Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सार्वजनिक ऋण २४ खर्ब नाघ्यो, राजस्व संकलनमा वृद्धि

Bahujan Aawaj by Bahujan Aawaj
असार ७, २०८१
0
सार्वजनिक ऋण २४ खर्ब नाघ्यो, राजस्व संकलनमा वृद्धि
ADVERTISEMENT

काठमाडौँ– नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठ मसान्तसम्ममा आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ १२ खर्ब सात अर्ब ८६ करोड रुपैयाँ रहेको छ।

चालु आवको शुरूआतमा (२०८० असार मसान्त) कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड बराबर थियो। चालु आवको ११ महिनामा मात्र एक खर्ब ९९ करोड बराबर ऋण थपिएको हो। हालसम्मको कुल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४९.६८ र बाह्य ऋणको हिस्सा ५०.३२ प्रतिशत छ।

बाह्य ऋणतर्फ बहुपक्षिण ऋणदातालाई १० खर्ब ७१ अर्ब ११ करोड र द्विपक्षीय ऋणदातालाई एक खर्ब ३६ अर्ब ७४ करोड बराबर तिर्न बाँकी छ। त्यस्तै, आन्तरिक ऋणतर्फ विकास बण्डको दायित्व सबैभन्दा बढी सात खर्ब ६४ अर्ब ९४ करोड बराबर छ। हालसम्मको ट्रेजरी बिलको दायित्व चार खर्ब १२ अर्ब ६९ करोड, नागरिक बचतपत्रको दायित्व १० अर्ब ७५ करोड, वैदेशिक रोजगारी बचतपत्रको दायित्व १७ करोड र आईएमएफ बन्डको दायित्व तीन अर्ब ९१ करोड बराबर छ।

चालु आर्थिक वर्षका लागि सरकारले कुल चार खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको थियो। यसैगरी, गत आर्थिक वर्षको तुलनामा चालु आवमा राजस्व संकनमा सामान्य वृद्धि भएको छ। चालु आवको ११ महिनामा रु ४१ अर्ब १९ करोड राजस्व संकलन भएको छ।

आन्तरिक राजस्व विभागका अनुसार गत वर्ष सोही अवधिमा रु ३७ अर्ब संकलन भएको थियो। यो वृद्धि ११.३० प्रतिशतले बढी हो। चालु आवको जेठ मसान्तसम्म चार खर्ब ४८ अर्ब राजस्व संकलन भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा नौ दशमलव ६४ प्रतिशतले बढी हो। गत वर्ष जेठ मसान्तसम्मको राजस्व असुली चार खर्ब आठ अर्ब थियो। गत वर्षभन्दा चालु आवको यो अवधिसम्म ४० अर्बले राजस्व वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए।

आयकर (भाडा र ब्याजसमेत) बाट दुई खर्ब ३२ अर्ब, मूल्य अभिवृद्धिकर (आन्तरिक)बाट एक खर्ब १२ अर्ब र अन्तःशुल्कबाट रु ९५ अर्ब संकलन भएको छ। महानिर्देशक तिवारीका अनुसार स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट आठ अर्ब राजस्व उठेको छ। हालसम्म लक्ष्यको ७८.५ प्रतिशत रकम असुली भएको छ।

अन्तःशुल्कमा बढाइएको निगरानी, धितोपत्र बजार र घरजग्गा व्यवसाय कारोबारमा भएको वृद्धि तथा पुँजीगत खर्चमा भएको वृद्धिले पनि राजस्व संकलनमा सकारात्मक प्रभाव परेको उनले बताए।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

निधिमाथि दुर्व्यवहारको आक्रोश: जनकपुरधाममा चक्काजाम, कांग्रेस महामन्त्रीको पुतला दहन।

निधिमाथि दुर्व्यवहारको आक्रोश: जनकपुरधाममा चक्काजाम, कांग्रेस महामन्त्रीको पुतला दहन।

ताजा समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav