Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

लोभी पापीलाई पार्टीबाट फुटाउँदैमा युद्ध जितेको सोच्नु दिवा स्वप्न मात्रै होः यादव

Bahujan Aawaj by Bahujan Aawaj
बैशाख ३०, २०८१
0
ADVERTISEMENT

जनकपुरधाम ।  उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले अतृप्त आत्मा र स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइएको बताएका छन् ।

मधेसी स्वास्थ्यकर्मी फोरमको चौथो राष्ट्रिय महाधिवेशनको उदघाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै उपप्रधानमन्त्री यादवले अतृप्त आत्माहरुको हताश मानसकिता भएकाहरुलाई प्रयोग गरेर पार्टी फुटाइएको बताए ।

सत्ता टिकाउन आफूले जसपा नेपाललाई फुटाएको प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति सहितको भिडियो सामाजिक संजालमा भाइरल भईरहेको समयमा मन्त्री यादवले २र४ जना लोभी पापीलाई पार्टीबाट फुटाउँदैमा युद्ध जितेको सोच्नु दिवा स्वप्न मात्रै रहेको बताए ।

निर्दलीय व्यवस्था बिरुद्ध लडेका कांग्रेस कम्युनिष्ट बिरुद्ध पनि यस्तै षडयन्त्र हुन्थ्यो, उनले भने ‘षडयन्त्र गर्नेहरु मात्रै नभई त्यो व्यवस्था नै सखाप भए, अहिले आएर जसपा नेपाल बिरुद्ध गरिएको षडयन्त्र स्वरुप २र४ जनालाई फुटाएर लग्दैमा रण जितेको सोच्नु भ्रम मात्रै हो ।’

मधेसको मुद्दा, संघियता संस्थागत लगायतका मुद्दालाई कमजोर पार्ने उद्देश्यले पहिले देखि नै षडयन्त्र हुँदै आईरहेको थियो, सोही षडयन्त्र स्वरुप अतृप्त आत्माहरुलाई प्रयोग गरेर जसपा नेपाल माथी मात्रै नभई मधेस माथी प्रहार गरिएको अध्यक्ष यादवको भनाई थियो । पार्टीबाट केही लोभीहरु अलग्गिदैमा जसपा नेपाल कमजोर नहुने दावी गर्दै उनले अब जसपा नेपाल थप गतिका साथ अगाडी बढ्ने स्पष्ट पारे । उनले भने ‘यहाँबाट भागेकाहरु उतैबाट फुटेर आएका थिए, त्यही गएका छन् अब कहाँ जान्छन् ठेगान छैन, जता स्वार्थ पूर्ती हुन्छ उतै लाग्छन् होला ।’ अगाडी थप्दै भने ‘जसरी शरीर स्वस्थ रह्नका लागि बिकार निकाल्नु पर्छ राम्रै बिकार निक्लिएर गएको छ अब स्वच्छताका साथ पार्टी थप वेगले अगाडी बढ्ने छ ।’

उनले मधेसको मुद्दा र संघियता संस्थागत गर्नका लागि पार्टी थप उर्जाका साथ सडक, संसद तथा सरकारमा संघर्ष जारी राख्ने बताए ।

एक अर्को प्रसंगमा मन्त्री यादवले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र सोको तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

स्वास्थ्यकर्मी फोरमका कार्यबाहक अध्यक्ष सच्चिदानन्द जयसवालको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, संघिय राज्यमन्त्री दिपक कार्की , जसपा नेपालका राजनीतिक समिति सदस्य हरिनारायण यादव, डा सुरेन्द्र यादव, प्रदेश अध्यक्ष बालकिशोर यादव, मधेश सरकारका अर्थमन्त्री संजय यादव, खेलकुद तथा समाजकल्याण मन्त्री सुरिता साह सहितको सहभागिता रहेको थियो ।

आइतबार सम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

मधेशका बाह्यन्यायिक हत्या, दण्डहीनता र सर्वोच्चको आदेशपछि उठेका प्रश्न नेपाल बंगलादेशको बाटोतिर हिंड्छ कि

मधेशका बाह्यन्यायिक हत्या, दण्डहीनता र सर्वोच्चको आदेशपछि उठेका प्रश्न नेपाल बंगलादेशको बाटोतिर हिंड्छ कि

अन्तरिम सरकारका पचास दिन : जेन–जेडको आशा र असफलताको पुनरावृत्ति

स्वदेशी अधिकारको नयाँ अध्याय: मधेशी राष्ट्रिय परिषदको ऐतिहासिक आवश्यकता

अपांग बालबालिकाका मुहारमा खुशी, सिरहामा दुई समाजसेवीको प्रेरणादायी पहल

अपांग बालबालिकाका मुहारमा खुशी, सिरहामा दुई समाजसेवीको प्रेरणादायी पहल

सुखिपुरमा पदमोदय फाउन्डेसनका तिन कार्यक्रम सम्पन्न, खेलाडीलाई एक लाख पच्चिस हजार सहयोग

सुखिपुरमा पदमोदय फाउन्डेसनका तिन कार्यक्रम सम्पन्न, खेलाडीलाई एक लाख पच्चिस हजार सहयोग

सुखिपुरमा क्रिकेट एकेडमी सञ्चालनार्थ भूमिपूजन सम्पन्न

सुखिपुरमा क्रिकेट एकेडमी सञ्चालनार्थ भूमिपूजन सम्पन्न

हाम्रो हात सधैं तपाईंको साथ – पदमोदय फाउन्डेसन

हाम्रो हात सधैं तपाईंको साथ – पदमोदय फाउन्डेसन

ताजा समाचार

मधेशका बाह्यन्यायिक हत्या, दण्डहीनता र सर्वोच्चको आदेशपछि उठेका प्रश्न नेपाल बंगलादेशको बाटोतिर हिंड्छ कि

मधेशका बाह्यन्यायिक हत्या, दण्डहीनता र सर्वोच्चको आदेशपछि उठेका प्रश्न नेपाल बंगलादेशको बाटोतिर हिंड्छ कि

अन्तरिम सरकारका पचास दिन : जेन–जेडको आशा र असफलताको पुनरावृत्ति

स्वदेशी अधिकारको नयाँ अध्याय: मधेशी राष्ट्रिय परिषदको ऐतिहासिक आवश्यकता

अपांग बालबालिकाका मुहारमा खुशी, सिरहामा दुई समाजसेवीको प्रेरणादायी पहल

अपांग बालबालिकाका मुहारमा खुशी, सिरहामा दुई समाजसेवीको प्रेरणादायी पहल

लसुन रोपाइँ सुरु, किसानको खेतबारीमा चहलपहल

लसुन रोपाइँ सुरु, किसानको खेतबारीमा चहलपहल

सुखिपुरमा पदमोदय फाउन्डेसनका तिन कार्यक्रम सम्पन्न, खेलाडीलाई एक लाख पच्चिस हजार सहयोग

सुखिपुरमा पदमोदय फाउन्डेसनका तिन कार्यक्रम सम्पन्न, खेलाडीलाई एक लाख पच्चिस हजार सहयोग

सुखिपुरमा क्रिकेट एकेडमी सञ्चालनार्थ भूमिपूजन सम्पन्न

सुखिपुरमा क्रिकेट एकेडमी सञ्चालनार्थ भूमिपूजन सम्पन्न

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav