Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

शिक्षा प्रेमी बख्रेलले लिए दलित युवतीलाई उच्च शिक्षासम्म पढाउने जिम्मा

Bahujan Aawaj by Bahujan Aawaj
जेष्ठ २१, २०८१
0
शिक्षा प्रेमी बख्रेलले लिए दलित युवतीलाई उच्च शिक्षासम्म पढाउने जिम्मा
ADVERTISEMENT

सर्लाही । सर्लाहीको दक्षिणी पश्चिमी भु–भागमा अवस्थित सिमावर्ती क्षेत्रमा पर्ने बिष्णु गाउँपालिका का एक दलित विपन्न किशोरीलाई उच्च शिक्षा सम्म अध्ययनका लागि एक मनकारी व्यक्तिले छात्रवृत्ति दिने भएको छ ।

आर्थिक अभावमा पढाईलाई निरंतरता दिन कठिनाई हुँदै आएको बिष्णु गाउँपालिका वार्ड – १ बाराउधोरण निवासी जिमदार रामको अन्दाजी १४ बर्षिय छोरी निगमा कुमारी रामलाई शिक्षाप्रेमी महेश बख्रेल ले कक्षा १२ सम्म पढाईका  लागि छात्रवृत्ति दिने भएको छ ।

नृत्य र पढाईमा अब्बल रहेकी किशोरी हाल बिष्णु गाउँपालिका वडा नम्बर ३ स्थित श्री जनता माध्यमिक विधालयको कक्षा ९ मा अध्ययनरत रहेकी छिन ।

आर्थिक अवस्था कमजोर रहेकी युवती सानैदेखि गोडैता-२ जयपुर मा रहेका मामा घरमा नै बसेर पढदै आएकी छिन ।

आज सामाजिक अभियन्ता शिवनाथ कहारको विशेष पहलमा शिक्षा प्रेमी व्यक्ति बख्रेल युवतीको परिवारिक अवस्था बुझ्न र उहाँको परिवारसंग कुराकानी गर्न काठमाडौबाट सर्लाही आएका थिए ।

पत्रकार मित्र राधेश्याम कुशवाहा को अनुरोधमा दलित जेहेन्दार युवतीको छात्रवृत्तिको पहलका लागि जयपुर आएको सामाजिक अभियन्ता शिवनाथ कहारले बताए ।

आर्थिक अवस्था कमजोर रहेका कारण युवतीको कलिलो उमेरदेखि नै आमा पक्षको हजुरबाले पालनपोषण गर्दै आएको स्थानीय सुरेन्द्र महराले बताए। सुरुमा मामा घरको स्थानीय विधालय सामाजिक सामुदायिक प्राथमिकमा भर्ना भएर पढदै आएका थिए ।

त्यसपछि हजुरबाबाले नातिनीको गाउँकै नजिक रहेका मधुवन गोठमा रहेको मावी विधालयमा अगाडीको पढाईका लागि भर्ना गराईदिए ।

अहिले त्यही विधालयको कक्षा ९ मा पढदै आएकी छिन । आर्थिक अभावमा किताब, कपी र कलम लगायत शैक्षिक  सामग्री समेत किन्न समस्या हुँदै आएको स्थानीय महराको भनाई छ ।

बुबा लागुऔषध दुर्व्यसनी रहेका कारण किशोरीको आमाले अरुको खेतबारी र घरमा मजुदुरी गर्दै जसोतसो परिवार चलाउदै आएको छ ।

गाउँमा समेत सुकुम्बासी रहेको र फुसको घरमा हावाहुरीले भत्काइदिएको कारण सबै परिवारलाई माईतीको घरमा बस्नुको विकल्प नरहेको युवतीको आमा मन्जु देवीले दुखेसो पोखिन ।

आफनो २ वटा बुहारी सहित दर्जनौं नातिनातिना रहेका कारण आफनो परिवार चलाउन समस्या हुँदै आएको गोडैता- २ जयपुर निवासी युवतीको हजुरबा बिगु रामले बताए । त्यसमा छोरीको आर्थिक कमजोर र ज्वाईं लागुऔषधमा लागेको कारण छोरी सहित उनीहरुको बालबच्चा समेत हामीलाई नै पाल्नुपर्ने बाध्यता रहदै आएको गुनासो गरे ।

नातिनी निगमा उच्च शिक्षा पढेर ठूलो मान्छे बन्न चाहन्थिन तर उसलाई पालन नै समस्या छ, अगाडि पढाईको खर्चका लागी हामी असमर्थ छौ, तर तपाईंहरु आएर शैक्षिक सामग्री र पठनपाठनमा सहयोग गर्ने आश्वासन दिएपछी नयाँ आश जागेको र आफनो तर्फबाट समेत घरमा पढाईको वातावरण निर्माणका लागि कुनै कसर बाकी नराख्ने बताए ।

किताब, कोपी सहित अन्य सहयोगी किताब किन्न समस्या हुँदै आएको र साईकल बिग्रेका कारण समेत ३ किमि टाढाको विधालय पैदल जानुपर्ने बाध्यता रहि आएको युवतीले निगमा कुमारी रामले बताईन । कोचिङ गर्न मन भएपनी फ्री तिर्न नसकेको कारण पढन नपाएको र पढाईका शैक्षिक सामग्री सहित अन्य सहयोग प्राप्त भैइरहयो भने आफू मन लगाएर पढने युवती निगमा ले विश्वास दिलाईन ।

यता, छात्रवृत्ति पाएका युवतीले अन्य दलित तथा विपन्न बालबालिका लागि रोलमोडेल बन्नु पर्ने सामाजिक अभियन्ता शिवनाथ कहार बताउँछन ।

धेरै दलित बालबालिका छन, जसले आर्थिक अभावमा विधालय पढाईलाई निरंतरता दिन सकिरहेका हुदैन । हामीले सबैलाई त सहयोग गर्न सक्दैनौं, केही सिमित बालबालिका लाई सहयोग गर्छौ, उहाँले भने । ताकी उनीहरुबाट अरुले पनि पाठ सिकोस ।

सहयोग पाएर उच्च शिक्षा पाएका युवतीले समाजमा उदाहरणिय काम गरेर अरुलाई प्रेरित गरून् र आफू जस्तो आर्थिक अभावमा पढाईलाई निरन्तरता दिन नसकेका प्रतिभा भएका बालबालिकाको पढाईमा सहयोग गर्नुपर्ने उनको भनाई थियो।

शिक्षाको न्यानो ज्योती बाट कुनै पनि बालबालिका बन्चित हुनु नपरोस भन्ने स्वर्गीय राजा वीरेन्द्र को यो भनाइ लाई  आजको अवस्थामा हामी सबैले आत्मसाथ गर्दै सोही अनुसार आफ्नो तर्फबाट गुणस्तरीय शिक्षा प्राप्ती गर्न पाउने बालबालिका को नैसर्गिक अधिकारमा थोरै भएपनी टेवा पुर्याउन सर्लाही जिल्लाको विष्णु गाउपालिकाको श्री जनता मावी मधुवन गोठविद्यालयको कक्षा ९ मा अध्ययनरत जेहेन्दार छात्रा निगमा कुमारी राम लाई छात्रवृत्ति दिएको शिक्षाप्रेमी महेश बख्रेलले बताउँछन् ।

अध्ययन गर्न पारिवारिक आर्थिक असहजता भएकोमा निगमाको अध्ययन प्रतिको लगावलाई सहजीकरण गर्नका लागि शैक्षिक सामाग्री, विद्यालय पोशाक, विद्यालयमा लाग्ने शुल्क ब्यहोर्ने गरि कक्षा १२ सम्म अध्ययन गराउने जिम्मेवारी पारिवारिक सहमती तथा अन्य सरोकारवाला हरुसङको समन्वय मा लिने प्रतिवद्धता समेत जनाएको उनले बताए ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav