जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिकाका मेयर कारीराम यादवलाई सार्वजनिक मँचमा कट–आउट लगाएर बेईज्जत गरिएको छ ।
नेकपा माओवादी (केन्द्र) बाट निर्वाचित मेयर कारिरामले वडाध्यक्षहरुसँग कुनै समन्वय नगरेको भन्दै उनको कट आउट पोष्टर (काटिएको पुतला) लगाएर किर्तन शैलीमा बेईज्जत गरेको दृश्य देखिएको छ ।
सबैलाको मुख्य बजारमा रहेको मँचमा मेयर यादवको कटआउट पोष्टमा फोटो हाल्दै हिन्दु देवीदेवताझै मुकुट ,माला लगाएर विरोध जनाएको हो । वडाध्यक्षहरुले उनलाई किर्तन शैलीको विरोध जनाएको हो ।

मँचमा वडाध्यक्ष बसेर “लुटन सके लुट कान्छा, नेपालमै छ छुट” गीत बजाएर नगरभरि घुमाएको हो । विभिन्न प्रस्ताव, निर्णय, बैठक, सभामा समेत मेयर यादवले एकलौटी गरि दम्भ देखाउन खोजेको भन्दै वडाध्यक्षहरुले फरक शैलीमा विरोध जनाएको हो ।
उनलाई खटियामा राखेर सबैला बजारभरि घुमाउँदै विरोध जनाएको हो । मेयर कारिराम यादव माओवादीका नेता मातृका प्रसाद यादवका भाई हुन् ।



















