Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

प्रेमिका भित्र्याउन श्रीमतीको हत्या, लास खोल्सामा फालेर हराएको भन्दै उजुरी !

Bahujan Aawaj by Bahujan Aawaj
असार २, २०८१
0
प्रेमिका भित्र्याउन श्रीमतीको हत्या, लास खोल्सामा फालेर हराएको भन्दै उजुरी !
ADVERTISEMENT

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवा महेन्द्रनगरका राजु यादवले  क्ष्रीमती हराएको र खोजी गरिदिन   भन्दै २७ जेठमा इलाका प्रहरी कार्यालय सखुवामा निवेदन दिए ।

२८ वर्षीया रुबी यादव २६ जेठदेखि बेपत्ता थिइन् । रुबीका ६ वर्षीय छोरा अस्मित यादव छन् ।

इलाका प्रहरी कार्यालय सखुवाका प्रहरी निरीक्षक सोनुकुमार साहसहितको टोली राजुको घरगाउँ गएर अनुसन्धान थाल्यो ।

अनुसन्धानका क्रममा भेटिएका केही तथ्यले प्रहरीलाई राजुप्रति नै शंका लाग्यो । परिवारसँग सोधपुछ गर्दा थाहा भयो रुबी हराउनुअघि राजुले बिहान औरही बाबाको दर्शन गर्न भनी श्रीमती रुबीलाई लिएर गएका थिए । दिउँसो राजु एक्लै घर फर्किए । श्रीमती रुबी आइनन् ।

प्रहरीको अनुसन्धान त्यहीबाट सुरु भयो । राजुमाथि प्रहरीको निगरानी सुरु भयो । प्रहरीको शंका त्यतिबेला झनै बलियो भयो, जतिबेला परिवारले दिएको बयान र राजुको बयानमा फरकफरक कुरा आयो ।

यसकै आधारमा प्रहरीले राजुलाई ३१ गते बिहीबार हिरासतमा लिएर केरकार थाल्यो । श्रीमतीलाई बेपत्ता पारेको शङ्कामा राजु पक्राउ परेका थिए ।

उनले निवेदन दिएको चार दिन र रुबी हराएको पाँचदिन भइसकेको थियो । हिरासतमा लिएर कडाइपूर्वक सोधपुछ गर्दा राजुले बिस्तारै आफ्ना कर्तुत खुलाउन थाले ।

श्रीमतीको हत्याकै लागि आएका थिए विदेशबाट

राजुले रुबी हराएको नभई आफूले मरोर फालेको बताए । शव मिथिला नगरपालिका–६ औरहीस्थित सामुदायिक वनको खोल्सामा फालेको बताए ।

राजुकै बयानको आधारमा शव खोज्न प्रहरी गयो । त्यही ठाउँमा शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बताए । उनका अनुसार राजुले हत्या गरेको स्वीकार गरिसकेका छन् ।

राजुले औरही बाबाको दर्शन गर्न भनी श्रीमती रुबीलाई लगेर हत्या गरेको बयान दिएका छन् । रुबीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

राजु केही महिनाअघि वैदेशिक रोजगारबाट फर्किएका थिए । त्यसपछि पारिवारिक विवाद भएको थियो । उनले आफ्नो अर्की प्रेमीका रहेको पनि खुलाएका छन् । श्रीमती रुबीसँग कुरा नमिलेकोले उसको हत्यापछि अर्को बिहे गर्ने सोचेको उनले बयान दिएका छन् ।

रुबीका भाइ महोत्तरीको बर्दिवास नगरपालिका–९ का अनित यादवका अनुसार विवादको क्रममा राजुले रुबीलाई कुटपिट तथा यातना दिने गरेका थिए ।

बेपत्ता हुनुभन्दा पाँच दिनअघि निर्घात कुटपिट गरेपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा छलफल भएको थियो । रुबीको शव फेला परेपछि माइत पक्षले कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएको छ । त्यही आधारमा राजुमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

ताजा समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav