Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

स्थानीय तह सँग समन्वय गरी अघि बढ्नुको विकल्प छैन: मुख्यमन्त्री यादव

Bahujan Aawaj by Bahujan Aawaj
फाल्गुन १३, २०७९
0
स्थानीय तह सँग समन्वय गरी अघि बढ्नुको विकल्प छैन: मुख्यमन्त्री यादव
ADVERTISEMENT
blog
facebook sharing button
sharethis sharing button

 १३ फागुन २०७९, शनिबार

धनुषा, फागुन १२ गते । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सरकार योजना तर्जुमा देखि बजेट बनाउने सम्मको सबै काममा स्थानीय तह सँग समन्वय गरी अघि बढने बताउनु भएको छ । 

मधेस प्रदेशको राजधानी जनकपुरधाममा शुक्रवार नेपाल कानुन समाजद्वारा आयोजित सङ्घ,प्रदेश,स्थानीय सरकारको प्रभावकारी समन्वय र स्थानीय सरकारको वर्तमान अवस्था र भावी रणनीति विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले स्थानीय तहमा बर्षौ वर्ष देखि एउटै कर्मचारी रहेको कारण जनप्रतिनिधिलाई समस्या गर्ने गरेको भन्दै स्थानीय तहमा कार्यरत रहेका कर्मचारीको सरुवा गर्ने अधिकार प्रदेश सरकार मातहतमा हुनु पर्नेमा जोड दिनु भयो । 

उहाँले सङ्घीयताको सफल कार्यान्वयनमा अझै पनि सङ्घ सरकार इमान्दार नभएको कारण अधिकारका सवालमा समय समयमा विभिन्न खालका अप्ठयाराहरु आउने गरेको बताउनु भयो । उहाँले फागुन २५ गतेको राष्ट्रपतिको निर्वाचन पछि सङ्घीयताको सफल कार्यान्वयनका विषयमा सातवटै प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्री बिचमा गहन छलफल हुने जानकारी दिनु भयो । उहाँले सङ्घीयता पछि गठन भएको प्रदेश सभाको पहिलो कार्यकाल पूर्वाधार निमार्ण र कानुनको निमार्णमा केन्द्रित भएको भन्दै दोस्रो कार्यकालमा जनचाहना अनुरूप कामकाज हुने बताउनुभयो । 

कार्यक्रममा सङ्घ,प्रदेश र स्थानीय तहको समन्वयको अवस्था र चुनौती विषयमा अधिवक्ता मोहन आर्चाय, सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा प्रधानमन्त्री कार्यालयको भूमिका विषयमा प्रधानमन्त्री कार्यालयका सह सचिव महादेव पन्थ र स्थानीय सरकार सञ्चालन ऐनको कार्यान्वयनको अवस्था र चुनौती विषयमा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले आफ्नो प्रस्तुति गर्नु भएको थियो । ती विषयहरूमा तिन वटा समूह बनाएर छलफल गरिएको र छलफलको क्रममा सहभागीहरूले स्थानीयतहरुमा स्थानीय सरकार सञ्चालन ऐन अनुसारको कामकाज हुन नसकेको गुनासो गरेका थिए । सङ्घ सरकारले पनि धेरै जसो कानुनको निमार्ण नगरेको कारण प्रदेश देखि स्थानीय सरकारलाई कामकाज गर्नमा समस्या हुने गरेको धारणा राख्दै सहभागीहरूले कानुन निमार्णको कामलाई तीव्रता दिनका लागि तिनै तहका सरकारलाई आग्रह गरेका थिए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह—सचिव रुद्रसिंह तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर, राम अशेष यादव सहितले आफ्ना भनाइहरू राख्नु भएको थियो । 

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav