Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मधेसमा १ हजारभन्दा बढी आगलागीका घटना, १२ महिलासहित १९ जनाको मृत्यु

Bahujan Aawaj by Bahujan Aawaj
बैशाख ३०, २०८१
0
ADVERTISEMENT

मधेस प्रदेशमा आगलागीका घटनाले भयावह स्थिति सिर्जना गरेको देखिएको छ । मधेस प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार मधेसमा दैनिक भइरहेको आगलागीले करोडौको क्षति भएको छ ।

२०८० को साउनदेखि २०८१ को वैशाख २० सम्म मधेस प्रदेशको ८ जिल्लामा १ हजार २६६ आगलागीको घटना भएको छ । यो आधारमा मधेसमा औसतमा प्रतिदिन करिब ४ वटा आगलागी घटना हुने गरेको छ ।

१० महिनाको आगलागी घटनामा १२ महिलासहित १९ जनाको जलेर मृत्यु भएको छ । आगलागीमा परेर १५ जना बालबालिकासहित १३९ जना घाइते भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवाचन्द्र बोहराले बताए । जलेर सबैभन्दा बढी धनुषामा ६ जना, सिरहामा ५ जना, रौतहटमा ३ जना, बारामा २, पर्सा, महोत्तरी र सर्लाहीमा १–१ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा छ ।

प्रवक्ता एसपी बोहराका अनुसार आगलागीमा गत साउनदेखि वैशाख २० सम्म मधेसको ८ वटै जिल्लामा १ हजार १० घरगोठ जलेर नष्ट भएको छ । जसमा कच्ची ६६९, पक्की ८८ र गोठ २५३ छन् ।

यो आगलागी घटनामा २९६ वटा पशुचौपाया जलेर मरेका छन् भने ११४ वटा चौपाया घाइते भएको तथ्यांकमा उल्लेख छ ।तथ्यांकअनुसार सबैभन्दा बढी आगलागी घटना सिरहामा २२९ वटा भएको छ भने कम सर्लाहीमा १११ वटा भएको छ । घर जलेको आधारमा सबैभन्दा सप्तरीमा १९४ घरगोठ जलेको छ । क्रमशः महोत्तरीमा १९२, सर्लाहीमा १७७, सिरहामा १३०, बारामा १२९, रौतहटमा ८८, पर्सामा ७५ र धनुषामा २५ घरगोठ जलेर नष्ट भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुुसार आगलागीमा ९९ करोड ६० लाख ३७ हजार ८६४ रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवाचन्द्र बोहरा पछिल्लो समय भएको केही आगलागी घटनामा घनावस्ती, फुसको घर, त्यस बेला चल्ने हावाले वस्तीहरू चपेटामा परेको बताए ।

‘घनावस्ती, फुसको घर, त्यस बेला चल्ने हावाले ठूलो आगलागीको घटना भएको छ’ प्रवक्ता बोहरा भन्छन्, ‘बढी क्षति र आगलागी समयमा नियन्त्रणमा आउन नसक्नुमा स्थानीय तहमा दमकलहरूको अभाव छ । छिमेकी पालिका र जिल्लाहरूबाट दमकल मगाउनुपर्ने कारण तत्कालै नियन्त्रणमा कठिनाइ हुन्छ । प्राविधिक कुराहरूको अभाव हुन्छ ।’ आगलागी घटना नियन्त्रण जनचेतना र सतर्कता नै विकल्प भएको प्रवक्ता बोहराको तर्क छ ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

ताजा समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav