Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मधेसका जनताले लडेको इतिहास झल्काउने बगैँचा

Bahujan Aawaj by Bahujan Aawaj
माघ १, २०७९
0
ADVERTISEMENT

२२ करोड लागतमा बन्दैछ ‘एकीकरण स्मृति उद्यान’ नामक बगैँचा

विभिन्न कालखण्डमा राजा, महाराजाहरुले लडाईं लडेर अहिलेको नेपाल निर्माण गरेको इतिहास हामीले सुन्दै आएका छौं। उनीहरुले साना–साना राज्यलाई एकीकृत गरेर विशाल नेपाल निर्माण गरेकोदेखि आधुनिक हतियारले सुसज्जित अंग्रेज फौजलाई परास्त गरेको इतिहासका गाथा हामी धेरैले सुनेका छौं।

एकीकरण अभियानकाक्रममा सामान्य जनताले पुर्‍याएको योगदानको चर्चा भने कमै हुन्छ।  अझ त्यसमा पनि मधेसबासीको योगदानको चर्चा बिरलै पढ्न, सुन्न पाइन्छ।

नेपालको एकीकरण अभियान र अंग्रेज फौजबाट आफ्नो भूमि जोगाउने अभियानमा मधेसबासीको योगदान निकै ठूलो छ। हाल मधेस प्रदेशमा पर्ने विभिन्न गढीहरुमा भेटिएका शिलालेख, स्मारकहरूले त्यो इतिहासलाई उजागर गर्छन्।

यही इतिहासलाई थप प्रस्ट्याउन नेपाली सेनाले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा ‘एकीकरण स्मृति उद्यान’ निर्माण गरिरहेको छ।

नेपाली सेनाको नम्बर २८ बाहिनी अड्डाको आडैमा एकीकरण स्मृति उद्यानको निर्माणकार्य करिब ५८ प्रतिशत सकिएको छ। यो उद्यानमार्फत नेपाली सेनाले मधेसका पर्सागढी, जीतपुर, लडैया समनपुर तथा अन्य विभिन्न क्षेत्रमा एकीकरण अभियानमा स्थानीयबासीले गरेको योगदानलाई स्मरण गराउने प्रयास गर्दैछ।  

मधेस प्रदेशमा रहेका पर्सा, बारा, रौतहट, जनकपुरलगायतका क्षेत्रमा विगतमा नेपाल एकीकरण र अंग्रज फौजसँगको लडाईंकाक्रममा ठूला क्याम्प सञ्चालन भएको देखियो। लडाईंमा आंग्रेजको फौजसँग यहाँका फौजहरुले राम्रोसँग लडेर लडाईं जितेको पाइयो। यसमा स्थानीयबासीको ठूलो योगदान थियो,’ नम्बर २८ बाहिनीका बाहिनीपति सहायक रथी सानुकाजी थापाले भने, ‘यत्रो महत्वपूर्ण ठाउँ, यहाँका जनताले यत्रो मेहनत गरेर लडेर जोगाएको ठाउँ, यहाँको बारेमा यहीँका जनताले थाहा नपाए त राम्रो भएन। राष्ट्रिय एकतामा उनीहरुले दिएको योगदान उजागर गर्न भनेर यहाँ मेमोरियल पार्क बनाउन लागिएको हो।’

नेपाली सेनाले यहाँ एकीकरण स्मृति पार्क बनाएर इतिहाससँग सम्बन्धित क्षेत्रहरुलाई समेटेर ‘सर्किट टुरिजम’को विकास गर्ने लक्ष्य पनि राखेको छ। संरचना निर्माण र यसमार्फत पर्यटनको विकासका लागि संघीय, प्रदेश सरकार, स्थानीय तह, उद्योगी, व्यवसायीसँग सहकार्य गर्ने लक्ष्य राखिएको छ।

एकीकरण स्मृति उद्यान निर्माणको काम २०७७ सालको बैशाख २७ गतेबाट सुरु भएको हो। २ विघा २ कट्ठा ३ धुर क्षेत्रफलमा प्रदर्शनी भवन, तलेजु भवानी मन्दिर, मूल प्रवेशद्वार, गढी प्रवेशद्वार, एम्पिथिएटर, शौचालय, फ्ल्याग स्ट्याण्डलगायतका संरचना निर्माणको काम लगभग सकिएको छ। प्रदर्शनी भवन झट्ट हेर्दा जनकपुरको जानकी मन्दिर जस्तो देखिन्छ। यसको अघिल्लो भागमा मिथिला चित्रकला राखिएको छ।
यहाँ राख्नका लागि गौतम बुद्ध, पृथ्वीनारायण शाह, नेपाल आमा, चौधरी लडाकु, मैथली लडाकु, भोजपुरी लडाकु, मुस्लिम लडाकु र गोर्खाली सिपाहीको प्रतिमा तयार भइसकेको छ।

अहिलेसम्म नेपाली सेनाको ५ करोड र मधेस प्रदेश सरकारको २ करोड रुपैयाँ बजेट यहाँ खर्च भइसकेको छ। मधेस प्रदेश सरकारले दिएको थप २ करोड रुपैयाँले अहिले प्रदर्शनी भवनको आन्तरिक सजावट र अन्य काम भइरहेको छ। कुल २१ करोड ९५ लाख ८८ हजार रुपैयाँ खर्च हुने यो योजनाका लागि बजेटको अभाव भएको २८ नम्बर बाहिनी अड्डाले जनाएको छ। निर्माण कार्य सम्पन्न गर्न अझै करिब १३ करोड रुपैयाँ बजेटको आवश्यकता पर्छ। बजेट अभावका कारण निर्माणको काम द्रुत गतीमा अघि बढाउन नसकिएको बाहिनीपती थापाले बताए। 

नेपाली सेनाले एकीकरण स्मृति उद्यानलाई केन्द्र बनाएर कम्तीमा तीन दिन भ्रमण गर्न सक्नेगरी सर्किट टुरिजमको अवधारणा अघि सारेको छ।

स्मृति उद्यानलाई पर्सा राष्ट्रिय निकुञ्ज, काठमाडौं–तराई मधेस द्रुत मार्ग, नमनपुर गढी, पुरेनवा दरबार, समनपुरगढी, कृष्ण मन्दिर, सिम्रौनगढ रानीबास मन्दिर, गढिमाई मन्दिर, वीरगञ्जको घण्टाघर, शंकराचार्यद्वार, घडिअर्वा पोखरी, ड्राइपोड, पर्सागढी, ठोरीलगायतका विभिन्न धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलहरुसँग जोड्ने प्रयास गरिएको छ। सर्किट टुरिजमले राष्ट्रिय एकतामा अभिवृद्धि गर्नुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरुको पहिचान दिलाउने, आन्तरिक पर्यटन प्रवद्र्धनलाई उजागर गर्न सघाउ पुर्‍याउने स्थानीयबासी बताउँछन्।

जीतपुरसिमरा उपमहानगरपालिकाकाका प्रमुख कार्यकारी अधिकृत चेतकुमार पोखरेलले निर्माणाधीन एकीकरण स्मृति उद्यानले हिमाल, पहाड र तराईबासीलाई जोड्ने विश्वास रहेको बताए।

‘सबै क्षेत्रको ईतिहास, संस्कृति झल्कने संरचनाहरु निर्माण हुने र त्यहाँ विभिन्न जाती, समुदायको पहिचान झल्कने सांस्कृतिक गतिविधिहरु सञ्चालन हुने भएकाले यो महत्वपूर्ण हुनेछ,’ पोखरेलले भने, ‘यो हाम्रो नगरपालिकाको मूख्य पर्यटकीय गन्तव्य बन्नसक्छ, यसले नगरपालिकालाई आर्थिकरुपमा टेवा पुर्‍याउँछ भन्ने मलाई लाग्छ।’

उनले यो योजनालाई कसरी पूर्णता दिने भन्ने विषयमा नेपाली सेनासँग उपमहानगरका मेयरसहित छलफल भएको बताए।

‘अहिले प्रदेश सरकारले सहयोग गरिरहेको छ। हामीले निर्माणपछि सञ्चालनका लागि उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने हो भने बजेट छुट्टाउँछौं भनेका छौं,’ पोखरेलले भने। उनले ऐतिहासिक, सांस्कृतिक संग्रहालयका साथै मनोरञ्जनका केही गतिविधि पनि समावेश गरेर पर्यटक भित्र्याउने, यसलाई केन्द्र बनाएर अन्य पर्यटकीय गन्तव्यहरुसहितको प्याकेज तयार गर्ने विषयमा छलफल चलिरहेको बताए।

पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले देश निर्माणकोक्रममा महत्वपूर्ण भूमिका भएका किल्लाको संरक्षण र स्थानीयबासीको सम्मानमा राज्य पछि परिरहेको बताए।

यसमा सबैभन्दा ठूलो भूमिका त स्थानीय तहकै हुन्छ। स्थानीय राजनीतिक दल, जनप्रतिनिधिहरूले ध्यान दिन नसक्दा पर्सागढी प्रचारप्रसारमा पछि परिरह्यो,’ मेयर पाठकले भने, ‘अहिले मैले यसको संरक्षण र प्रवर्द्धनमा चासो राखिरहेको छु। नगरपालिकामा एउटा फाँट नै स्थापना गर्ने कि भन्नेमा छु।’

उनले नगरपालिकाले नेपाली सेनासँग सहकार्य गरेर इतिहास खोज्ने र त्यसको संरक्षण गर्ने उनले बताए। नेपाली सेनाले निर्माण गरिरहेको एकीकरण स्मृति पार्क र सर्किट टुरिजमको अवधारणा मूर्तरुप पाए गढीहरुको प्रवद्र्धन हुने र स्थानीयबासीले आफ्ना पूर्खाहरूप्रति गर्व गर्नसक्ने उनले बताए।

मेयर पाठककाअनुसार २०२१ सालको नापीसम्म यहाँ गढीको प्रसस्तै जमिन थियो। पछि धेरै जमिन स्थानीय केही व्यक्तिले नम्बरी बनाएर प्रयोग गरे। त्यसमध्ये केही जमिन फिर्ता गर्नेक्रम पनि चलिरहेको छ। पाठकले व्यक्तिले प्रयोग गरेका सबै जमिन फिर्ता गरेर पर्यटन विकासको संभाव्यता अध्ययनगरी योजना अघि बढाउने बताए।

पर्सागढीमा वि.सं. १८७१ मा ब्रिटिश ईष्ट ईन्डिया कम्पनी र नेपाली फौजबीच युद्ध भएको थियो। उक्त युद्धमा रञ्जित चौधरीसहितका स्थानीयबासीले नेपाली फौजलाई युद्ध जित्नमा ठूलो सहयोग गरेका थिए। नेपाली सेनाले विभिन्न कालखण्डमा लडेका युद्धका विषयमा अनुसन्धान गरिरहेका सेवानिवृत्त जर्नेल प्रेमसिंह बस्न्यातले चौधरीसहितका स्थानीय बासिन्दाले नेपाली फौजलाई अंग्रेज फौजको बारेमा सूचना दिनेदेखि खाना, बस्नको प्रबन्ध मिलाएको तथ्यहरु फेला परेकोे बताए।

‘यो क्षेत्र त्यतिखेर मकवानपुर राज्यमा पर्दथ्यो। ठूला हतियारसहितका अंग्रेजहरू यो राज्य कब्जा गर्न चाहन्थे। नेपाली फौजले यो कुरा चाल पाएको थियो, अंग्रेजी नयाँ वर्षको अघिल्लो रात ब्रिटिश फौज न्यू ईयर ईभको मस्तीमा भएको समयमा हाम्रो सेनाले तीनतीरबाट घेरेर उनीहरुलाई लखेट्यो,’ बस्न्यात भन्छन्, ‘नेपाली फौजलाई स्थानीय बासिन्दाको पनि सहयोग भयो, ठीक समय पत्ता लगाएर एक्कासी जाइलाग्दा अंग्रेजहरू भाग्न बाध्य भए।’

हाल गडिमाई नगरपालिका–१ र ६ मा पर्ने बागमती नदीको पश्चिम र पूर्व लडैया समनपुर, रौतहटमा क्याम्प खडा गरेर बसेको अंग्रेज फौजलाई पनि नेपाली फौजले त्यसैरात  आक्रमण गरी भगाएको थियो। उक्त घटनामा अंग्रेज फौजका धेरै हताहत हुनुका साथै उनीहरुबाट नेपाली फौजले हतियार कब्जामा लिएका थिए। लडाईंमा सहयोग गरेबापत चौधरीलाई सरकारले जमिन बिर्ता दिएको थियो।

बस्न्यात सिन्धुलीगढीको युद्धमा नेपाली फौजको वीरता देखेर डराएका अंग्रेजहरू मस्ती गरिरहेको समयमा एक्कासी हमला हुँदा आत्तिएर भागेको बताउँछन्।

यहाँ अंग्रेजविरुद्ध जाइलागेको नेपाली फौजलाई सघाउन स्थानीय बासिन्दाले ठूलो संख्यामा भैंसी र राँगाको सिंगमा मसाल बाँधेर छाडी गोर्खाली फौजको ठूलो संख्याको भानपारी अंग्रेजलाई तर्साएको कथन पनि पाइन्छ। बस्न्यातले यो कुराको पुष्टी गर्ने आधारहरु नभेटिएपनि आफूले भेटेका केही स्थानीयबासीले यस्ता कथन आफूलाई पनि सुनाएको बताए।

नेपाल एकीकरणपूर्व मकवानपुर राज्यमा रहेको हालको बारा जिल्लामा पर्ने जीतपुरका जेठ रैयत कुर्मी सरदार महतोको नेतृत्वमा स्थानीय नागरिकले परम्परागत हतियारको भरले अंग्रेज सेनालाई परास्तगरी तोप र बन्दुक खोसेको इतिहास पनि भेटिन्छ। उनीहरुले नेपाली फौजका कप्तान बीर किशोर पाण्डे र लेफ्टिनेन्ट पृथ्वी हमाललाई सघाएका थिए।

हाम्रो सेनाले धेरै ठाउँमा अंग्रेजलाई हराएका छन् तर जितेका युद्धको बारेमा चर्चा थोरै छ। हारेका युद्धको चर्चा बढी हुने गरेको छ,’ बसन्यात भन्छन्, ‘नेपाली सेनाले देखाएको बहादुरी, उनीहरुको योगदानको विषयमा राज्यले धेरै गर्नुपर्दथ्यो, गर्न सकेको छैन।’

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

धनुषामा १९ वर्षीय सुमित मण्डलको घाँटी रेटेर हत्या, खेतमा शव फेला ।

धनुषामा १९ वर्षीय सुमित मण्डलको घाँटी रेटेर हत्या, खेतमा शव फेला ।

इन्जिनियर प्रमोद यादव हत्याकाण्डबारे निष्पक्ष अनुसन्धानको माग गर्दै दबाबमूलक कार्यक्रम आयोजना।

इन्जिनियर प्रमोद यादव हत्याकाण्डबारे निष्पक्ष अनुसन्धानको माग गर्दै दबाबमूलक कार्यक्रम आयोजना।

सर्लाहीमा सब-इन्जिनियर प्रमोद यादवको हत्या : शोकमा डुबेको परिवार न्यायको प्रतीक्षामा ।

सर्लाहीमा सब-इन्जिनियर प्रमोद यादवको हत्या : शोकमा डुबेको परिवार न्यायको प्रतीक्षामा ।

उपेन्द्र यादवको दाबी: नेपालमा राजतन्त्र असम्भव, संघीय गणतन्त्र सुदृढ बनाउनु जरुरी ।

उपेन्द्र यादवको दाबी: नेपालमा राजतन्त्र असम्भव, संघीय गणतन्त्र सुदृढ बनाउनु जरुरी ।

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

ताजा समाचार

धनुषामा १९ वर्षीय सुमित मण्डलको घाँटी रेटेर हत्या, खेतमा शव फेला ।

धनुषामा १९ वर्षीय सुमित मण्डलको घाँटी रेटेर हत्या, खेतमा शव फेला ।

इन्जिनियर प्रमोद यादव हत्याकाण्डबारे निष्पक्ष अनुसन्धानको माग गर्दै दबाबमूलक कार्यक्रम आयोजना।

इन्जिनियर प्रमोद यादव हत्याकाण्डबारे निष्पक्ष अनुसन्धानको माग गर्दै दबाबमूलक कार्यक्रम आयोजना।

सर्लाहीमा सब-इन्जिनियर प्रमोद यादवको हत्या : शोकमा डुबेको परिवार न्यायको प्रतीक्षामा ।

सर्लाहीमा सब-इन्जिनियर प्रमोद यादवको हत्या : शोकमा डुबेको परिवार न्यायको प्रतीक्षामा ।

उपेन्द्र यादवको दाबी: नेपालमा राजतन्त्र असम्भव, संघीय गणतन्त्र सुदृढ बनाउनु जरुरी ।

उपेन्द्र यादवको दाबी: नेपालमा राजतन्त्र असम्भव, संघीय गणतन्त्र सुदृढ बनाउनु जरुरी ।

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav