छ।

यसले विद्यार्थीहरुले आर्थिक मार त वेहोर्नु परेको छ नै उनीहरुको शिर्जनशिलता, विषय खोेजी गर्ने सिपको क्षय तथा विषय विज्ञताको विकासमा पनि कमी हुने जानकारहरु बताउँछन्।

थेशिस विद्यार्थीले आफ्नो विषय विज्ञताको लागि गर्ने शोध हो तर यहाँ क्याम्पस प्रमुखले चन्द पैसाको लोभमा यसमा पनि विद्यार्थीलाई अडचन लगाउने गरेको तथ्य बाहिरीएको छ।

कुनै विद्यार्थी आफैले मेहनत गरेर थेशिस लेखेर ल्यायोभने पास नगरिदिने, विभिन्न बाहानामा अलमल्याउने, पैसा मागेर दुःखदिने गरेको विद्यार्थीको गुनासो छ। एक विद्यार्थीले आफैले तयार पारेको थेशिस क्याम्पस प्रमुख साहलाई पछिल्लो ९ महिनाको अवधिमा ४ पटक बुझाउँदा पनि नहेरिदिएको हामीसँग दुखेसो पोखे।

ती विद्यार्थीले भने, ‘मैले क्याम्पस प्रमुख साहलाई ९ महिनाको अवधिमा ४ पटक थेशिस प्रिन्ट गरेर दिए। सोही अवधिमा उनले क्याम्पस प्रमुख साहको इसेवामा दुई पटक १५ १५ का दुरले ३० हजार गरेर बुझाए। तर, अहिलेसम्म थेशिस हेरिदिएको छैन।

साहले विद्यार्थीसँग थेशिस वापत लिने गरेको रकमको हिसाव समेत वार्षिक प्रतिवेदनमा कहि कतै उल्लेख छैन। यसले  यो सव रकम उनले हजम गरेको पुष्टि हुन्छ।

अन्य किनमेलामा पनि साहमो एकलौटी प्रवृति रहेको छ। उनले क्याम्पसको नाममा विभिन्न सामान खरिदगर्दा सञ्चालक समितिलाई समेत पछिमात्र जानकारी हुने समितिका एक सदस्यले बताए। उनले भने, ‘हामीलाई केही सामान किन्दा कुनै जानकारी नै हुँदैन। किनेर ल्याईसकेपछिमात्र हामीले जानकारी पाउँछौं। खरिद प्रकृयापनि अपादर्शी छ।’

सवैभन्दा घतलाग्दो विषय हजारौं विद्यार्थीङ्ख्या, वार्षिक करोडौं कारोवार हुने यस क्याम्पसमा एकजना लेखापालसमेत छैन। एकजना पुस्तकालय हेर्न भनेर न्यूक्त भएका व्यक्तिले विद्यार्थीको रसिद काट्नेकाम गर्छ। बाँकी सवै हिसाव क्याम्पस प्रमुख साहले नै गर्ने भएकाले पनि यहाँ हिनामिना हुने गरेको संचालक समितिका सदस्यहरु नै बताउँछन्।

यस विषयमा क्याम्पस संचालक समितिका अध्यक्ष सूर्यमान लामासँग प्रतिकृया माग्दा उनले यस विषयलाई पुष्टिहुनेगरी क्याम्पस प्रमुख साहको केही कमजोरीहरु रहेको बताए। उनले भने, ‘क्याम्पस प्रमुख साहको केही कमजोरीहरु पनि छन्। तर, उहाँ राम्रो मान्छे हो।’

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

खेलौना सम्झिएको ‘रकेट’ चुल्होमै विस्फोट — सप्तरीमा चार बालक घाइते, सेनाको अभ्यास सामग्री भएको आशंका ।

खेलौना सम्झिएको ‘रकेट’ चुल्होमै विस्फोट — सप्तरीमा चार बालक घाइते, सेनाको अभ्यास सामग्री भएको आशंका ।

“भाषण होइन कर्ममा विश्वास गर्छु” — सिरहा–२ मा कांग्रेस उम्मेदवार यादवको विकास प्रतिवद्धता ।

“भाषण होइन कर्ममा विश्वास गर्छु” — सिरहा–२ मा कांग्रेस उम्मेदवार यादवको विकास प्रतिवद्धता ।

ताजा समाचार

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav