Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

पिसिसि ढलान भ्रष्टाचार आरोपमा जलेश्वरका मेयर, उपमेयर र वडाध्यक्ष निलम्बन

Bahujan Aawaj by Bahujan Aawaj
बैशाख २८, २०८१
0
ADVERTISEMENT

जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारको पद गुमेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरेपछि उनको पद स्वतः चैट्ट भएको हो ।

जलेश्वर नगरपालिका वडा नम्बर १ स्थित रहेको हाटबजार क्षेत्रमा भएको पिसिसि ढलान कार्य गुणस्तरीयहिन भएको भन्दै मुद्दा परेको थियो । गत आर्थिक बर्ष २०७८/०८० मा सँचालित बरुणसर पोखरी नजिक रहेको बजरा क्षेत्रभित्र पिसिसि ढलान कार्यक्रममा नगर प्रमुख सुरेश साह सोनारले भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर भएको हो ।

सोही प्रकरणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत छैठौँ धिरेन्द्र झाले समेत पिसिसि ढलान योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीको लागि टिप्पणी पेश तथा सदर गरी सोही आधारमा ५ लाख ८४ हजार ६३७ रुपैयाँ बढी रकम भुक्तानी गरेको देखिएपछि भ्रष्टाचार मुद्दा लागेको हो ।

उनीहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) (ङ) बमोजिमको कसुर भएकोले बढी भुक्तानी भएको बराबरको रकम बिगो कायम गरी सोही ऐनको दफा ८ (१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदाबी लिइएको छ।

जलेश्वर नगरपालिकाका बरिष्ठ इन्जिनियर पवन कुमार  झा, इन्जिनियर राकेश कुमार चौधरी र सव–इन्जिनियर दिपेश कुमार साहले समेत सो प्रकरणमा मुछिएपछि उनीहरुमाथि समेत बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन साथै भए गरेका कुरा लुकाई छिपाई नभए नगरेका कुरा देखाई गलत नापी किताब तयार गरेको देखिएकोले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ (२) बमोजिमको कसुर भएको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ (२) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइएको छ।

जलेश्वर नगरपालिकाका नगर उप–प्रमुख रौशन खातुन, कार्यपालिका सदस्य सोगरा खातुन र जलेश्वर नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष अनिल कुमार झाले योजना अनुगमन प्रतिवेदनमार्फत् बरुणसर पोखरी नजिक रहेको बजार क्षेत्रभित्र पिसिसि ढलान योजनाको कार्य सन्तोष जनक भएको उल्लेख कार्य सम्पन्न प्रतिवेदन दिएको भन्दै उनीहरुमाथि समेत भ्रष्टाचार मुद्दा लगाइएको हो ।

सोही क्रममा उपभोक्ता समितिका अध्यक्ष राकेश कुमार साह, सचिव सिकेन्द्र चौधरी  र कोषाध्यक्ष संतोषी देवीले पिसिसि ढलान योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी मूल्याङ्‍कन गरी गराई झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ता भुक्तानी विल तयार गरी गराई सोही आधारमा बढी भुक्तानी दिएको प्रकरणमा मुद्दा दायर गरिएको हो ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

धनुषामा १९ वर्षीय सुमित मण्डलको घाँटी रेटेर हत्या, खेतमा शव फेला ।

धनुषामा १९ वर्षीय सुमित मण्डलको घाँटी रेटेर हत्या, खेतमा शव फेला ।

इन्जिनियर प्रमोद यादव हत्याकाण्डबारे निष्पक्ष अनुसन्धानको माग गर्दै दबाबमूलक कार्यक्रम आयोजना।

इन्जिनियर प्रमोद यादव हत्याकाण्डबारे निष्पक्ष अनुसन्धानको माग गर्दै दबाबमूलक कार्यक्रम आयोजना।

सर्लाहीमा सब-इन्जिनियर प्रमोद यादवको हत्या : शोकमा डुबेको परिवार न्यायको प्रतीक्षामा ।

सर्लाहीमा सब-इन्जिनियर प्रमोद यादवको हत्या : शोकमा डुबेको परिवार न्यायको प्रतीक्षामा ।

उपेन्द्र यादवको दाबी: नेपालमा राजतन्त्र असम्भव, संघीय गणतन्त्र सुदृढ बनाउनु जरुरी ।

उपेन्द्र यादवको दाबी: नेपालमा राजतन्त्र असम्भव, संघीय गणतन्त्र सुदृढ बनाउनु जरुरी ।

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

ताजा समाचार

धनुषामा १९ वर्षीय सुमित मण्डलको घाँटी रेटेर हत्या, खेतमा शव फेला ।

धनुषामा १९ वर्षीय सुमित मण्डलको घाँटी रेटेर हत्या, खेतमा शव फेला ।

इन्जिनियर प्रमोद यादव हत्याकाण्डबारे निष्पक्ष अनुसन्धानको माग गर्दै दबाबमूलक कार्यक्रम आयोजना।

इन्जिनियर प्रमोद यादव हत्याकाण्डबारे निष्पक्ष अनुसन्धानको माग गर्दै दबाबमूलक कार्यक्रम आयोजना।

सर्लाहीमा सब-इन्जिनियर प्रमोद यादवको हत्या : शोकमा डुबेको परिवार न्यायको प्रतीक्षामा ।

सर्लाहीमा सब-इन्जिनियर प्रमोद यादवको हत्या : शोकमा डुबेको परिवार न्यायको प्रतीक्षामा ।

उपेन्द्र यादवको दाबी: नेपालमा राजतन्त्र असम्भव, संघीय गणतन्त्र सुदृढ बनाउनु जरुरी ।

उपेन्द्र यादवको दाबी: नेपालमा राजतन्त्र असम्भव, संघीय गणतन्त्र सुदृढ बनाउनु जरुरी ।

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav