Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

जसपा नेपाल अदालतमा

Bahujan Aawaj by Bahujan Aawaj
जेष्ठ १, २०८१
0
जसपा नेपाल अदालतमा
ADVERTISEMENT

निर्वाचन आयोगले गैरकानुनी रुपमा फुटेका समूहलाई दलको मान्यता दिएको विरुद्ध जनता समाजवादी पार्टी(जसपा)नेपाल सर्वोच्च अदालत पुगेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमवार सर्वोच्च अदालतमा दायर गरेको रिटमा निर्वाचन सम्बन्धी कानुन विपरीत जनता समाजवादी पार्टी(जसपा) लाई दलको मान्यता दिएको उल्लेखगर्दै निर्वाचन आयोग र पार्टीबाट अलग भएका ७ जना सांसदलाई समेत विपक्षी बनाइएको छ ।

एमालेबाट विभाजित भएका माधवकुमार नेपाल नेतृत्वको दल र जसपा नेपालबाट विभाजित भएको महन्थ ठाकुरको नेतृत्वमा बनेको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)लाई दलको मान्यता दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सम्बन्धी अध्यादेश ल्याएर संसदीय दल अथवा कार्यसमितिको २० प्रतिशत सदस्य संख्याको आधारमा पार्टी बिभाजनको प्रावधान राखिएको थियो ।

नेपाल र ठाकुरको दल दर्ता भएपछि त्यो अध्यादेश संसदमा नगइ निष्कृय भएको थियो । तर त्यो अध्यादेशको अधारमा बनेको नियमावलीलाई टेकेर निर्वाचन आयोगले बदनियतपूर्ण ढंगले जसपा दर्ता गरेको रिटमा उल्लेख गरिएको छ । रिटमा पार्टी फुटाउन ४ सय ६ सदस्यीय केन्द्रीय समितिको ४० प्रतिशत सदस्य हुनुपर्ने भए पनि त्यो नभएकाले आयोगको निर्णय गैरकानुनी भएको जिकिर गरिएको छ ।

यस्तै आयोगले निष्क्रिय रहेको कानुनको हवाला दिँदै छुट्टै नयाँ दलको रुपमा दर्ताका लागि दिएको निवेदनमा मागअनुसार दल दर्ताको निर्णय गर्नु त्रुटिपूर्ण रहेको जिकिर रिटमा गरिएको छ । यादवले दर्ता गरेको रिटमा अलग पार्टी बनाउने सातै जना सांसदको पदमुक्त गर्न समेत माग गरिएको छ । जसपा नेपालबाट अलग भएका सातै जना सांसदले एमालेको समर्थनमा बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई जोगाउन पार्टी विभाजन गरेको बताउँदै आएका छन् ।

मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता वीरेन्द्र ठाकुरले निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण रहेकोले बदर हुने दाबी गरेका छन् ।‘निर्वाचन आयोगले गरेको दल दर्ता कानुन सम्मत नभइ बदनियतपूर्ण रहेको छ ’उनले भने, सर्वोच्च अदालतबाट आयोगको निर्णय बदर हुनेछ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल सरकारको प्रतिनिधिको रुपमा आफू विदेशमा रहेको बेला गैरकानुनी रुपमा दल विभाजन गरी दर्ता गरिएको आरोप लगाएका छन् । सर्वोच्च अदालतले जेठ २ गतेको पेशी तोकेको छ ।

यसैबीच जसपा नेपालले सरकारलाई दिएको समर्थन सोमवार फिर्ता लिएको छ । पार्टीको कार्यकारिणी समिति र केन्द्रीय समितिको बैठक भएकै दिन सोमवार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जसपा नेपालले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा जेठ ३० गते भित्रै विश्वासको मत लिनु पर्ने भएको छ । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सबै भन्दा ठूलो दल नेपाली कांग्रेसको ८८, एमालेको ७९, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को २१, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को १४, नेकपा एसको १०, जनता समाजवादी पार्टी(जसपा)को ७, जनमत पार्टीको ६, जनता समाजवादी पार्टी(नेपाल)को ५, लोसपाको ४, नागरिक उन्मुक्ति पार्टीको ४ ,आम जनता पार्टी( आजपा)को १, राष्ट्रिय जनमोर्चाको १ र स्वतन्त्र सांसद २ जना रहेका छन् ।

हाल प्रचण्ड सरकारलाई एमालेको ७९, माओवादीको ३२, रास्वपाको २१, नेकपा एसको १०, जसपाको ७, नागरिक उन्मुक्ति पार्टीको ४ जना सांसद गरी कुल १ सय ५३ जनाको समर्थन रहेको छ । तर नेकपा एसले समर्थन झिक्दा १ सय ४३ जनाको समर्थन रहने छ । त्यो संख्या बहुमतको आवश्यक १ सय ३८ को भन्दा ५ सिट बढी छ ।

जसपा नेपाल विभाजित नभएको अवस्थामा प्रचण्ड सरकार अल्पमतमा पर्ने निश्चित थियो । सर्वोच्च अदालतको फैसला जसपा नेपालको पक्षमा आए प्रचण्ड सरकार अल्पमतमा पर्ने छ । सरकारका लागि चाहिने आवश्यक बहुमत संख्या १ सय ३८ भन्दा ३ सांसद कम भएर १ सय ३५ मा झर्नेछ । यस अघि जसपा नेपालबाट सरकारमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री रहेका दीपक कार्कीले राजीनामा दिएका थिए । यादव र कार्कीले दिएको राजीनामा प्रधानमन्त्री प्रचण्डले स्वीकृत गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

निधिमाथि दुर्व्यवहारको आक्रोश: जनकपुरधाममा चक्काजाम, कांग्रेस महामन्त्रीको पुतला दहन।

निधिमाथि दुर्व्यवहारको आक्रोश: जनकपुरधाममा चक्काजाम, कांग्रेस महामन्त्रीको पुतला दहन।

ताजा समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav